राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ


देवदह– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले बुद्ध जन्मस्थल लुम्बिनीसँगै बुद्ध मावली देवदहको प्रचारप्रसार र विकास जरुरी रहेको बताएका छन् । उनले बुद्ध धर्मावलम्बीहरुमा बुद्ध मावलीको पनि अधिक महत्व रहेको जनाउँदै देवदहको विकासमा जोड दिएका हुन् ।
निर्वाचन क्षेत्रको देवदह लगायत विभिन्न ठाउँहरुमा मतदाता भेटघाट गर्दै राप्रपा उम्मेदवार बोहराले बुद्ध मावलीको ब्राइण्डिङ गर्न सकिए पर्यटकीय हिसावले पनि रुपन्देही–१ मा धेरै लाभ उठाउन सकिने जनाए । ‘हामीले लुम्बिनीको विकास र प्रचारमा ठूलो लगानी गरेका छौं’, उनले भने, ‘उत्तिकै महत्व बोकेको देवदह ओझेलमा छ’, उनले भने, ‘अब त्यसो हुन दिइँदैन । मैले लुम्बिनीसँगै देवदहको समानुपातिक प्रचार र विकासमा पहल गर्छु ।’
उनले बुद्ध मावलीको अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गरी लुम्बिनी घुम्न आएका पर्यटकलाई यहाँ ल्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले देवदहमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्वर्गीय दीपक बोहराको पहलमा स्थापना भएको जनाउँदै विश्वविद्यालय मार्फत् पनि शैक्षिक पर्यटकीय गतिविधि अघि बढाउन सकिने जनाए ।
बोहराले देवदह क्षेत्रको उत्खनन् गरी पुरातात्विक वस्तुहरुको संरक्षणमा समेत जोड दिए । आफू निर्वाचित भए पछि यस क्षेत्रको पर्यटकीय विकासमा नमूना काम गर्ने गरी योजना बनाएको उनको भनाई छ । पर्यटकको बसाईं अवधि लम्ब्याउन समेत देवदह लगायत अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरुको विकास र प्रबद्र्धन जरुरी रहेको बोहराको जोड छ । क्षेत्र नम्बर १ धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसावले उत्कृष्ट गन्तव्य बन्न सक्ने जनाउँदै यसका लागि राप्रपाले सधैं अग्रसरता लिएर काम गर्ने बोहराले प्रतिबद्धता व्यक्त गरे ।
सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा
लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा
सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा
रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा
समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा








प्रतिकृया दिनुहोस्