August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

भिरबाट लडेर मृत्यु


गुल्मी–गुल्मीमा एक पुररुषले भिरबाट लडेर ज्यान गुमाएका छन् । रेसुङ्गा नगरपालिका–१२, बुढिझिर्मीका ३२ वर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

Advertisement

उनलाई आइतबार राति लडेर भिरको चौतारीको रुखमा अड्किएको अवस्थामा स्थानीयले देखेर सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल ३७ गुल्म, गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुदिप प्रसाईको कमान्डमा खटिएको १३ जनाको सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थाका खत्रीलाई उद्धार गरेर उपचारका लागि गुल्मी अस्पताल पठाएको थियो ।

गुल्मी अस्पतालमा उपचारको क्रममा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । पोष्टमार्टमका लागि खत्रीको शव गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।