June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड

Advertisement

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले भारतबाट अनियन्त्रित रुपमा भित्रिरहेको तरकारीका कारण स्वदेशी उत्पादन खेर जाने अवस्था आएको बताएका छन् । ठूलो मात्रामा भारतबाट भित्रिने तरकारीमा रोक लगाएर नेपाली उत्पादनले मूल्य पाउने र किसानको जीवनस्तरको उकासिने व्यवस्था गर्ने उनले बताए ।

Advertisement

आफ्नो निर्वाचन क्षेत्रमा अधिकांश बासिन्दा कृषिमा निर्भर भए पनि उनीहरुले उत्पादनको मूल्य प्राप्त नगरेको बताए । तर, प्रत्येक वर्ष उत्पादन खेर जाने गरेकाले किसानको लगानी डुबिरहेको उनले जनाए । भारतबाट ठूलो परिमाणमा भित्रिने तरकारीका कारण नेपाली किसान र उत्पादन प्रभावित भइरहेको उनको भनाई छ । त्यसैले नेपाली किसानले धेरै मात्रामा उत्पादन गर्ने तरकारी लगायत कृषि उपजको बजारीकरण गर्ने योजना आफूले तयार गरेको राप्रपा उम्मेदवार बोहराले जनाए ।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट ठूलो परिमाणमा आयात हुने कृषि उपजमा धेरै कर लगाएर भए पनि आयात रोक्नु पर्नेमा उनको जोड छ । उच्च करसँगै आयातमा कोटा निर्धारण गरेर भए पनि भारतबाट तरकारी लगायत कृषि सामाग्रीको आयात रोक्नु पर्नेम उनले जोड दिए ।

रुपन्देही–१ मा टमाटर लगायतका अन्य तरकारी उत्पादन धेरै हुने गरेको छ । तर, किसान २–३ रुपैयाँ प्रतिकिलो बिक्री गर्न बाध्य रहेको उनले बताए । त्यसैले धेरै उत्पादन हुने टमाटर जस्ता कृषि उपजले मूल्य पाउने गरी प्रवद्र्धन गर्न आफूले नीतिगत देखि बजार सुधारमा भूमिका खेल्ने बताए ।

धान, गहुँ, तरकारीसहित अन्य उत्पादनको बजारीकरण गरी किसानलाई मुनाफा दिलाउनु आफ्नो उद्देश्य रहेको बोहराको भनाई छ । स्वदेशी उत्पादनको प्रयोगले किसान, उपभोक्ता र मुलुकलाई फाइदा पुग्ने उनले जनाए । ‘हामीले स्वदेशी उत्पादनलाई खपत गर्ने नीति अबलम्बन गरी गैरकानूनी आयात रोक्न लाग्नेछौं’, उनले भने ।

धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती