July 25, 2026, Saturday
२०८३ श्रावण ९ शनिबार

लुम्बिनी

कथा: मनुष्यगन्ध

कथा: मनुष्यगन्ध

अलकत्राको कालो लेदो जस्तो अँध्यारो रातमा सुत्ने कोठामा, टुकीको उज्यालोलाई बिदा दिनु भन्दा अगाडि आमाले केही न केही ज्ञानवर्धक कुरा सुनाउनुहुन्थ्यो । विश्वलाई बाँड्न लागेको मनन र अनुसन्धान योग्य आमाको कथाको मुख्य धेरै दशक पछि म सुनाउँदै छु । “मन्त्र गर्दै तिम्रो ठूलोबाले माटाका दुई घ्याम्पा आप्समा जुधाउनुहुन्थ्यो । यसरी जुधाउँदै आगोको झिल्का निकाल्नुहुन्थ्यो । तर यो…

अर्घाखाँचीमा बाँदर धपाउन २६ हेरालु छनोट

अर्घाखाँचीमा बाँदर धपाउन २६ हेरालु छनोट

अर्घाखाँची—बाँदरले बस्न खान नदिएपछि अर्घाखाँचीमा प्रतिस्पर्धाबाट हेरालु छनोट गरिएको छ । डिभिजन वन कार्यालयले यसपटक २६ बाँदर हेरालु छनोट गरेको हो । हेरालुका लागि बुधवार तीन दिनको समय दिएर २० जनाका लागि दरखास्त आह्वान गरिएको थियो । दुई महिलासहित ७० जनाले शुक्रबारसम्म आवेदन दिएका थिए । बाँदर धपाउन सक्ने, स्थानीय हुनुपर्ने र बाँदर प्रभावित क्षेत्रको…

  • अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

    अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

    गुल्मी–अरिङ्गालको टोकाइबाट गुल्मीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउँपालिका–५ हँसरा निवासी २२ वर्षीय पूर्णसिंह थामी मगर रहेका छन् । उपचारको क्रममा उनको शुक्रवार राती मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब...

  • एक वर्षमा रूपन्देहीमा करिब ३७ हजार सवारी ट्राफिक कारबाहीमा

    एक वर्षमा रूपन्देहीमा करिब ३७ हजार सवारी ट्राफिक कारबाहीमा

    भैरहवा– जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक वर्षमा नियम उल्लंघन गर्ने करिब ३७ हजार सवारी साधनलाई कारबाहीसहित जरिवाना तिराएको छ । जिल्ला ट्राफिकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी तथ्यांक सार्वजनिक गरेको हो । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रतिमा...

  • तिलोत्तमामा बैठक भत्ता मनपरी वितरण, मितव्ययितामा उठ्यो प्रश्न

    तिलोत्तमामा बैठक भत्ता मनपरी वितरण, मितव्ययितामा उठ्यो प्रश्न

    भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न समिति तथा बैठकका नाममा ठूलो रकम बैठक भत्तामा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको २०८१–२०८२ को प्रतिवेदनमा समावेश विवरणअनुसार नगरपालिकाले विभिन्न समिति तथा कार्यक्रमका बैठकमा कुल १३ लाख ७९ हजार ३ सय रुपैयाँ बैठक...

  • खेतीपाती गरेर विद्यालयमै आम्दानी

    खेतीपाती गरेर विद्यालयमै आम्दानी

    गुल्मी– गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थी पढाइसँगै कृषि कर्ममा तल्लिन छन् । उक्त विद्यालयका छात्रछात्रा कृषिमा रमेका छन् । उनीहरुले नयाँ सिकाइको आभ्यास गरिरहेका छन् । यसका साथैं आम्दानीमा पनि जोडिएका छन् । विद्यालय परिसरमा अहिले दुई रोपनी...

  • धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित

    धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित

    पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । पालिकामा रहेका खेतमा काँढादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या छ । पूर्वखोलाको लाबेदेखि खैरेनी, मन्दिडाँडा, पुल, आठबिसे र विर्ता नजिकको क्षेत्रसम्मका...

  • कञ्चन गाउँपालिकामा मनपरी, सार्वजनिक खर्चको पारदर्शितामा उठ्यो प्रश्न

    कञ्चन गाउँपालिकामा मनपरी, सार्वजनिक खर्चको पारदर्शितामा उठ्यो प्रश्न

    भैरहवा– रुपन्देहीको कंचन गाउँपालिकामा करोडौं रुपैयाँको बेरुजु, कानुन र मापदण्डविपरीत खरिद तथा निर्माण भएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ । आर्थिक वर्ष २०८१–८२ को लेखापरीक्षण प्रतिवेदनमा पालिकाको वित्तीय अनुशासन, खरिद प्रणाली र योजना व्यवस्थापनमा गम्भीर त्रुटिहरू सार्वजनिक गरिएका छन् । प्रतिवेदन...

  • ‘कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा गरौं’

    ‘कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा गरौं’

    बुटवल– नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा, सहकार्य र वैचारिक पुनर्जागरण आवश्यक रहेको बताएका छन् । उनीहरूले पुष्पलालको त्याग, समर्पण र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्न...

Page 1 of 12421234Next ›Last »