June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

फोहोर प्रशोधन केन्द्र निर्माणमा ध्यान दिन्छु: प्रज्जवल बोहरा

Advertisement

धकधई– रुपन्देही–१ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले फोहोर प्रशोधन केन्द्र निर्माणको आवश्यकता बढ्दै गएको बताएका छन् । चुनावी अभियानका क्रममा विभिन्न स्थानमा मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले पछिल्ला बर्षमा रुपन्देही–१ मा बढ्दो सहरीकरण र बस्तीसँगै फोहोरको समस्या पनि बढ्दै जान थालेकाले यसको व्यवस्थापन गर्न फोहोर प्रशोधन केन्द्र निर्माणको आवश्यकता भएको बताए ।

Advertisement

‘उत्तरी भेगमा रहेको देवदह, खैरहनी, शितलनगर, भलुही लगायतका क्षेत्र र दक्षिणी भेगमा रहेका धकधई, बसन्तपुर, वाइपास लगायतका क्षेत्र तिब्र गतीले सहरीकरणतर्फ उन्मुख छन्’, बोहराले भने, ‘सहरीकरण व्यवस्थापनका लागि अति आवश्यक पूर्वाधारमध्ये पर्ने फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने बिषय मेरो प्राथमिकतामा छ ।’

उत्तरमा पर्ने पूर्व पश्चिम राजमार्गसँग जोडिएका क्षेत्र र दक्षिणमा पर्ने हुलाकी राजमार्गसँग जोडिएका क्षेत्रमा बढ्दो आवादीका कारण घनाबस्तीमा रुपान्तरण हुँदै जान थाले पनि फोहोर व्यवस्थापन भने प्रभावकारी रुपमा हुन नसकेकाले यसतर्फ आफ्नो ध्यान आकृष्ट भएको उनले जनाए ।

पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गसँग जोडिएका क्षेत्र बाहेक रुपन्देही–१ मा रहेका भित्रि बस्तीहरु पनि नगरोन्मुख अवस्थामा छन् । पछिल्लो केही बर्ष यता हुलाकी राजमार्ग अन्तर्गत भैरहवा–परासी खण्डमा औद्योगिकरण बढेसँगै फोहोरको व्यवस्थापनको बिषय चुनौतीपूर्ण बन्दै जान थालेको छ । फोहर व्यवस्थापन कार्यलाई स्थानीय निकायहरुले पनि प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

‘राजमार्ग तथा सडक किनारा क्षेत्रमा रहेका बस्तीहरुमा यत्रतत्र फोहोर फ्याँकिएका छन् । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा कतिपय ठाउँमा दुर्गन्ध फैलिने गरेको छ’, बोहराले भने, ‘फोहोरको व्यवस्थापन हुन नसक्दा मानव स्वास्थ्यमा पनि प्रतिकुल असर पार्न थालेको छ । यसलाई समयमैं व्यवस्थापन गर्न सकिएन भने फोहोरमैलाको समस्या बिकराल र जटिल बन्ने छ ।’

रुपन्देही–१ का सवै स्थानीय तहलाई पायक पर्ने स्थानको खोजी गरि फोहोर प्रशोधन केन्द्रको निर्माण गरिने जनाउँदै उनले यसका लागि आवश्यक स्रोत जुटाउनेतर्फ आफू लागेको बताए । ‘क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन पनि फोहोर व्यवस्थापन जरुरी छ’, उनले भने, ‘राम्रो प्रशेधन केन्द्र निर्माण गरी फोहोरलाई मोहरमा परिणत गर्ने मेरो लक्ष्य छ । यसमा मैले काम गर्छु । सबैलाई पायक पर्ने ठाउँमा प्रशोधन केन्द्र बनाइन्छ ।’ उनले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । राप्रपा उम्मेदवार बोहराले कुहिनेलाई मल र नहुकिनेलाई पुनः प्रयोगमा जोड दिए ।

रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी

शनिबार रूपन्देहीका तीनवटा क्षेत्रमा राजेन्द्र लिङ्देनको संकल्प यात्रा

सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा

स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड

धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती