June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

उपनिर्वाचनः पूरानालाई नयाँ दलको चुनौती, केन्द्रीय नेताहरूको दौडधुप

Advertisement

भैरहवा– रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि दलहरुमा दौडधुप बढेको छ । साना–ठूला सबै राजनीतिक दलहरुले तयारी स्वरुप गतिविधिलाई तिव्र पारेका छन् । उपनिर्र्वाचन मिति घोषणा पछि कांग्रेस, एमाले, रास्वपा, राप्रपा, संयुक्त लोकतान्त्रिक मोर्चाले सभा सम्मेलन तथा मतदाता भेटघाट सहितका गतिविधिलाई बढवा दिएका हुन् । यसले क्षेत्रमा चुनावी माहोल बढाइरहेको छ ।

Advertisement

२०७९ को आमिनर्वाचनमा निर्वाचित राप्रपाका दीपक बोहराको निधनपछि क्षेत्रमा आगामी कार्तिक १७ मा उपनिर्वाचन हुँदैछ । खासगरी कस्ता उम्मेदवार जनतामाझ लिएर जाने भन्नेमा दलहरु बढी केन्द्रित छन् । यससँगै पार्टी भेला गरिरहेका छन् । सबै दलले आफ्ना भ्रातृ संगठनहरुलाई समेत सक्रिय गराएका छन् । काँग्रेस, एमाले, रास्वपा, राप्रपा लगायतका मुख्य दलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा छन् । पुराना राजनीतिक दलका लागि चुनौती बनिरहेको रास्वपाले समेत यस निर्वाचनलाई मिनी जनमत संग्रहका रुपमा हेर्न थालेको छ ।

ठूला दल र गत निर्वाचन जितेको राप्रपाले प्रतिष्ठा बनाउँदै आएका छन् । केही स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार नै सुरु गरिसकेका छन् । गत हप्ता राप्रपाको भैरहवामा आयोजित क्षेत्रीय भेलामा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले उपनिर्वाचन नमत संग्रह नै भएको जनाएका थिए । ‘राजनीतिक दल र जनताको परीक्षण हुँदैछ’, उनले भनेका थिए, ‘जनताले परिवर्तकारीलाई छनोट गर्छन् की परवर्तन विरोधीलाई । सरकारले कस्तो काम गर्यो र प्रतिपक्षले कस्तो भूमिका खेले भन्ने पनि उपनिर्वाचनमा परीक्षण हुन्छ ।’

निर्वाचनलाई लिएर सहरका मुख्य बजारमा चुनावी चर्चा र अड्कलबाजी भइरहेका छन् । उपनिर्वाचनमा कांग्रेस, एमाले, रास्वपा जस्ता दलले गठबन्धन बनाउन सक्ने अवस्था कम छ । यद्यपी सत्ताघटन काँग्रेस–एमाले बीच यो सम्भावना कायमै छ । तर राप्रपा र रास्वपासँग न्युन छ । यस्तो अवस्थामा मधेशीवादी दलको समेत प्रभाव राम्रो देखिन्छ । यसअघि एमालेसँगको गठबन्धनमा राप्रपाका दीपक बोहोराले चुनाव जितेका थिए । उनको निधनपछि नै यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । राप्रपा एमालेसँगको गठबन्धनमा जितेको विरासत जोगाउने प्रयासमा छ ।

तर, यस पटक राप्रपासँग मुख्य दल गठबन्धनमा जोडिने सम्भावना न्यून छ । मधेशवादी दलहरूबाट नागरिक उन्मुक्ति, जनमत, लोसपा, जसपाको प्रभाव रहे पनि जनमतले छुट्टै उम्मेदवारी दिने तयारीमा देखिएको । आन्तरिक विवादले नागरिक उन्मुक्तिको निर्वाचन आयोगमा पार्टी दर्ता भएको छैन । रास्वपाकाले आफ्नो अधिकांश कार्यक्रम क्षेत्रमा केन्द्रित गरेको छ । राप्रपा र मधेशी मोर्चाले क्षेत्रमा क्षेत्रीय भेला गरिसकेका छन् । अधिकांश दलले आगामी २०८४ को आम निर्वाचनमा प्रभाव पार्ने उपनिर्वाचन भएकाले पपुलर उम्मेदवारको खोजी गरिरहेका छन् ।

अघिल्लो हप्ता पत्रकारहरुसँग कुराकानी गर्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले भनेका थिए, ‘हामी उपयुक्त उम्मेदवारको खोजीमा छौं । जसले यहाँका नागरिकको भावना बुझ्न सकोस्, राष्ट्रिय रुपमै लिड गर्न सकोस् ।’ उनले रास्वपाले केही स्वतन्त्र समूहहरुलाई भित्र्याउने तयारी गरिरहेको र स्वतन्त्र उम्मेदवराी घोषणा गरेकाहरुसँग पनि छलफल गरिरहेको बताए । ‘यसको अर्थ हामी परिवर्तन, मुलुकको विकास र जनभावना अनुसार काम गर्नेहरु एकठाउँ हुनुपर्छ भन्ने नै हो’, उनले भने, ‘यसका लागि हामी विभिन्न समूहसँग छलफलमा छौं ।’

यतिबेला उपनिर्वाचन केन्द्रित रहेर सबैजसो दलले क्षेत्रीय भेला, पार्टी प्रवेश, मतदाता भेटघाटलाई तिव्रता पारेका छन् । यस्तै, केही दलले मल अभावलाई एजेण्डा बनाएर धर्ना तथा विरोधका कार्यक्रम र ज्ञापन पत्र बुझाउने काम गरिरहेका छन् । घरघर र संघसंस्थाका आन्तरिक छलफलमा पनि उपनिर्वाचनको चर्चा हुने गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणको भुटानी हरणार्थीको मुद्दा टुंगिए उनलाई नै नभए पूर्वजिल्ला सभापति रामचन्द्र ढकाललाई उमेदवार बनाउने तयारी गरेको छ ।

यस्तै, एमालेबाट खिमलाल भट्टराई अहिलेसम्मका बलियो दावेदार छन् । यद्यपि एमालेबाट भट्टराईसँगै सिद्धार्थनगरका पूर्वमेयर हरिप्रसाद अधिकारी, शशि पौडेल र यज्ञजित शाहको नाम चर्चामा छ । रास्वपाले नौं जनाको प्रारम्भिक नाम सार्वजनिक गरेर उनीहरुबाटै एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । रास्वपाको प्रारम्भिक सूचिमा केन्द्रीय सदस्य कुशुम महर्जन, रुपन्देही क्षेत्र नं. ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य तथा २०७९ मा सोही क्षेत्रका उम्मेदार जितबहादुर गुप्ता (शेखर), पार्टी जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्री, पार्टी सिद्धार्थनगर सचिव तथा भैरहवाकै महिला उद्यमी पुनमकुमारी अग्रवाल, भैरहवाका डा. लेखजंग थापा, भैरहवाकी ज्ञानु पौडेल, बुटवल सेमलारका शुलभ खरेल, भैरहवाकै पार्थिवेन्द्र उपाध्यायले आवेदन दिएका छन् । रास्वपाले अहिले अन्तिम उम्मेदवार छनोटका लागि नौं जनासँग विभिन्न चरणमा छलफल चलाइरहेको छ ।

यस्तै, मधेशवादी दलहरूले पनि यस क्षेत्रमा साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध ४ दलले गठबन्धन बनाउने प्रयासमा छन् । काठामाडौंका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरी, भैरहवाका युवा अजयकुमार गुप्ता, बुटवलका लेखनाथ गैरे स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । सोहीअनुसार मतदाता भेटघाटलाई उनीहरुले अगाडि बढाएका छन् । राप्रपाका दीपक बोहराको निधनपछि निर्वाचन क्षेत्र गुमाएको उसले पुनः त्यसलाई फिर्ता ल्याउने रणनीति अनुसार उम्मेदवार जिल्लाबाट केन्द्रमा सिफारिस गरेको छ । राप्रपाबाट केन्द्रमा ६ जनाको नाम सिफारिस भए पनि बोहराका छोरा प्रज्वल बोहरा बलिया दावेदार छन् । उनले क्षेत्रमा लामो समयदेखि काम गरेकाले उनको सम्भावना रहेको पार्टीका स्थानीय नेताहरु बताउँछन् ।

स्वतन्त्र उम्मेदवारहरुले अहिले धमाधम क्षेत्रका समस्या उठान गर्दै मतदाता भेटिरहेका छन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका भैरहवाका युवा अजयकुमार गुप्ताले आफूले विभिन्न समूह र स्थानीय बासिन्दासँग भलाकुसारी गरिरहेको जनाए । ‘यहाँको समस्या भनेकै मल अभाव, गौतमबुद्ध विमानस्थल संचालन, शिक्षा, स्वास्थ्य हो’, उनले भने, ‘नाका व्यवस्थापन, सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पनि नेताहरुमा हुनुपर्छ । सोहीअनुसार मतदाताहरुसँग कुरागरिरहेको छु ।’

रुपन्देही–३ मा १ लाख ३९ हजार ७ सय ६४ मतदाता छन् । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरसम्म क्षेत्र फैलिएको छ । स्थानीय तहको परिणाम अनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । त्यसपछि एमाले बलियो छ । तर, त्यो जनमत हाल केही फेरिएको छ । जसले गर्दा यसपटक नयाँ दल रास्वपा र स्वतन्त्र उम्मेदवारले ठूला पार्टीलाई टक्कर दिने देखिन्छ । राप्रपा पनि बलियो दावेदार देखिन्छ । अहिले एमाले, काँग्रेससहित केही स्वतन्त्र अगुवाहरु रास्वपाको प्रचार गरिरहेका छन् । उपनिर्वाचन नजिकिँदै जाँदा दलहरुमा पार्टी परित्याग र प्रवेश गराउनेको समेत लर्को लाग्न थालेको छ ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राप्रपाका केन्द्रीय अध्यक्षसहितका नेताहरु, एमालेका केन्द्रीय नेताहरु, रास्पाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालसहितका नेताहरु, मधेशी मोर्चका शीर्ष नेताहरु क्षेत्रमा आएर मतदाता र पार्टी कार्यकर्ता भेट्ने काम गरिसकेका छन् । यसले पनि क्षेत्रमा नेताहरुको दौडधुप बढेको देखाउँछ भने दलहरुले उपनिर्वाचनलाई विशेष महत्व दिएको प्रष्ट हुन्छ ।

सुनामी गतिमा प्रज्वल बोहरा, चुनावी माहोल बनाउँदै

शक्तिकेन्द्रले जानीजानी गौतमबुद्ध विमानस्थल संचालनमा रोकेका छन्ः सन्तोष गिरी

रूपन्देही–३ उपनिर्वाचनः वस्तुस्थिति बुझ्न काँग्रेस महामन्त्री शर्मा फिल्डमा

रुपन्देही–३ को उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

रूपन्देही-३ उपनिर्वाचन: एमालेमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई

राजनीति र उद्यममा अब्बल पुनम, उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकांक्षी

रूपन्देही–३ को उपनिर्वाचन ‘मिनी जनमत संग्रह’ होः अध्यक्ष लिङ्देन

रूपन्देही–३ उपनिर्वाचनः एमालेबाट चारजना आकांक्षी

यी हुन् रास्वपा रूपन्देही–३ को उपनिर्वाचनका लागि आकांक्षी

रूपन्देही–३ उपनिर्वाचनः मतदातामा प्रभाव र दलहरूमा दवाव बढाउँदै सन्तोष गिरी

भैरहवा निबासी रास्वपा नेतृ महर्जनको उपनिर्वाचनमा उम्मेदवार बन्ने आकंक्षा

रुपन्देही-३ को उपनिर्वाचनका लागि साउन २१ बाट दल दर्ता

रूपन्देही–३ उपनिर्वाचनः एमालेमा भदौ १५ भित्र एक महिलासहित ३ जनाको नाम पठाउन निर्देशन

कस्तो छ रूपन्देही–३ को उपनिर्वाचन कार्यतालिका ?

रूपन्देही–३ को उपनिर्वाचनका लागि राप्रपाबाट ६ जनाको नाम सिफारिस

रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा

रूपन्देही–३ उपनिर्वाचनः राप्रपाले थाल्यो उम्मेदवार चयन प्रक्रिया

रूपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन, कस्तो छ विगतको इतिहास ?

रूपन्देही–३ मा उपचुनावको चर्चा, कुन पार्टीमा कस्ता दाबेदार ?