June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

Advertisement

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले भ्रष्टाचारमुक्त प्रशासन र समृद्ध समाज आफ्नो लक्ष्य भएको बताएका छन् ।

Advertisement

रुपन्देही–५ का मतदातासँग भएको चुनावी भेटघाटका क्रममा उनले क्षेत्रका आम सर्वसाधारण जनता प्रशासनिक निकायमा बिद्यमान रहेको चरम भ्रष्टाचारको परिपाटीबाट प्रताडित हुनु परेको बताए । ‘भ्रष्टाचारमुक्त प्रशासनिक सेवा अहिलेको पहिलो आवश्यकता हो’, उनले भने, ‘मेरो अहिलेको उम्मेदवारी भ्रष्टाचार बिरुद्धको संघर्षका लागि पनि हो ।’

नेपाली हुनुको प्रमाण नागरिकता लिनदेखि आफ्नो जग्गा जमिनको नापनक्सा र खरिद बिक्री, सवारीचालक अनुमतीपत्र लिन देखि शैक्षिक तथा प्रशासनिक क्षेत्रमा रोजगारीका लागिसम्म जताततै भ्रटाचार व्याप्त रहँदा सर्वसाधारण जनता मर्कामा परेको भनाई उनको छ ।

‘जताततै भ्रष्टाचार व्याप्त भएकै कारण न्युन आयस्तर भएका परिवारका सदस्यको काममा ढिलासुस्ती हुनेदेखि विभिन्न अवसरबाट बञ्चित हुनु परेको छ । रोजगारीमा सहज पहुँच हुन सकेको छैन’, खाँनले भने, ‘भ्रष्टाचार कर्मचारीतन्त्रमा मात्र सिमित नरहेर राजनीतिक बृत्तमा समेत व्याप्त हुँदा स्थानीय तह लगायतका जनप्रतिनिधिबाट समेत पनि जनताले अपेक्षा गरे अनुरुपको सेवा पाउन सकेका छैनन् ।’

क्षेत्रमा बैदेशिक रोजगारीमा जानेको संख्या धेरै रहेको र उनीहरुले पठाएको रेमिट्यान्स धेरै भित्रिने गरे पनि समाज समृद्ध बन्न नसकेको उनी बताउँछन् । गरिवी, अशिक्षा, बेरोजगारी, अन्धबिश्वास, जनचेतनाको कमी लगायतका कारणले समाज समृद्ध हुन नसकेको ठम्याई उनको छ । बुद्धको जन्मस्थल लुम्बिनी बिश्वभर प्रशिद्ध रहेर पनि लुम्बिनी क्षेत्रका अधिकांश जनताले सामना गर्नु परेको गरिवी र अभावको परिदृष्यले नेपाललाई लज्जित बनाएको महशुस आफूले गरेको उनले बताए ।

लुम्बिनीको माध्यमबाट यस क्षेत्रका जनतालाई समृद्धि बनाउने नारा जहिले पनि निर्बाचनका वेला ठूला राजनीतिक दल र नेताले गर्ने गरे पनि जनताको अवस्थामा कुनै सुधार आउन नसकेको उनको भनाई छ । ‘लुम्बिनीका जनताका लागि भनेर बिदेशी दातृ राष्ट्रले उपलब्ध गराउने सहयोग कता जान्छ ? केही जानकारी हुँदैन’, खाँनले भने, ‘भ्रष्टाचारमुक्त प्रशासन र समृद्ध समाज बनाउन स्थानीय बासिन्दालाई नै जागरुक बनाएर अगाडि बढाउने योजना मेरो छ ।’

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार