June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँछुः रास्वपा उम्मेदवार खाँन

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले आफ्नो क्षेत्रमा कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने बताएका छन् । सुगम जिल्ला भए पनि रुपन्देही–५ स्वास्थ्यका आधारमा पछाडि परेको उनले बताए ।

Advertisement

क्षेत्रमा करिब डेढ लाख जनसंख्या छ । यस क्षेत्रसित जोडिएको कपिलवस्तुका पालिकामा मात्रै ३–४ लाख जनसंख्या छ । ती सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेको युवा उम्मेदवार खाँनले जनाए । आफ्नो क्षेत्र र आसपासका पालिकालाई मध्यनजर गरेर रुपन्देही–५, मा कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना उनले सुनाए ।

अहिले आफ्नो क्षेत्रका बासिन्दा सामान्य उपचारका लागि पनि बुटवल र भैरहवा धाउन बाध्य रहेको उनले बताए । जसले गर्दा यस क्षेत्रका बासिन्दाले ज्यानको जोखिम सहनु पर्ने र उपचारमा धेरै खर्च गर्नु परिरहेको खाँनले बताए ।

त्यस्तो बाध्यता अन्त्यका लागि निर्वाचन क्षेत्रमै विशेषज्ञ सहितको स्तरीय अस्पतला निर्माण गरिने उनले बताए । आफूले निर्माण गर्ने अस्पतालमा राम्रा चिकित्सक र सुलभ मूल्यमा औषधि उपलब्ध हुने उनको भनाई छ । अहिले भएका अस्पतालमा पनि विशेषज्ञ सेवा छैनन् । ‘अस्पताल निर्माण वा भएका संरचनालाई स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराइनेछ’, उनले भने ।

रुपन्देही–५ स्थित लुम्बिनीलाई केन्द्रमा राखेर बर्थिङ सेन्टर निर्माण गर्ने बारे रास्वपा सभापति रबि लामिछानेसित पनि कुराकानी भइसकेको उनले बताए । लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर एक हजार बेड क्षमताको बर्थिङ सेन्टर सेन्टर निर्माण गर्ने बारे पार्टी भित्र र निर्वाचन क्षेत्रका सरोकारवालासित छलफल भइरहेको उनले जनाए ।

महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन

किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन

लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन

जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन

रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार