सुशासन कायम गर्न सार्वजनिक सेवा डिजिटल प्रणालीबाटः राप्रपा उम्मेदवार बोहरा


भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले जेन–जी युवाको अपेक्षा अनुसार आफ्नो क्षेत्रमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्न डिजिटल प्रणालीलाई जोड दिएका छन् । अहिलेसम्म नागरिकलाई प्रदान गरिँदै आएका सार्वजनिक सेवामा भ्रष्टाचार हुने गरेको गुनासो अन्त्यका लागि डिजिटल प्रणाली लागू गरिने उनले बताए ।
सार्वजनिक सेवालाई प्रभावकारी र गुनासो रहित तुल्याउन यस्तो सेवा शुभारम्भ गरिने उनले बताएका हुन् । स्वदेश तथा बिदेशमा आफूले आर्जन गरेको अनुभवका आधारमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली पूर्णरुपले कार्यान्वयन गरिने उनले बताए । यस्तो प्रणाली लागू गरेर सार्वजनिक निकायलाई अधिकार सम्पन्न बनाइने उनको भनाई छ ।
क्षेत्रका विभिन्न ठाउँमा भएका घरदैलोमा बोल्दै राप्रपा उम्मेदवार बोहराले स्थानीय सरकारले आह्वान गर्ने ठेक्का प्रणाली, बजेट कार्यान्वयन र योजना लागू गर्दा भ्रष्टाचार हुने गरेको निर्वाचन क्षेत्रका बासिन्दाले गुनासो गरेको उनले जानकारी गराए । ‘ठेक्का प्रक्रिया, बजेट विनियोजन र योजना कार्यान्यनमा पूर्ण पारदर्शिता अपनाइनेछ,’ बोहराले भने, ‘यस्ता कामको हरेक वर्ष प्रतिवेदन तयार गरेर जनता समक्ष पेश गर्नेछु ।’
प्रतिवेदन सार्वजनिक गरेपछि त्यसमाथि जनताको प्रश्न गर्ने अधिकारलाई सुनिश्चित गर्न सार्वजनिक सुनुवाई गरिने उनले बताए । ‘जनताले प्रश्न सोध्ने छन,’ उनले भने, ‘मैले ती प्रश्नको जवाफ दिने कामको सुरुवात गर्नेछु ।’ जनतासित यस्तो साक्षात्कारले पनि पारदर्शिता कायम गर्न सघाउने उनले बोहराले जनाए । उनका अनुसार अहिले अधिकांश जनताले आफ्ना जनप्रतिनिधि निर्वाचन जितेर गएपछि फर्किएर नआउने गुनासो गर्दै आएका छन् । आफूले त्यस्तो परम्परा अन्त्य गरेर सदन नचलेका बेला निर्वाचन क्षेत्रमै केन्द्रित भएर काम गर्ने विश्वास उनले दिलाएका छन् । यसका लागि यसपटक आफूलाई अवसर दिन उनको आग्रह छ ।
स्वदेशी उत्पादनको बजारीकरण र प्रयोगमा राप्रपा उम्मेदवार बोहराको जोड
रोहिणी नदीमाथि आवश्यकताका आधारमा थप पुल निर्माण गरिनेछः राप्रपा उम्मेदवार बोहरा
रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?
क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ
सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा
लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा
सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा
रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा
समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा








प्रतिकृया दिनुहोस्