June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही–३ उपनिर्वाचनः राप्रपाले थाल्यो उम्मेदवार चयन प्रक्रिया

Advertisement

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार तय गर्न तयारी थालेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देही ३ को उपनिर्वाचनका सन्दर्भमा रुपन्देही सम्बद्ध पार्टीका अगुवाहरूसँग छलफल थालेको बुधवार राती फेसबुकमा पोष्ट गर्दै जानकारी दिएका थिए । बिहीबार मात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पनि छलफल हुने जनाइएको छ ।

Advertisement

बुधबार अध्यक्ष लिङ्देनसँग राप्रपा केन्द्रीय सल्लाहकारसमेत रहेका नेता निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, नेता ताहिर अली, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. नेता दीपक बोहोराकी नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापासहितका नेताहरू सहभागी थिए । काठमाडौंमा उनीहरुबीच भेटघाट भएको हो ।

प्रतिनिधि सभामा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट ०७९ को निर्वाचनमा निर्वाचित राप्रपाका वरिष्ठ नेता बोहराको मृत्युपछि कार्तिक १७ गते यहाँ उपनिर्वाचन तय भएको छ । नेकपा एमालेको समर्थनमा २०७९ मा निर्वाचन जितेको राप्रपाको तुलनात्मक हिसाबले यो क्षेत्र बलियो भए पनि त्यो समयमा आएको समानुपातिक मतले चौथो स्थानमा थियो । पहिलोमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा रास्वपा छन् ।

बोहराको निधनपछि रिक्त रहेको क्षेत्र फिर्ता ल्याउने रणनीतिसहित राप्रपाले बोहोराका दुई छोराहरू प्रज्वल र गौरव तथा नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापामध्येलाई अगाडि सार्ने तयारी गरेका बताइन्छ ।

रूपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन, कस्तो छ विगतको इतिहास ?

रूपन्देही–३ मा उपचुनावको चर्चा, कुन पार्टीमा कस्ता दाबेदार ?