रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा


धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले लामो क्षेत्र ओगटेको रोहिणी नदी माथि पर्याप्त पुल नहुँदा स्थानीयले दुःख पाइराखेको जनाएका छन् । उनले आफूले नदी आसपासका क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्दा पुल नभएको गुनासो बढी मात्रामा सुनिएको जनाए । रोहिणीमा एउटा मात्रै पुल रहेको बताउँदै राप्रपा उम्मेदवार बोहराले यसले नदी वारपार गर्न क्षेत्रबासीलाई निकै समस्या भएको सुनाए ।
‘बीचमा नदी छ, वारिपारीका बासिन्दा भेट हुन पनि १०–१५ किलोमिटर यात्रा गरेर जानुपर्छ’, उनले भने, ‘वर्षा याममा यो समस्या सबैभन्दा बढी हुने गरेको स्थानीयले बताउनुभएको छ । यो समस्या हल गर्न रोहिणी नदीमा आवश्यकताका आधारमा केही पुलहरु थप्नुपर्ने देखिन्छ ।’ उनले पुल नहुँदा खाद्यान्न, अत्यावश्यक सामाग्री ढुवानी र विरामी हुँदा अस्पतालसम्म जानु परेमा पनि समस्या हुने गरेको जनाए ।
दशक अघि बनेको एउटा पुलबाटै काम चलाइँदै आएको जनाउँदै बोहराले क्षेत्रबासीले पटकपटक केही स्थानहरुमा पुल बनाउन माग गरे पनि सुनुवाई नभएको आफूले पाएको जनाए । ‘यो समस्या हल गर्न राप्रपा र म सधैं तयार छौं’, उनले भने, ‘मैले क्षेत्रबासीहरुको गुनासा, आवश्यकता र समस्या टिपोट गरेको छु, म निर्वाचित भए पनि नभए पनि ती समस्या हल गर्न लागिपर्छु ।’ राप्रपा उम्मेदवार बोहराले आफूले रोहिणीमा थप पुल निर्माणका लागि निर्वाचन लगत्तै पहल थाल्ने र पुल निर्माण गराएरै छाड्ने जनाए ।
उनले केही ठाउँहरुमा झोलुंगे पुल भए पनि ठूला सवारी आउजाउ गर्न नसक्ने भएकाले समस्या जहाँकोतही रहेको बताए । क्षेत्रगत समस्या हल गर्नु आफ्नो दायित्व भएको जनाउँदै त्यसका लागि पहल गर्ने र काम गरेरै परिणाम दिने उनले स्थानीयलाई विश्वास दिलाए । यस्तै, बोहराले नदी उकास क्षेत्रको तटबन्धमा पनि ध्यान दिइने स्पष्ट पारे । कतिपय ठाउँमा नदी कटानको समस्या रहेको जनाउँदै त्यस्ता ठाउँलाई सुरक्षित गर्न आफूले योजना बनाएरै काम गर्ने बोहराको भनाई छ ।
रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?
क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ
सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा
लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा
सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा
रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा
समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा








प्रतिकृया दिनुहोस्