लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँनले आफ्नो क्षेत्रमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताएका छन् । रुपन्देहीका अन्य क्षेत्रमा रोजगारी सिर्जनाका लागि उद्यम, कलकारखाना स्थापना गर्नुपर्ने आवश्यकता भए पनि रुपन्देही–५ मा त्यस्तो बाध्यता नरहेको उनले बताए ।
यही क्षेत्रमा विश्व प्रशिद्ध पर्यटकीय स्थल लुम्बिनी छ । खानँका अनुसार यो क्षेत्रमा बृहत लुम्बिनी क्षेत्र बिस्तार गरेर सहजै रोजगारी बृद्धि गर्न सकिन्छ । ‘हामीसित जीवित सम्पदाका रुपमा लुम्बिनी रहेको छ,’ उनले भने, ‘यही लुम्बिनी र आसपासका क्षेत्र बिस्तार गरेर पर्यटनका माध्यामबाट रोजगारी बृद्धि गर्न सकिन्छ । त्यसबारे मैले योजना बनाएको छुँ ।’
स्वदेश र बिदेशबाट पर्यटक घुम्न आउनु र फर्किनु मात्र पर्यटन नभएकाले त्यसको उपयोग गरेर स्थानीय बासिन्दाका लागि रोजगार सिर्जना गर्न सकिने उनको भनाई छ । ‘पर्यटक आउने वित्तिकै चियापानी बिक्री गर्नेदेखि ई–रिक्सा चालकले पनि कमाउँछन्,’ उनले भने, ‘अहिले भइरहेका रेष्टुरेन्टको सेवालाई स्तरोन्नती गरेर धेरै भन्दा धेरै पैसा कमाउने बनाउन सकिन्छ, त्यसका लागि म काम गर्नेछु ।’
अहिले लुम्बिनीमा एक सय हाराहारी होटल भए पनि पर्याप्त पर्यटक अभावमा सबैले कमाउन सकेका छैनन् । त्यसैले पर्यटकको बसाइँ लम्ब्याएर सबै होटलले कमाउने वातावरण निर्माण गर्न आफू लागिपर्ने उनले बताए । ‘नेपालमा धेरै पर्यटक आकर्षित गर्न सक्ने गन्तव्य लुम्बिनी हो,’ उनले भने, ‘धेरै पर्यटक भित्रिनासाथ यहाँका होटलले मनग्य कमाउन थाल्छन् । होटल चलायमान भए पछि स्वतः रोजगारी बृद्धि भइहाल्छ ।’ ठूला होटल चलेपछि साना किरानादेखि, चिया, खाना, खानाका रेष्टुरेन्टका साथैं रिक्सा मजदूरलाई समेत लाभ मिल्ने उनले बताए ।
यसका साथैं लुम्बिनीमा होटल व्यवस्थापन, खाना पकाउने, पर्यटक डुलाउने तालिम आयोजना गरेर पनि स्वरोजगारका कार्यक्रम लागू गर्ने उनले बताए । अहिले लुम्बिनी र आसपास पर्यटक पथप्रदर्शकको अभाव रहेको उनले बताए । ‘मैले चुनाव जिते भने युवाहरुका लागि गाइड तालिम आयोजना गर्छु,’ उनले भने, ‘धेरै भन्दा धेरै पर्यटक पथप्रदर्शक तयार गरेर युवालाई आत्मनिर्भर बनाउने योजना छ ।’ साथैं घरेलु हस्तकलाका तालिम आयोजना गरेर पर्यटकका लागि चिनो निर्माण गराउने र लुम्बिनीबाट बिक्रीको प्रवन्ध मिलाउने पनि उनले बताए । यस्तै, गैडहवा, कंचन, सैनामैना लगायतका पर्यटकी क्षेत्रको विकास गरी ती क्षेत्रलाई रोजगारीसँग जोड्ने रास्वपा उम्मेदवार खाँनको योजना छ ।
जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन
रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन
रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी
सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन
पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक
राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्