June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न जरुरी: प्रज्जवल बोहरा

Advertisement

धकधइ–रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा उम्मेदवार प्रज्जवल बोहरा (प्रशाान्त) ले मापपदण्ड बिपरित भैरहेका नदीजन्य पदार्थको उत्खनन नियन्त्रण गरी नदीजन्य पदार्थको समूचित ढंगले उपयोगमा ल्याउनु पर्ने बताएका छन् ।

Advertisement

निर्बाचन प्रचारप्रसारका क्रममा मतदातासँगको भेटघाटका क्रममा उनले नदीजन्य पदार्थको अनियन्त्रित ढंगबाट भैरहेको उत्खनन बिरुद्ध आफू सशक्त रुपमा उत्रिने बताए । नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न र माफियातन्त्रको अन्त्य गर्न आफू कडा ढंगले उत्रने प्रतिबद्धतापनि जनाएका छन् । स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी र बिचौलियाहरूको मिलेमतोमा नदीजन्य पदार्थको अवैध उत्खनन् र तस्करी हुने गरेको भनाइ उनको छ । ‘नदीबाट ढुंगा, गिटी र बालुवा निकाल्ने नाममा माफियाहरूले कानुनको धज्जी उडाएका छन’, बोहराले भने, ‘यसमा स्थानीय तहका केही जनप्रतिनिधि र प्रशासनिक कर्मचारीको पनि मिलेमतो देखिन्छ ।’

उत्खनन्का लागि निर्धारित मापदण्ड र सीमा मिचेर गरिने उत्खननले राज्यको ढुकुटीमा जानुपर्ने करोडौँ राजस्व बिचौलियाको खल्तीमा पुगेको उनको दाबी छ । नदीहरूको अनियन्त्रित दोहनले केवल प्रकृति मात्र नभएर मानव स्वास्थ्यमा पनि गम्भीर असर पारेको उनले बताए । मिलोमतोमा अनियनिन्त्र रुपमा हुने उत्खनन्बाट नदी, खोलाको सतह गहिरिँदै जाँदा वर्षायाममा खेतबारी कटान हुने र डुबानमा पर्ने जोखिम बढेको उनको बुझाइ छ ।

‘उत्खनन क्षेत्रबाट चल्ने सयौँ ट्रिपरका कारण उडेको धुलोले स्थानीय बासिन्दामा श्वासप्रश्वास र आँखाको समस्या देखिएको छ । बिहान–बेलुका शान्तसँग सुत्न नपाउने र सडकमा हिँड्नै नसकिने गरी धुलो उड्ने अवस्थाले नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको छ’, उनले भने । नदीको प्राकृतिक बहाव रोकिएका कारण वरपरका इनार र चापाकलहरू सुक्न थालेको र भविष्यमा पिउने पानीको ठूलो संकट निम्त्याउने भएकाले अवैध उत्खनन् तत्काल बन्द गर्नु पर्ने उनले बताए ।

नियन्त्रणका लागि प्रकृति जोगाउने र समृद्धि भित्राउने नीति लिएर अवैध उत्खननमा निगरानी, अवैध उत्खननमा संलग्न माफिया र भ्रष्टाचार गर्ने कर्मचारीमाथि कानुनी कारबाही गर्ने, नदीजन्य पदार्थको दिगो उपयोग र मापदण्ड कार्यान्वयन गर्ने योजना उनको छ । नदीजन्य पदार्थबाट संकलन भएको राजस्वको ठूलो हिस्सा सम्बन्धित प्रभावित क्षेत्रकै शिक्षा, स्वास्थ्य र तटबन्ध निर्माणमा खर्च गरिनुपर्ने धारणा उनको छ ।

सार्वजनिक सम्पत्तिको खोजी र संरक्षणमा प्रज्जवल बोहराको चासो

राप्रपा उम्मेदवार प्रज्जवल बोहराका रूपन्देही–१ बनाउने सपना

सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यकता छ : प्रज्जवल बोहरा

रूपन्देही-१ को आवाज बनेर काम गर्नेछु : प्रज्जवल बोहरा

फोहोर प्रशोधन केन्द्र निर्माणमा ध्यान दिन्छु: प्रज्जवल बोहरा

रूपन्देहीमा राप्रपाको संकल्प यात्रा, भोट दिए पछुताउन नपर्ने लिङ्देनको दावी

शनिबार रूपन्देहीका तीनवटा क्षेत्रमा राजेन्द्र लिङ्देनको संकल्प यात्रा

सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा

स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड

धकधई स्वास्थ्य केन्द्र स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ध्यान दिन्छुः राप्रपा उम्मेदवार बोहरा

रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती