June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

मारवाडी युवा मञ्चको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

Advertisement

भैरहवा–मारवाडी युवा मञ्चको आगामी दुई बर्षका लागि नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन तथा शपथ ग्रहण भएको छ ।

Advertisement

प्रमुख अतिथि नन्दलाल गोयनका तथा विशिष्ट अतिथि नारायण प्रसाद अग्रवालको उपस्थितिमा मारवाडी सेवा सङ्घको प्राङ्गणमा मारवाडी युवा मञ्चको पदस्थापना तथा शपथ ग्रहण भएको हो ।

२०८३–२०८५ का लागि मारवाडी युवा मञ्चको नवगठित कार्यसमितिकाे अध्यक्षमा रोहितकुमार अग्रवाल, उपाध्यक्षमा सौरभ अग्रवाल, निवर्तमान अध्यक्ष (आई.पी.पी.) मनीष अग्रवाल, महासचिवमा मोहित सेठिया, सचिवमा अर्चित बेरिवाल तथा कोषाध्यक्षमा प्रियंक जैन रहेका छन् ।

कार्यसमिति सदस्यमा रौनक अग्रवाल, जय अग्रवाल, पावन अग्रवाल, अभिषेक अग्रवाल, अर्पित अग्रवाल, अचल गोयनका, सोमेश अग्रवाल, सञ्चित खन्ना, सञ्चित अग्रवाल रहेका छन् । मनोनित सदस्यमा शुभम अग्रवाल र विकास चौधरी रहेका छन् । सल्लाहकारमा मनोज अग्रवाल, मनीष गर्ग, मनोज सिंघल, सन्दीप अग्रवाल, विनय गोयल र सिद्धार्थ अग्रवाल रहेका छन् ।

पदस्थापन तथा शपथ ग्रहण कार्यक्रममा मारवाडी सेवा संघका अध्यक्ष श्रवणकुमार बेरिवाल, निर्वर्तमान अध्यक्ष हेमन्तकुमार अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनका अध्यक्ष मनोज अग्रवाल, मारवाडी महिला मञ्चकी अध्यक्ष बेनु अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठनकी उपाध्यक्ष बिना अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का सल्लाहकार मुरारीलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय एसोसिएट सदस्य राजेश कुमार अग्रवाल लगायत समाजका विशिष्ट व्यक्तित्वकोपनि सहभागीता थियो ।

नवगठित पदाधिकारीहरुलाई कार्यक्रममा उपस्थित अतिथिहरूले सफल कार्यकालको शुभकामना दिँदै समाजसेवा, युवा सशक्तीकरण तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।