June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

Advertisement

धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले लघुवित्त तथा वित्तीय संस्था र सहकारी पीडितहरुले उठाएको आवाजलाई सदिर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । क्षेत्रका विभिन्न ठाउँमा भएका कार्यक्रमहरुमा बोल्दै राप्रपा उम्मेदवार बोहराले भूइँतहका नागरिकको उत्थान गर्ने सोंचले स्थापित लघुवित्तबाट नागरिक नै पीडित भएको गुनासो बढ्नु ठीक नभएको जनाए ।

Advertisement

उनले लघुवित्त तथा सहकारीहरु नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने जनाउँदै सरकारको ध्यानकर्षण गराएका हुन् । उनका अनुसार क्षेत्रका गरिब तथा विपन्न नागरिकले आफूहरु लघुवित्त र सहकारीबाट पीडित भएको गुनासो गर्दै आएका छन् । विगतमा पीडितहरुसँग सरकारले सहमती गरे पनि माग अझै पूरा नभएको स्थानीयको गुनासो छ ।

बोहरासँग क्षेत्र नम्बर १ का मतदाताले लघुवित्तले नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी ब्याजदर लिएको, साँवाब्याज तिरेर पनि ऋण नघटाएको, पीडितलाई सरकारले राहत दिनुपर्ने वा ऋण मिनाह गर्नुपर्ने, एउटै व्यक्तिलाई विभन्न प्रलोभन देखाएर फरक फरक संस्थाले ऋण प्रवाह गरेको, घरमै आएर तिरीसकेको ऋण पनि तिर्न भनेर मानसिक तनाव दिएको लगायतका गुनासाहरु गरेका छन् ।

बोहराले हरेक संस्था नीति नियमको परिधिभित्र रहनु पर्ने बताउँदै नागरिकलाई मानसिक तनाव दिने वा कुनै किसिमको हैरानी पार्न नहुने बताए । उनले नियमविपरीत गएर लघुवित्त र सहकारीले दुःख दिइरहेको जनाउँदै यस्ता समस्या समाधान गर्न आफूले विगतदेखि नै पहल गरिरहेको जनाए । उनले क्षेत्रमा मात्रै नभएर मुलुकभर नै लघुवित्त र सहकारीको समस्या रहेको बताउँदै विभिन्न बहानामा नागरिकलाई दुःख दिन नहुने बताए ।

उनले यो समस्या समाधान गर्न सरकारले पहल नगरेको भन्दै यसबारे आफूले ध्यानकर्षण गराएको स्मरण गरे । उनले सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्नेमा जोड दिए ।

बोहराले नागरिकस्तरबाट पटक पटक लघुवित्त तथा वित्तीय संस्था र सहकारीबाट आफूहरु पीडित भएको गुनासो आउनु जायज नभएको जनाउँदै यो समस्या तत्काल समाधान गर्न जरुरी रहेको बताए । आफू निर्वाचनमा होमिँदै गर्दा पीडितका आवाज झन नजिकबाट सुन्ने र महसुस गर्ने अवसर पाएको उल्लेख गर्दै राप्रपा उम्मेदवार बोहराले कानून बनाएरै भए पनि यस्ता संस्थाहरुको नियमन गरी नागरिकलाई सहजता दिलाउनुपर्नेमा जोड दिए । उनले आफूले यसबारे निरन्तर आवाज उठाई सरकारलाई घचघच्याउने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपा सधैंभरी सहकारी र लघुवित्त तथा वित्तीय संस्था पीडितको पक्ष रहँदै आएको र आउँदा दिनमा पनि प्रतिबद्ध भएर समस्या समाधान गर्न लागिपर्ने उनले स्थानीयलाई विश्वास दिलाए ।

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती