June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

Advertisement

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले आफ्नो क्षेत्रमा गुणस्तरीय स्वास्थ्य विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–१ अन्तर्गतका देवदह, तिलोत्तमा नगरपालिकाका साथै ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भूमिका खेल्ने उनले बताएका हुन् ।

Advertisement

क्षेत्रका देवदह र तिलोत्तमा नगरपालिका ग्रामीण क्षेत्रमा बाटोघाटो पुगे पनि त्यहाँ रहेका स्वास्थ्य संस्थाको अवस्था भरपर्दो छैन । ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र केन्द्रको अवस्था नाजुक छ । त्यहाँका ग्रामीण क्षेत्रबाट विशेषज्ञ सेवाका लागि बुटवल र भैरहवा धाउनु पर्छ । अपर्झट गम्भीर खालको स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा नागरिकले भौतारिनु पर्ने अवस्था छ ।

जिल्लामा कुनै क्षेत्र धेरै विकसित हुने र कुनै क्षेत्रमा आधारभूत स्वास्थ्य सुविधा समेत नपुग्ने अवस्थाको अन्त्यका लागि आफूले भूमिका खेल्ने बोहराले प्रतिवद्धता जनाएका हुन् । आफ्ना पिताको पद्चाप पछयाउँदैं राजनीतिमा होमिएका उनले २१ औं शताब्दीमा पनि आधारभूत स्वास्थ्य सुविधा लागि सर्वसाधरण तड्पिने अवस्था कायम रहनु लजास्पद रहेको बताएका छन् ।

रुपन्देही–१ मा आवश्यक पूर्वाधार बिकासका क्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बोहराले बताए । ‘सम्पूर्ण नागरिकका लागि स्वास्थ्य सेवा सबै सुलभ बनाइनेछ,’ उनले भने, ‘सुलभ मात्र नभएर गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइने छ ।’ क्षेत्रका सबै गाउँ–नगरमा गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको उनले बताए ।

क्षेत्र भित्रका सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन गरिने उनको प्रतिवद्धता छ । सिमावर्ती पालिकाका बासिन्दालाई घरदैलोमा स्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन धकधई स्वास्थ्य केन्द्र स्तरोन्नति गरेर विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराइने उनले बताए । ‘यसका साथैं स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनेछु,’ उनले भने ।

रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती