सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता छ : प्रज्जवल बोहरा


धकधई – रुपन्देही–१ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले निर्बाचन क्षेत्रमा सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता रहेकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।
चुनावी अभियानका क्रममा प्रचारप्रसार तथा मतदातासँग घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका बोहराले क्षेत्रका युवा, बिद्यार्थी, खेलाडी र समग्र खेलकुदको विकासका लागि सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता भएको बताएका हुन् । ‘यस निर्बाचन क्षेत्रमा हजारौं युवा, बिद्यार्थी र स्थानीय खेलाडी छन् । तर खेल्ने व्यवस्थित मैदान भने कतै छैन’, बोहराले भने, ‘यो क्षेत्रमा खेल मैदानको अभावले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नबाट बञ्चित हुन परिरहेको छ ।’
सुविधा सम्पन्न खेलकुद मैदानको अभावले कुनै खेल प्रतियोगिता सञ्चालन गर्नु परेमा भैरहवा कि त बुटवल पुग्नु पर्ने बाध्यता भएको र भैरहवा र बुटवल पुगेर खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न सम्भव नभएको भनाइ उनको छ । खेलकुद मनोरञ्जन मात्र नभएर स्वास्थ्यका लागि समेत भएकोले यसको विकासमा राज्यले लगानी गर्न अति जरुरी रहेको उनले बताए । बिगतमा यस क्षेत्रबाट निर्बाचित भएका जनप्रतिनिधिहरुले यस वारेमा कुनै योजना नल्याएकाले क्षेत्र खेलकुदमा पछी परेको उनले जनाए ।
स्थानीय तहहरुले पनि सुविधा सम्पन्न खेलकुद मैदान बनाउने बिषयलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको उनले बताए । ‘पछिल्लो समयमा सहरमा मात्र नभएर गाउँगाउँमा समेत खेलकुदको लोकप्रियता बढ्दो छ । बालवालिकादेखि युवाहरु खेलकुदको अभ्यासमा छन्’, बोहराले भने, ‘खेल्ने मैदानको अभावले खेतमा गहुँ र धान काटेपछि हातमा ब्याट र बल लिँदै क्रिकेट अनि बल लिँदै फुटवल खेल्ने गरेको देखिने दृष्यले उनीहरुमा खेलकुदप्रतिको अभिरुची कस्तो छ ? भन्ने प्रष्टै हुन्छ ।’
खेलमैदान बिना खेलकुद क्षेत्रको विकास हुनै नसक्ने र खेलकुदको माध्यमबाट लागु पदार्थको दुर्व्यसनमा फसेका युवालाई समेत सुधार गर्न सकिने बताउँदै बोहराले स्थानीय तहहरुलाई समेत सक्रिय गराइ सवैलाइ पायक पर्ने स्थानमा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गर्ने योजना आफ्नो रहेको बताए ।
फोहोर प्रशोधन केन्द्र निर्माणमा ध्यान दिन्छु: प्रज्जवल बोहरा
रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी
शनिबार रूपन्देहीका तीनवटा क्षेत्रमा राजेन्द्र लिङ्देनको संकल्प यात्रा
सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा
स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड
रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा
रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?
क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ
सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा
लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा
सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा
रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा
समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा








प्रतिकृया दिनुहोस्