June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

राप्रपा उम्मेदवार प्रज्जवल बोहराका रूपन्देही–१ बनाउने सपना

Advertisement

तिलोत्तमा– अहिले मुलुकभरि युवा नेताको खोजी भइरहेको छ । युवा र परिवर्तनको पक्षधर नेताको माग भइरहेका बेला रुपन्देहीलाई भुइँ तहबाट चिनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता प्रज्जवल बोहरा (प्रशान्त) रुपन्देही–१ बाट उम्मेदवार बनेका छन् । तीन वर्ष अघि आफ्ना बुवा स्वर्गाीय दीपक बोहराको चुनावी अभियानमा सहभागी भएदेखि उनी जनता माझ छन् । आफ्ना बुवाले रुपन्देही–३ बाट चुनाव जिते पनि स्वास्थ्यका कारण मतदाता माझ पुग्ने अवस्था नभएपछि प्रज्जवलले नै जनप्रतिनिधिको भूमिका निभाएका थिए । त्यसक्रममा जनताका हरेक समस्यामा उनी हातेमालो गर्न पुगेका थिए । आफू वास्तविक जनप्रतिनिधि नभए पनि रुपन्देही जिल्लाभर उनको उपस्थिति रहेको थियो ।

Advertisement

यसपटक १८ वर्षपछि राप्रपाले रुपन्देही–१ स्वर्गी बोहराका छोरा प्रज्जवललाई उम्मेदवार खडा गरेको छ । डेढ दशक अघि त्यही क्षेत्रबाट उम्मेदवार बनेका उनका बुवाले विकासको जग हालेका थिए । बाटो, सिंचाई र खानेपानीको सुविधा पुर्याएका थिए । अहिले प्रज्जवलमाथि बुवाले सुरुआत गरेका कामलाई निरन्तरता दिने र जनचाहना अनुसार नयाँ काम गर्ने अभिभारा आइपरेको छ । त्यसका लागि रुपन्देही–१ का जनताले दल नहेरी विकास प्रेमी युवा नेतालाई रोज्नुपर्ने राप्रपाले बताइरहेको छ ।

पार्टीले रुपन्देही–१ को विकासको भारी बोक्न सक्ने सुझबुझ भएका बोहरालाई उम्मेदवार बनाएको राप्रपाले जनाएको छ । आफ्नो क्षेत्रको विकासका लागि बोहराले भ्रष्टाचार न्यूनिकरण र विद्युतीय सुशासनमा जोड दिएका छन् । लामो समय अमेरिकामा बसेर आफ्नै जिल्ला फर्किएका उनले नागरिकलाई निराश नबाउने गरि विकास योजना लागू गर्ने बताए । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली पूर्णरुप लागू गर्दै अधिकार सम्पन्न स्थानीय सरकार बनाइने उनले बताएका छन् ।

ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता अपनाएर हरेक वर्ष जनतासमक्ष आफूले सम्पादन गरेका कामको प्रतिवेदन प्रस्तुत गर्ने पनि जनाएका छन् । ‘जनताले प्रश्न सोध्ने र मैले जवाफ दिने कामको सुरुवात गर्नेछु,’ उनले भने, ‘रोजगारी र अर्थतन्त्र सुधार, अव्यवस्थित र भूमिविहीनलाई जग्गाको व्यवस्थापन, युवाका लागि स्थानीय रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवद्र्धन, स्थानीय उद्योगमा रोजगारीको व्यवस्था सृजनाका साथै वैदेशिक रोजगारी सुरक्षित, सम्मानजनक र देशमै पूँजी भित्र्याउने नीति लागू गर्नेछु ।’

शिक्षा क्षेत्रमा व्यापक सुधार गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजनालाई पूर्णता दिँदै राजनीतिकरणबाट मुक्त बनाउने उनले प्रण गरेका छन् । सरकारी विद्यालयको भौतिक संरचनाको निर्माण र अध्ययन गर्ने विद्यार्थीको गुणस्तर अभिवृद्धि गरिने उनको भनाई छ । ‘श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयलाई क्याम्पसमा परिणत गरी सर्वसुलभ शुल्कको व्यवस्था गरी गुणस्तरीय पठनपाठनको व्यवस्था गरिनेछ,’ उनले भने, ‘सीप, प्रविधि र व्यवहारिक शिक्षामा जोड शिक्षक व्यवस्थापन र शिक्षामा समान पहुँच बढाउनेछु ।’

यसका साथैं स्वास्थ्य सेवा सबै नागरिकका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा बनाइने पनि उनले बताएका छन् । ‘गाउँ–नगरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउ र आफ्नो क्षेत्रभित्र पर्ने सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन गरिनेछ,’ उनले भने, ‘धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवा सहितको सुविधा । स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनेछु ।’ कृषि र खाद्य सुरक्षा व्यवसायिक कृषि प्रवद्र्धनमा जोड दिँदै किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिंचाई, भण्डारण र आधुनिक कृषि प्रविधि आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्न पहल गर्ने उनले बताए ।

सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता छ : प्रज्जवल बोहरा

रूपन्देही-१ को आवाज बनेर काम गर्नेछु : प्रज्जवल बोहरा

फोहोर प्रशोधन केन्द्र निर्माणमा ध्यान दिन्छु: प्रज्जवल बोहरा

रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी

शनिबार रूपन्देहीका तीनवटा क्षेत्रमा राजेन्द्र लिङ्देनको संकल्प यात्रा

सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा

स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड

धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती