दाउन्नेको विकल्प मानिएको त्रिवेणी–दुम्किबास सडक दुई दशकदेखि अलपत्र
परासी– बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डको जोखिमपूर्ण यात्राका कारण आजित भएका सर्वसाधारणका लागि त्रिवेणी–दुम्किबास सडक एक ‘लाइफलाइन’ मानिएको छ । तर, २० वर्षअघि सुरु भएको यो योजना अझै अलपत्र छ । यो सडकले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र...





