पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक


लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै बासिन्दाका लागि आकर्षणको केन्द्र हो । प्रत्येक वर्ष लुम्बिनी भ्रमणका लागि विश्वभरबाट एक सय भन्दा बढी मुलुकका बासिन्दा आउने गरेका छन् । तर, लुम्बिनी आसपास जुन हिसावले पर्यटकीय बिकास हुनुपथ्र्यो, त्यो हुन सकेको छैन ।
त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५, का उम्मेदवार तौफिक अहमद खाँनले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन बिकास गर्ने लक्ष्य राखेका छन् । लुम्बिनीको ब्राण्डिङ गरेर पर्यटक भित्र्याएर बुद्ध जन्मस्थल आसपासका बासिन्दाको आयस्रोत बृद्धिमा जोड दिएका छन् ।
त्यसका लागि लुम्बिनी आसपासका बासिन्दालाई स्तरीय पर्यटन सेवा कसरी प्रदान गर्न सकिन्छ भनेर तालिम सञ्चालन गर्ने योजना उनले बनाएका छन् । खाँनका अनुसार लुम्बिनीको माटो बहुमूल्य छ । माटोबाट बुद्ध मूर्तिका साथै उपहार सामाग्री बनाएर बिक्रीका लागि निरन्तर तालिम व्यवस्था गरिने उनले बताए । ‘त्यसरी तयार गरिएका मूर्ति पर्यटकलाई बिक्री गरिनेछ,’ उनले भने, ‘स्थानीय संस्कृति झल्किने हस्तकलाका उद्योगलाई विशेष सहुलियत उपलब्ध गराइनेछ ।’
स्थानीय युवा लक्षित गरेर होम–स्टे र टुर गाइड तालिम सञ्चालन गर्ने उम्मेदवार खाँनले जनाएका छन् । यसका साथैं होटल व्यवस्थापनको तालिम दिएर स्थानीय होटल व्यवसायलाई पनि स्तरीय तुल्याइने छ । यसबाट लुम्बिनी र आसपासका बासिन्दाको रोजगार सुनिश्चित हुने उनको भनाई छ ।
‘अबको ५ वर्षमा रुपन्देही–५ लाई जागिर खोज्नेको होइन, जागिर दिनेको क्षेत्र बनाउने छु,’ उनले भने, ‘सन् २०२६ सम्ममा पर्यटकीय गतिविधिमा जोडेर कम्तिमा ५ हजार युवालाई प्रत्यक्ष स्वरोजगार बनाउनु मेरो मुख्य संकल्प हो ।’ उनले क्षेत्रमा पर्ने तालतलैया, पार्क, सिमसार क्षेत्र, धार्मिक मठमन्दिरलाई लुम्बिनीसँग जोडेर टूर प्याकेज बनाई पर्यटकीय गतिविधि बढाउने जनाए । पर्यटनबाट समृद्धि हासिल गर्न सम्भव छ भन्ने सन्देश क्षेत्र नम्बर पाँचले दिने उनले बताए ।
राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्