महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५, का उम्मेदवार तौफिक अहमद खाँनले महिला सशक्तिकरणलाई प्राथमिकता दिने बताएका छन् । कसरी यस क्षेत्रका महिलाको क्षमता बिकास गर्न सकिन्छ भन्ने बारेमा आफूले योजना तयार गरिरहेको जानकारी दिए ।
रुपन्देही–५, का अधिकांश महिला अहिले पनि घर भित्र सिमित रहेको उनको भनाई छ । घरायसी काममा सिमित महिलालाई परम्परागत र आधुनिक सीपसित जोडेर उनीहरुको क्षमता बृद्धि गरिने उनले बताए । परम्परादेखि ग्रामीण क्षेत्रमा तयार गरिने ढकिया, दरमा, स्वीटर र माटाका सामाग्री बनाउन सीपमूलक तालिम मार्फत महिलालाई स्वरोजगार तुल्याइने उनले बताए ।
यस क्षेत्रका महिलाले तयार गरेका हस्तकलाका समाग्रीलाई चिनो पसल मार्फत् पर्यटकलाई बिक्री गरेर आयआर्जनमा सघाउने उनले बताए । स्थानीय उत्पादनको बजारीकरणमा जोड दिने उनले जनाए । लुम्बिनी र आसपासका पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई त्यस्ता समाग्री अनिवार्य खरिद गर्ने वातावरण बनाउने उनले बताए । यस बाहेक महिलाका लागि पनि गाइड तालिम आयोजना गरिने खाँनले सुनाए ।
‘अर्कोतर्फ महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामाग्री अनलाइन पोर्टलमा राखेर बजार प्रवद्र्धन गरिनेछ,’ खाँनले भने, ‘अनलाइन मार्फत् विश्वव्यापी रुपमा बजारीकरण गरेपछि यहाँका महिलालाई ठूलो लाभ मिल्ने विश्वास लिएको छुँ ।’ यस बाहेक महिलालाई सामाजिक रुपमा अगाडि बढाउन नेतृत्व विकास लगायत तालिम, राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसर प्रदान गर्न भूमिका खेल्ने उनले जनाए ।
क्षेत्रका विभिन्न ठाउँमा छलफल तथा घरदैलो गर्दै रास्वपा उम्मेदवार खाँनले महिला सशक्तिकरणले मात्रै समृद्ध मुलुकको सपना साकार पार्न सकिने स्पष्ट पारे । ‘हाम्रा आमाहरु, दिदीबहिनीहरु सक्षम भएमा मात्रै हामी विकसित समाजको कल्पना गर्न सक्छौं’, उनले भने, ‘यसका लागि अवसरहरु सिर्जना गर्नुपर्छ, उहाँहरुलाई आत्मनिर्भर बनाउनुपर्छ । अन्ततः यसले हामीलाई पनि फाइदा गर्छ । समृद बनाउँछ ।’ रास्वपाले महिलाहरुको हकअधिकार र सशक्तिकरणमा योजनाबद्ध काम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने उनको प्रतिबद्धता छ ।
किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन
लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन
जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन
रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन
रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी
सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन
पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक
राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्