June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सार्वजनिक सम्पत्तिको खोजी र संरक्षणमा प्रज्जवल बोहराको चासो

Advertisement

धकधइ–रुपन्देही–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल (प्रशान्त) बोहराले सार्वजनिक सम्पत्तिको खोजी र संरक्षणमा चासो देखाएका छन् । क्षेत्रमा गर्नु पर्ने विकास निर्माणका कार्य वाहेक सार्वजनिक सम्पत्तिको खोजी र संरक्षणको बिषयलाईपनि उनले प्राथमिकतामा राखेका छन् ।

Advertisement

चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियान कार्यक्रम सञ्चालन गरिरहेका बोहराले रुपन्देही–१ नम्बर क्षेत्रमा रहेका सार्वजनिक सम्पत्तिको सोधखोज गरि संरक्षण गर्न अति जरुरी भएको बताए । सार्वजनिक सम्पत्तिको सोधखोज र संरक्षण गर्ने बारे उनले आफ्नो मात्र सकृयता देखाएका छैनन । क्षेत्रका सवै मतदातालाईपनि यसका वारेमा बुझाउँदै संरक्षणका लागि जागरुक बनाइरहेका छन् ।
‘मतदाता समक्ष विकास निर्माणका कार्य र दक्ष मानविय जनशक्ति तयार पार्ने बाहेक सार्वजनिक सम्पत्तिको खोजी र संरक्षण गर्ने योजनापनि मेरो चुनावी मुद्धा हो’ बोहराले भने, ‘यसका लागि स्थानीय सचेत जनताको साथ लिएर अभियान नै सञ्चालन गर्ने योजना मेरो छ ।’

रुपन्देही–१ मा रहेका कैयन सार्वजनिक सम्पत्ति स्थानिय समुदायको हितमा भन्दा सिमीत व्यवसायी र बिचौलियाको अनुकूल हुने गरी प्रयोगमा आइरहेको र यसमा सम्बन्धित स्थानिय निकायका जनप्रतिनिधिको भूमिकामा समेत प्रश्न उठ्न थालेको उनले बताए । बिशेष गरी स्थानिय बिद्यालय, मठ मन्दिर लगायत् धार्मिक स्थलको स्वामित्वमा रहेका जमिन र खोला नदी किनारका पर्ति जमिनहरु समुदायको हितमा भन्दा मिलोमतोमा सिमित व्यक्तिले आफ्नो अनुकूल हुने गरी प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार, यस खालका जमिन कानुनी प्रकृया पूरा गरेको देखाउन टेण्डर गर्ने र अति न्युन रकममा व्यवसायीलाई लामो समयसम्म उपलब्ध गराइने गरिएको छ । स्थानिय बिद्यालय, मठ मन्दिर लगायत् धार्मीक स्थलको स्वामित्वमा रहेका जमिन खेती गर्नका लागि र नदी खोला किनाराका जमिन नदीजन्य पदार्थको उत्खनन् गर्न ठेक्का लिएका ठेकेदारलाई नदीजन्य पदार्थ थुपार्नका लागि लामो समयसम्मका लागि स्थानिय जनप्रतिनिधिकै अनुमतिमा दिने गरिएको छ ।

‘जवकी तेस्ता जमिन कतिपय ठाँउमा स्थानिय खेलाडीले खेल्ने मैदानको रुपमा प्रयोग गर्न खोज्दा पाएका छैनन । जनप्रतिनिधिले नै नदिएको गुनासा घरदैलोको क्रममा मतदाताले गरेका छन्’ बोहराले भने, ‘कतिपय सार्वजनिक सम्पत्तिहरु स्थानिय जनप्रतिनिधीहरुलाई समेत आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनेका छन् ।’

समुदायको अनुकूल नहुने गरि मिलोमतोमा ठेक्कामा दिइएका यस्ता सार्बजनिक सम्पत्तिको सोधखोज गरि ठेक्का नै तोडेर समुदायले फाइदा पाउने गरी प्रयोगमा ल्याउने योजनामा आँफू रहेको उनले बताए ।