रूपन्देही–५ को समृद्धिका लागि तौफिकले बोकेका संकल्प


लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले क्षेत्रगत विकासका लागि महत्वपूर्ण योजना अघि सारेका छन् । स्थानीयहरुका अनुसार यदि ती योजना पूरा हुने हो भने रुपन्देही–५ को कायपलट नै हुन्छ ।
‘मेरो उम्मेदवारी व्यक्तिको लागि मात्र नभई यस क्षेत्रको सर्वाङ्गीण विकास, सुशासन र नागरिकको जीवनस्तर सुधारका लागि हो’, खाँनले भने, ‘यसैले म निर्वाचित भएँ भने आफ्नो कार्यकालमा गर्न सकिने योजना मात्रै समावेस गरेको छु । ती योजना आधा मात्रै कार्यान्वयन हुने हो भने क्षेत्रको मुहार फेरिन्छ । यहाँ हामीले गरेका कामको देशभरी नै सिको हुनेछ ।’
यस्ता छन् तौफिकका संकल्प
१. शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन
सरकारी विद्यालयको गुणस्तर सुधार गरी ‘स्मार्ट क्लास’ र प्रविधिको प्रयोग सुनिश्चित गर्ने ।
हरेक वडामा आधारभूत स्वास्थ्य सेवा र निःशुल्क औषधि वितरणको व्यवस्था मिलाउने ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने ।
२. पूर्वाधार र यातायात
अधुरा सडक परियोजनाहरू समयमै सम्पन्न गर्ने र मुख्य सडकहरूमा नाला तथा फुटपाथको उचित व्यवस्था गर्ने ।
हरेक टोलमा स्वच्छ खानेपानीको पहुँच र ढल निकासको व्यवस्था गर्ने ।
सार्वजनिक स्थलहरूमा सौर्य बत्ती जडान गर्ने ।
३. कृषि तथा रोजगारी
स्थानीय उत्पादनलाई बढावा दिन ‘एक वडा, एक उत्पादन’ कार्यक्रम ल्याउने ।
किसानहरूलाई सहुलियत दरमा मल, बीउ र आधुनिक औजारको व्यवस्था गर्ने ।
युवाहरूका लागि सीपमूलक तालिम सञ्चालन गरी स्थानीय तहमा नै रोजगारी सिर्जना गर्ने ।
४. सुशासन र भ्रष्टाचार नियन्त्रण
वडा र पालिकाको सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने ।
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र पारदर्शिता सुनिश्चित गर्ने ।
जनताको गुनासो सुन्न नियमित ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गर्ने ।
५. वातावरण र सामाजिक सुरक्षा
फोहोरमैला व्यवस्थापनका लागि वैज्ञानिक प्रणाली लागू गर्ने र सार्वजनिक पार्कहरू निर्माण गर्ने ।
महिला, बालबालिका तथा पिछडिएका वर्गका लागि विशेष सशक्तिकरण कार्यक्रमहरू ल्याउने ।
स्थानीय संस्कृति, भाषा र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्ने ।
‘मेरो प्रतिबद्धताः भ्रष्टाचारमुक्त प्रशासन र समृद्ध समाज’, उनले संकल्पमा भनेका छन् ।
कृषि रूपान्तरण
१. सिँचाइमा क्रान्तिः ‘खेत–खेतमा पानी, किसानको ओठमा मुस्कान’
नदी डाइभर्सन र लिफ्ट सिँचाइः दानव र कञ्चन नदीको पानीलाई हिउँदमा पनि उपयोग गर्न साना तथा मझौला लिफ्ट सिँचाइ आयोजनाहरू सञ्चालन गरिनेछ ।
बोरिङ क्लस्टरः गजेडी, रुद्रपुर र गैडहवाका सुख्खा क्षेत्रहरूमा ५० वटा ठूला ‘डिप ट्युबवेल’ जडान गरी सामूहिक सिँचाइ प्रणाली विकास गरिनेछ ।
बिजुलीमा अनुदानः सिँचाइका लागि प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म अनुदान दिई किसानको लागत घटाइनेछ ।
२. एक वडा, एक विशिष्ट उत्पादन
तरकारी पकेटः कञ्चन र गैडहवा क्षेत्रलाई अर्गानिक तरकारी उत्पादनको ‘हब’ बनाइनेछ ।
माछा पालनः गैडहवा ताल वरपरका क्षेत्रमा आधुनिक माछा पालन र प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
खाद्यान्न भण्डारः लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई धान र गहुँको बिउ उत्पादन केन्द्रको रूपमा विकास गरिनेछ ।
३. ‘किसान कार्ड’ र सहुलियत वितरण
प्रत्येक किसानको डिजिटल प्रोफाइल बनाइ ’स्मार्ट किसान कार्ड’ वितरण गरिनेछ ।
यही कार्डका आधारमा रासायनिक मल, उन्नत बीउ र कृषि औजारहरूमा प्रत्यक्ष अनुदान किसानको खातामा पठाइनेछ ।
बिचौलिया रोक्न र वास्तविक किसानले मात्र सुविधा पाउने सुनिश्चित गरिनेछ ।
४. शीतभण्डार र कृषि बजार
क्षेत्रीय संकलन केन्द्रः लुम्बिनी र रुद्रपुरमा कम्तीमा ५,००० मेट्रिक टन क्षमताको आधुनिक शीतभण्डार निर्माण गरिनेछ ।
डिजिटल मण्डीः किसानले आफ्नो उत्पादनको मूल्य मोबाइलबाटै थाहा पाउने गरी ‘कृषि बजार एप’ सञ्चालन गरिनेछ ।
बजार सुनिश्चितताः उत्पादित वस्तु बिक्री नभएमा पालिकाले न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने ग्यारेन्टी गरिनेछ ।
५. कृषि यान्त्रिकीकरण र प्राविधिक सेवा
कस्टम हायरिङ सेन्टरः प्रत्येक वडामा ट्रयाक्टर, हार्भेस्टर र ड्रोन (विषादी छर्कन) उपलब्ध हुने गरी मेसिनरी बैंक स्थापना गरिनेछ । किसानले सस्तो भाडामा यी उपकरण प्रयोग गर्न पाउनेछन् ।
माटो परीक्षण ल्याबः क्षेत्र नं. ५ भित्रै एक आधुनिक घुम्ती माटो परीक्षण प्रयोगशाला सञ्चालन गरी माटोको गुणस्तर अनुसार मल प्रयोग गर्न सिकाइनेछ ।
प्राविधिक जनशक्तिः प्रत्येक वडामा १ जना कृषि प्राविधिकको स्थायी व्यवस्था गरी किसानको खेतमै परामर्श सेवा पुर्याइनेछ ।
६. पशुपालन र दुग्ध उत्पादन
नश्ल सुधारः भैंसी र गाईको नश्ल सुधारका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम ।
डेयरी उद्योगः लुम्बिनी क्षेत्रमा ठूलो दुग्ध प्रशोधन केन्द्र स्थापना गरी धुलो दूध र पनिर उत्पादन गरी निर्यात गरिनेछ ।
घाँस खेतीः सार्वजनिक बाँझो जग्गामा व्यावसायिक घाँस खेती प्रवद्र्धन गरिनेछ ।
७. कृषि पर्यटन
गजेडी र कञ्चन क्षेत्रमा कृषि फार्म स्टेलाई प्रोत्साहन गरिनेछ, जहाँ पर्यटकहरू आएर कृषि कार्यमा रमाउन सकून् । यसले किसानको आम्दानीमा दोहोरो फाइदा पुर्याइनेछ ।
८. बिमा र राहत कोष
बाली तथा पशु बिमाः बिमा प्रिमियममा ७५ प्रतिशत सरकारी अनुदान र बाँकी २५ प्रतिशत स्थानीय तहले बेहोर्ने गरी ‘निःशुल्क कृषि बिमा’ लागू गरिनेछ ।
आपतकालीन राहत कोषः बाढी, डुबान वा असिनाबारीबाट हुने क्षतिमा तत्काल राहत दिन ५ करोडको ‘किसान राहत कोष’ खडा गरिनेछ ।
‘मेरो संकल्पः ५ वर्षभित्र रुपन्देही ५ लाई लुम्बिनी प्रदेशकै नमुना कृषि क्षेत्र बनाउने र यहाँका युवाहरूलाई खाडी मुलुक जानबाट रोकी आफ्नै माटोमा सुन फलाउने वातावरण सिर्जना गर्नेछु’, उनले भने ।
स्वास्थ्य क्षेत्रको रूपान्तरणः ‘स्वस्थ क्षेत्र नं. ५, खुसी नागरिक’
रुपन्देही ५ का नागरिकहरू सामान्य उपचारका लागि पनि बुटवल वा भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा सुनिश्चित गर्न निम्न योजनाहरू लागू गरिनेछः
१. निर्वाचन क्षेत्र स्तरीय ’मल्टी–स्पेशालिटी’ सरकारी अस्पताल
५० शय्याको सुविधासम्पन्न अस्पतालः क्षेत्र नं. ५ को मध्यभाग (रुद्रपुर वा गजेडी क्षेत्र) मा एउटा सुविधासम्पन्न सरकारी अस्पताल स्थापना गरिनेछ ।
विशेषज्ञ सेवाः यस अस्पतालमा प्रसूति, बालरोग, र हाडजोर्नी, विशेषज्ञ सेवा २४सै घण्टा उपलब्ध हुनेछ ।
इमर्जेन्सी र ट्रमा सेन्टरः हुलाकी राजमार्ग र अन्य व्यस्त सडकमा हुने दुर्घटनालाई लक्षित गरी आधुनिक ट्रमा सेन्टर र आकस्मिक कक्षको व्यवस्था गरिनेछ।
२. वडा तहमा ‘डिजिटल हेल्थ क्लिनिक’
स्मार्ट स्वास्थ्य चौकीः प्रत्येक वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी ’डिजिटल क्लिनिक’ बनाइनेछ ।
टेलिमेडिसिन सेवाः गाउँका स्वास्थ्य चौकीबाटै शहरका विशेषज्ञ डाक्टरसँग भिडियो परामर्श लिन सकिने गरी टेलिमेडिसिन प्रणाली जडान गरिनेछ।
निःशुल्क औषधिः सरकारले तोकेका ९८ प्रकारका आधारभूत औषधिहरू कुनै पनि समयमा अभाव हुन नदिने गरी ‘अटोमेटेड स्टक सिस्टम’ लागू गरिनेछ।
३. आमा र बच्चाको सुरक्षाः ‘सुरक्षित मातृत्व कार्यक्रम’
एयर एम्बुलेन्स र निःशुल्क एम्बुलेन्सः जटिल अवस्थाका सुत्केरी महिलालाई तत्काल अस्पताल पुर्याउन एम्बुलेन्स सेवा निःशुल्क गरिनेछ ।
सुत्केरी पोषण भत्ताः सरकारी अस्पतालमा बच्चा जन्माउने आमाहरूका लागि थप ’पोषण भत्ता’ को व्यवस्था गरिनेछ ।
शिशु खोप र पोषणः प्रत्येक वडामा शिशुहरूको नियमित स्वास्थ्य जाँच र पोषण पुनस्र्थापना केन्द्र स्थापना गरिनेछ ।
४. ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि‘घरदैलो सेवा’
स्वास्थ्य जाँचः ७० वर्ष माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक महिना घरमै गएर डाक्टरले स्वास्थ्य जाँच गर्ने र औषधि दिने व्यवस्था मिलाइनेछ।
विशेषज्ञ घुम्ती शिविरः प्रत्येक ६ महिनामा विशेषज्ञ डाक्टरहरूको टोलीसहित हरेक पालिकामा वृहत् स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
५. मिर्गौला र क्यान्सर रोगीका लागि विशेष प्याकेज
स्थानीय डायलासिस सेन्टरः मिर्गौला रोगीहरूले हप्तामा दुई पटक भैरहवा धाउनुपर्ने बाध्यता हटाउन यसै क्षेत्रको अस्पतालमा कम्तीमा १० वटा मेसिनसहितको ‘डायलासिस सेन्टर’ स्थापना गरिनेछ।
क्यान्सर स्क्रिनिङः महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ क्याम्प वर्षमा दुई पटक आयोजना गरिनेछ।
६. स्वास्थ्य बिमामा १०० प्रतिशत पहुँच
बिमा प्रिमियममा अनुदानः अति विपन्न, दलित र पिछडिएका परिवारको स्वास्थ्य बिमा शुल्क (प्रिमियम) स्थानीय तहको समन्वयमा शतप्रतिशत अनुदान दिइनेछ।
प्रभावकारी कार्यान्वयनः स्वास्थ्य बिमा बापत पाउने सेवा र औषधि अस्पतालहरूमा झन्झटरहित तरिकाले पाउने सुनिश्चित गरिनेछ।
७. डायग्नोस्टिक सेन्टर र ल्याब
आधुनिक प्रयोगशालाः रगत, दिसा–पिसाब जाँचका लागि काठमाडौँ वा बुटवल रिपोर्ट पर्खनुपर्ने अवस्था अन्त्य गरिनेछ। यस क्षेत्रमा एउटा ’सेन्ट्रल डायग्नोस्टिक ल्याब’ स्थापना गरी डिजिटल रिपोर्ट मोबाइलमै पाउने व्यवस्था गरिनेछ।
निशुल्क भिडियो एक्स–रेः ग्रामीण क्षेत्रका महिलाहरूका लागि घुम्ती भिडियो एक्स–रेसेवा सञ्चालन गरिनेछ।
८. कुलत मुक्त समाज र मानसिक स्वास्थ्य
पुनःस्थापना केन्द्रः लागुऔषधको कुलतमा फसेका युवाहरूलाई सुधार्न एक आधुनिक ‘पुनःस्थापना तथा परामर्श केन्द्र’ स्थापना गरिनेछ।
मानसिक परामर्शः विद्यालय र वडा स्तरमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्शदाता नियुक्त गरिनेछ ।
