June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही-१ को आवाज बनेर काम गर्नेछु : प्रज्जवल बोहरा

Advertisement

धकधई– रुपन्देही–१ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार युवा नेता प्रज्जवल बोहरा (प्रशान्त) ले क्षेत्रका जनताको आवाज बनेर आफूले काम गर्ने बताएका छन् ।

Advertisement

चुनावी अभियानका क्रममा मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै बोहराले निर्बाचन क्षेत्रमा जनताले सामना गर्नु परिरहेको मूलभूत समस्याहरुको समाधानका लागि आफू त्यस क्षेत्रका जनताको आवाज बन्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘रुपन्देही–१ का नागरिकले गरेको मागलाई पुरा गर्ने गरि जनताको आवाज बनेर काम गरेर देखाउने छु’, उनले भने, ‘बिगतमा यस क्षेत्रबाट निर्बाचित भएका जनप्रतिनिधिले आफ्नो प्रतिबद्धता पुरा नगर्दा जनताको आवाज बन्ने दायित्व र जिम्मेवारी अव मेरो काँधमा आएको छ ।’

१८ बर्ष अघि आफ्नो बुवा स्वर्गीय दीपक बोहराले थालेका तथा सञ्चालन गरेका विकास निर्माणका योजनाहरु यतिबेला अलपत्र परेर अधिकाँश पूर्वाधारका संरचनाहरु भताभुङ्ग अवस्थामा पुगेको उनले जनाए । सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा निर्माण गरिनु पर्ने पूर्वाधार तथा संरचना अझै बन्न नसकेको उनको भनाइ छ ।

‘मेरो बुवाले यस क्षेत्रमा १८ बर्ष अघि उम्मेदवारी दिनु भएको थियो । त्यतिबेला उहाँले उठाउनु भएको स्थानीय जनताको समस्या अहिले पनि जस्ताको तस्तै छन्’, उनले भने, ‘यस्तो हुनुमा यस अवधिमा निर्बाचित जनप्रतिनिधिहरुले जनता समक्ष बिगतमा आफूले गरेका प्रतिबद्धता पुरा गर्नमा इमान्दारीताको कमी भएको महशुस मैले गरेको छु ।’

उनका अनुसार स्वर्गीय बोहराको पहलमा रुपन्देहीमा सञ्चालित महत्वपूर्ण विकासका पूर्वाधारमध्ये एक हो, भैरहवा लुम्बिनी भूमिगत जल परियोजना । यो परियोजनाका अधिकाँश संरचना अहिले भताभुङ्ग भएर खण्डहर अवस्थामा पुगेका छन् । उक्त परियोजना रुपन्देही–१ मा मात्र नभएर समग्र रुपन्देही जिल्लाको स्वरुप परिवर्तन गरिदिएको विकासको मुख्य आधार हो ।

फोहोर प्रशोधन केन्द्र निर्माणमा ध्यान दिन्छु: प्रज्जवल बोहरा

रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी

शनिबार रूपन्देहीका तीनवटा क्षेत्रमा राजेन्द्र लिङ्देनको संकल्प यात्रा

सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा

स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड

धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती