June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

Advertisement

धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले सीमान्तकृत र पिछडा वर्गको उत्थानका लागि आफूले विशेष महत्व दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार रुपन्देहीको रोहिणीमा आयोजित प्रचारप्रसार कार्यालय उट्घाटन कार्यक्रममा बोल्दै युवा नेता बाहेराले सबै वर्गको समानुपातिक सहभागिता र विकास नहुँदासम्म परिवर्तनको महसुस गर्न नसकिने जनाए ।

Advertisement

‘हामीलाई जातजाती, धर्म–संस्कृति, धनी–गरिब लगायत विभिन्न बहानामा विभाजन गरी फाइदा लिने गरिएको छ’, उनले भने, ‘सबैभन्दा पहिला हामी नेपाली हो भन्ने विर्सनु हुँदैन ।’ उनले कुनै वर्ग समुदायको उत्थान भएर समृद्धिको सपना देख्नु गलत भएको जनाए । ‘चाहे त्यो मुस्लिमको मदरसा होस्, चाहे बुद्धिष्टको गुम्बा वा हिन्दुको तीर्थस्थल हुन् । सबैलाई समानरुपमा हेर्नुपर्छ र समानुपातिक विकास जरुरी छ’, उनले भने, ‘मेरो पहल सबै क्षेत्र, समुदाय र वर्गको विकास गर्नु रहन्छ । सबैको सम्मान गर्छु ।’ उनले आफूले अवसर पाए क्षेत्रको विकास, हरेक नागरिकको सम्मान र अधिकारका लागि लड्ने जनाए ।

बोहराले नेपालीहरु कुनै पनि बहानामा विभाजित हुन नहुने जनाउँदै विभाजन गर्न खोज्ने तत्वहरुबाट सतर्क रहनु पर्नेमा जोड दिए । उनले राज्यको शक्ति, स्रोत, ज्ञान, अवसरमा सबैको समान पहुँच हुनुपर्ने बताए । सीमान्तकृत समुदायमाथि अझै पनि विभेद, बहिष्करण, दमन, उत्पीडन भइरहेको उनको भनाई छ । ‘दलित होस् वा महिला, आदिवासी जनजाति होस् वा मधेसी’, उनले भने, ‘मुस्लिम, यौनिक अल्पसंख्यकलगायत सबैको सम्मान अधिकार स्थापित गर्न राप्रपा लाग्दै आएको छ, यसमा म एउटा उम्मेदवारको नाताले अझ कटिबद्ध भएर लाग्छु ।’

नेपालको हरेक परिवर्तनमा सीमान्तकृत र पिछडा वर्गले कही न कहीबाट योगदान दिएको जनाउँदै त्यसको सम्मानका लागि पनि समानुपातिक विकास, उत्थान र अवसरका कार्यक्रमहरु जरुरी रहेको राप्रपा उम्मेदवार बोहराको भनाई छ । बोहराले रोहिणीलगायत समग्र क्षेत्रमा सबैको हसभागितामा विकासका योजना अगाडि बढाइने बताए ।

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती