June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी

Advertisement

भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपालाई भोट दिए पछुताउन नपर्ने दावी गरेका छन् । उनले राष्ट्रहीत र नागरिकको अधिकारका लागि कुनै सम्झौता नगरी काम गर्ने बताए । राप्रपाले रुपन्देहीमा शनिबार आयोजना गरेको संकल्प यात्रामा सहभाी हुन आएका लिङ्देनले खैरेनी चोक र धकधई बजारमा आयोजित कोण सभामा बोल्दै यस्तो बताएका हुन् ।

Advertisement

मतदान गर्नु नागरिक अधिकार भएकाले मत खेर नफाल्न उनले अनुरोध गरेका छन् । प्रत्येक नागरिकले मतदान मार्फत् मुलुकको भविष्य निर्धारण गर्ने भएकाले चुनावमा सहभागी हुन आग्रह गरे । रुपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्जवल बोहराको प्रचारप्रसारका लागि क्षेत्रमा आएका उनले भविष्यमा विद्रोह गर्न नपर्नेगरि दल र राजाबीच राष्ट्रिय समझदारी गर्न आग्रह गरे पनि बेवास्ता गरिएकाले जनताले नै राप्रपालाई मत दिएर दबाब सिर्जना गर्नुपर्ने जनाए ।

मुलुकमा राष्ट्रिय समझदारी कायम गर्नका लागि दबाब पुग्ने किसिमले मतदान गर्न आग्रह गरेका छन् । उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन् फागुन २१ गतेसम्म भएकाले सोचेर मात्र आफ्नो मत सदूपयोग गर्न आग्रह गरे ।

नयाँ समझदारी नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्ने र नेताहरु भाग्नु पर्ने चेतावनी दिए पनि नसुनेको उनले बताए । २०८४ सालमा गर्नुपर्ने आवधिक निर्वाचन ०८२ मा गर्दैमा समस्या हल नहुने उल्लेख गर्दै जतिसक्दो छिटो राजा र दलबीच नमिलेका कुरा मिलाउनु पर्नेमा जोड दिए । एउटा प्रजातान्त्रिक दलका रुपमा राप्रपा निर्वाचनमा सहभागी भएको उनले बताए ।

‘मुलुक निर्वाचनमय भइसकेको छ,’ उनले भने, ‘त्यसैले राजा र दलबीच सहकार्यकालागि शक्ति आर्जन गर्नेगरि हामीलाई भोट दिनुस् ।’ मतदान नगर्दा नागरिकको अधिकार खेर जाने भएकाले विवेक पुर्याएर मतदान गर्न आग्रह गरे ।

मुलुकमा २०४६ सालपछि दलले अभ्यास गरेको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक शासन भोगिसकेको जनाउँदैं अब पनि पुरानै दललाई मतदान गर्नुअघि हजार पटक बिचार गरेर मतदान गर्न आग्रह गरे । ‘३० वर्षसम्म मुख्य नेताका हातमा मुलुक थियो,’ उनले भने, ‘शासनको जेनाम दिए पनि देश सुधार हुन सकेन ।’
कार्यकर्ताले जय जयकार गरेको देखेर नेताले सबै जनता सुखी छन् जस्तो लाग्ने गरेको उनले बताए । त्यसैले यसअघिका निर्वाचनमा हालेको मत के ? कति सदूपयोग भयो भन्ने सोचेर मात्र भोट हाल्न अनुरोध गरे । रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्जवल प्रतिस्पर्धामा छन् । उनको जितले युवा र देशको प्रतिनिधित्व गर्नसक्ने उनको भनाई छ । क्षेत्रमा राप्रपाले आज विशाल र्यालीसहित संकल्प यात्रा गरेको छ ।

शनिबार रूपन्देहीका तीनवटा क्षेत्रमा राजेन्द्र लिङ्देनको संकल्प यात्रा

सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा

स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड

धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती