June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

Advertisement

भैरहवा– रुपन्देही क्षेत्र नम्बर–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तौफिक अहमद खाँनले पुराना दलका उम्मेदवार मतदाताको प्रश्नसित डराइरहेको बताएका छन् ।

Advertisement

आफू निर्वाचित हुँदा निर्वाचन क्षेत्रको विकासमा कुनै योगदान गर्न नसकेकाले उनीहरूले मतदाता छलिरहेको युवा उम्मेदवार खाँनको भनाई छ । अहिले रुपन्देही–५ प्रचारप्रसारका लागि घरदैलोमा रहेका पुराना दलका उम्मेदवारलाई मतदाताले बिगतमा गरेका वाचा किन पूरा भएनन् भनेर प्रश्न गरिरहेका छन् ।

‘अहिलेसम्म जितेका उम्मेदवारले यो गर्छु, त्यो गर्छु भनेर वाचा मात्र गरेका रहेछन्,’ खाँनले भने, ‘तर, कसैले जनताको पक्षमा काम गरेनन्, त्यहीँ असन्तुष्टि मतदाताले अहिले पोखिरहेका छन् ।’

यसपटक नयाँ दल र तिनका उम्मेदवारसित जनताका धेरै अपेक्षा रहेको उनले उल्लेख गरे । ‘मैले जिते भने मतदातालाई निराश बनाउने छैन’, उनले भने, ‘मैले गरेका बाचा पूरा गरेरै छाड्छु ।’ रुपन्देही–५ मा स्वास्थ, शिक्षा, सिंचाई, मल, बीउ र रोजगारी प्रमुख समस्याका रुपमा रहेको उनले बताए ।

यहीँ निर्वाचन क्षेत्रमा विश्व प्रशिद्व बुद्व जन्मस्थल लुम्बिनी रहे पनि अहिलेसम्म जनप्रतिनिधिले त्यसको महत्व संसदमा बुझाउन नसकेको र पर्यटकीय विकासका लागि स्वदेश र बिदेशमा लविङ गर्न नसकेको दुखेसो मतदाता र पर्यटनकर्मीले गरिरहेको खाँनले बताए ।

‘लुम्बिनीलाई केन्द्रमा राखेर समग्र क्षेत्रको बिकास गर्न दिनरात लागि पर्नेछु,’ उम्मेदवार खानले भने,’ लुम्बिनी र यहाँका समस्या बुझेकाले मलाई काम गर्न सहज छ ।’ पूरा गर्न नसिकने वाचा जनतामाझ नगरेको उनले बताए ।

रास्वपा कार्यकर्ता अर्जुन कुर्मीले रुपन्देही –५ मा परिवर्तनका पक्षमा जनलहर आएको बताए । ‘यहाँ चुपचाप घण्टीमा छाप नारा लागिरहेको छ,’ कुर्मीले भने, ‘पुराना दलका नेताकार्यकर्ताले जनताको प्रश्न फेस गर्न सकेका छैनन् ।’ उम्मेदवार खाँनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिमा यो गर्छु, त्यो गर्छु भनेका यसअघिका जनप्रतिनिधिले कुनै काम नगरेको जनभावना बुझ्ने प्रयास समेत नभएको आफूले क्षेत्र घुम्ने क्रममा पाएको बताए ।

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार