June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

Advertisement

भैरहवा– रुपन्देही क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तौफिक अहमद खाँनले सभापति रबि लामिछानेको क्षेत्र भ्रमणपछि मतदाता उत्साहित बनेको बताएका छन् । सभापतिको भ्रमणपछि परिवर्तन पक्षधर मतदातामा नयाँ उर्जा थपिएको उनले बताए । रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र भ्रमण गर्ने क्रममा सभापति लामिछानेले सोमबार साँझ अबेरसम्म रुपन्देही–५ मा मतदातासित साक्षात्कार गरेका थिए ।

Advertisement

युवा उम्मेदवार खाँन लामिछानेलाई ‘रिसिभ’ गर्न रुपन्देही–४, अन्तर्गत मर्चवारसम्मै आएका थिए । उनी लामिछानेसँगैं मर्चवारका विभिन्न क्षेत्र घुम्दैं साँझ आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए । सोमबार दिउँसो मर्चवारी माईमा पूजाआजा गरेर सभापति लामिछाने त्यस क्षेत्रका उम्मेदवार कन्हैया बनियाँ, समानुपातिक उम्मेदवारद्वय पुनमकुमारी अग्रवाल र ज्ञानु पौडेलसँगै लुम्बिनी पुगेका थिए ।

लुम्बिनीमा रास्वपा समर्थकले लामिछानेको भव्य स्वागत गरेका थिए । चोक चोकमा भेला भएका कार्यकर्ताले फूल मालाले स्वागत गर्दै ‘अब कि बार, बालेन सरकार’ नारा लगाएका थिए । ‘सभापतिको भ्रमणपछि निर्वाचन क्षेत्रको माहोल परिवर्तन भएको छ,’ उनले भने, ‘राति अबेरसम्म मतादाताले सभापतिसित भेटघाट गर्नुभएको थियो । परिवर्तनलाई साथ दिन्छौं र यसपटक रास्वपा रोज्छौं भन्नु भएको थियो ।’ सभापति लामिछानेको स्वागतमा अन्य क्षेत्र भन्दा मर्चवार र लुम्बिनीमा धेरै समर्थक भेला भएका थिए । त्यसले पनि ग्रामीण क्षेत्रको चुनावी माहोल बढाएको छ ।

‘अहिले मतदाताले परिवर्तन खोजेका छन्,’ खाँनले भने, ‘त्यसमा पनि युवा उम्मेदवारबाट धेरै अपेक्षा गरेका छन् ।’ रुपन्देही–५ मा नयाँ दलप्रति आकर्षण रहेको उनले बताए । निर्वाचनको माहोल बनिरहेका बेला सभापति लामिछाने क्षेत्रमा आएपछि रास्वपा समर्थक मात्र नभएर अन्य मतदाता पनि खुसी भएको उनले बताए । ‘सभापतिको स्वागतमा उर्लिएको भीडबाट नै जनता परिवर्तनको पक्षमा रहेको प्रष्ट हुन्छ,’ उनले भने, ‘रुपन्देही–५ मा परिवर्तनको नेतृत्व मैले गरिरहेको छु ।’

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार