June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन

Advertisement

भैरहवा– विश्वकै आकर्षण गौतमबुद्ध जन्मस्थल लुम्बिनी अवस्थित रुपन्देही–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तौफिक अहमद खाँनले जनताको अपार समर्थनबाट आफू उत्साहित बनेको बताएका छन् । जनसमर्थन मिलेपछि हौंसिएका खाँनले रुपन्देही–५, मा आक्रामक रुपमा मतदाता भेटघाट गरिरहेका छन् । हरेक दिन मतदाता भेटघाट र प्रचार कार्यालय स्थापना गरिरहँदा अभियानका लागि विभिन्न क्षेत्रबाट नागरिकहरु स्व–स्फूर्त सहभागी भइरहेको उनले बताए ।

Advertisement

पब्लिक कुरासित कुराकानीमा क्रममा उनले सबेरैदेखि मध्यरातसम्म मतदाता भेटघाट अभियान सञ्चालन गरिरहेको बताए । ‘दिनमा १८ घण्टासम्म खटिरहेको छुँ,’ उनले भने, ‘नागरिकको मायाले हौंसला प्रदान गरिरहेको छ । जहाँ जान्छु, त्यहीँ आशिर्वाद मिलिरहेको छ ।’ नागरिकका कुरा सुनेर जवाफ दिने र उनीहरुको सुखदुःख बुझ्ने भएकाले समर्थन प्राप्त भइरहेको उनले बताए ।

रुपन्देहीकै बासिन्दा भएकाले लुम्बिनी र आसपासका समस्याबारे आफू जानकार रहेको उनले बताए । आफ्नो व्यावसायिक कामका क्रममा पनि यस क्षेत्रमा धेरै घुमफिर गरेकाले टोल–टोलसम्म समस्याबारे जानकारी लिन पाएको उनले बताए । ‘म सित सेल्फि खिच्न बालबालिका र युवाको भीड लाग्छ,’ उनले भने, ‘म पनि धैर्यसाथ उनीहरुका कुरा सुनेर फोटो खिच्ने गर्छु ।’

रुपन्देही–५ का युवा बेरोजगार रहेको र महिला पनि घरभित्र सिमित भएकाले उनीहरुको व्यक्तिृत्व बिकास हुन नसकेको उनले बताए । आफ्नो क्षेत्रको पर्यटकीय पूर्वाधार बिकासमा जोड दिएर युवालाई स्वरोजगार तुल्याउने र महिला सशक्तिकरणका लागि भूमिका खेल्ने बताए । ‘रुपन्देही ५ का मतदाताबीच कुनै प्रकारको विभाजन छैन,’ उनले भने, ‘सबैलाई समेटेर अघि बढिरहेको छुँ ।’

मतदातासित प्रत्यक्ष भेटघाट तिब्र बनाएका बेला पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले क्षेत्र भ्रमण गरेपछि आफ्नो पक्षमा माहोल बनेको उनले बताए । ‘अहिले रास्वपाको पक्षमा सबैतिर लहर नै छ,’ उनले भने, ‘झन सभापति र बरिष्ठ नेता आएपछि रास्वपामय माहोल भएको छ ।’ सभापति लामिछाने र बरिष्ठ नेता शाहले रुपन्देही–५ का विभिन्न स्थानमा पुगेर मतादातासित भेटघाट गरेका थिए । त्यस क्रममा क्षेत्रबासीलाई रास्वपाको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।

दूबै नेताले आफ्ना उम्मेदवारलाई परिचित गराउँदैं युवालाई अवसर दिन आह्वान गरेका थिए । एकसाता अघि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र डुलेका लामिछानेले सबैभन्दा धेरै समय लुम्बिनीमा बिताएका थिए । त्यसले पनि खाँनको पक्षमा माहोल सिर्जना गरेको थियो । लामिछाने शनिवार पनि लुम्बिनी हुँदैं काठमाण्डौं फर्किएका थिए । त्यसबेला पनि रुपन्देही–५ का मतदाता भेटेका थिए । भने, शनिवार शाहले गरेको ‘रोड सो’ले पनि आफ्नो पक्षमा माहोल तयार गरेको खाँनले बताए । यसको प्रमुख कारण आम क्षेत्रबासी परिवर्तनको पक्षमा रहेको उनको भनाई छ ।

रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार