June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही–३ उपनिर्वाचनः एमालेबाट चारजना आकांक्षी

Advertisement

भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेकपा एमालेबाट ४ जनाले उम्ेमदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार बसेको नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी बैठकमा रुपन्देहीका चार नेताले आकांक्षा देखाएका हुन् ।

Advertisement

भैरहवामा सम्पन्न एमालेको उक्त बैठकमा पार्टी पोलिब्यूरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिका पूर्वनगर प्रमुख तथा प्रदेश सदस्य हरिप्रसाद अधिकारी, स्थानीय यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आंकाक्षा व्यक्त गरेको एमाले नेताहरुले जनाएका छन् ।

शाह एमालेका केन्द्रीय विभागका सदस्य हुन् । उनी पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पनि हुन् । एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरुले उम्मेदवार बन्न अझै आकांक्षा देखाएका छैनन् । एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको छ ।

उपनिर्वाचनका लागि एमाले केन्द्रले भदौ १५ गते भित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउनसयमसिमा तोकिदिएको छ । पार्टी केन्द्रीय कमिटी बैठकले एक महिला सदस्यसहितको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुई जना पुरुष र एक जना महिलाको नाम पठाइने पार्ट जिल्ला अध्यक्ष यज्ञ गैरेले बताए ।

२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहरालाई सघाएको थियो । २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित बोहराको २०८१ चैत १९ गते निधन पछि उक्त पद रिक्त ।