मेरो प्रतिबद्धताः स्वास्थ्य सेवा व्यापार होइन, नागरिकको अधिकार हो। रुपन्देही ५ का हरेक नागरिकले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य गर्ने मेरो संकल्प छ ।
‘क्षेत्र नं. ५ का सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निजी विद्यालय सरह बनाउने र प्राविधिक शिक्षालाई गाउँ–गाउँमा पुर्याउने मेरो मुख्य लक्ष्य रहनेछ’, उनले भने, ‘यसका लागि निम्न बुँदाहरू कार्यान्वयन गरिनेछ ।’ः
१. सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार
नमुना विद्यालय विकासः यस क्षेत्रका हरेक पालिकामा कम्तीमा ५ वटा सामुदायिक विद्यालयलाई ’नमुना विद्यालय’को रूपमा विकास गरी सुविधासम्पन्न भवन र प्रयोगशालाको व्यवस्था गरिनेछ।
रङ्गरोगन र सरसफाईः सबै सरकारी विद्यालयलाई आकर्षक र बालमैत्री बनाउन ’विद्यालय सुदृढीकरण अभियान’ सञ्चालन गरिनेछ।
शौचालय र खानेपानीः प्रत्येक विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै आधुनिक शौचालय र शुद्ध पिउने पानीको व्यवस्था अनिवार्य गरिनेछ।
२. डिजिटल शिक्षा र ‘स्मार्ट क्लासरुम’
इन्टरनेट र ल्याबः ५ वर्षभित्र क्षेत्रका सबै माध्यमिक विद्यालयमा उच्च गतिको इन्टरनेट र आधुनिक ‘कम्प्युटर ल्याब’ स्थापना गरिनेछ।
ई–लर्निङः कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि अडियो–भिजुअल (स्मार्ट बोर्ड) मार्फत पढाउने व्यवस्था मिलाइनेछ।
शिक्षक तालिमः शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन नियमित रूपमा ‘आधुनिक शिक्षण पद्धति’ सम्बन्धी तालिम प्रदान गरिनेछ।
३. प्राविधिक र व्यावसायिक शिक्षा
बहुप्राविधिक शिक्षालयः यस क्षेत्रका युवाहरूलाई सीप सिकाउन एक सुविधायुक्त प्राविधिक शिक्षालय स्थापना गरिनेछ, जहाँ कृषि, सिभिल इन्जिनियरिङ, र सूचना प्रविधिको पढाइ हुनेछ।
सर्टिफिकेटसँगै सीपः कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कम्तीमा एउटा सीपमूलक विषय (जस्तैः मोबाइल मर्मत, प्लम्बिङ, इलेक्ट्रिसियन, वा सिलाई–कटाई) अनिवार्य सिकाइनेछ।
४. उच्च शिक्षा र छात्रवृत्ति कोष
सांसद छात्रवृत्ति कोषः आर्थिक रूपले विपन्न, दलित, मुस्लिम र थारु समुदायका जेहेन्दार विद्यार्थीलाई एमबीबीएस, इन्जिनियरिङ र लोकसेवा तयारीका लागि विशेष छात्रवृत्ति कोष स्थापना गरिनेछ।
क्याम्पस सुदृढीकरणः यस क्षेत्रमा रहेका सामुदायिक क्याम्पसहरूको पूर्वाधार विकास गरी स्नात्तकोत्तर तहसम्मको पढाइ आफ्नै क्षेत्रमा हुने वातावरण मिलाइनेछ।
५. छोरी शिक्षा र पहुँच
साइकल वितरणः विद्यालय टाढा भएका ग्रामीण क्षेत्रका छात्राहरूलाई विद्यालय आउन सहज होस् भनी कक्षा ८ माथिका छात्राहरूलाई ‘साइकल’ वितरण गरिनेछ।
सेनेटरी प्याडः सबै विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरी छात्राहरूको नियमित उपस्थिति सुनिश्चित गरिनेछ।
६. भाषा, संस्कृति र प्रारम्भिक शिक्षा
बाल विकास केन्द्रः प्रारम्भिक बाल विकास केन्द्रहरूलाई खेल्दै सिक्ने ‘मन्टेसरी’ पद्धतिमा रूपान्तरण गरिनेछ।
मातृभाषा शिक्षाः स्थानीय समुदायको आवश्यकता अनुसार अवधि, थारु र अन्य मातृभाषामा आधारभूत शिक्षा लिन पाउने अधिकार सुनिश्चित गरिनेछ।
७. दिवा खाजा र स्वास्थ्य जाँच
खाजामा गुणस्तरः प्राथमिक तहसम्म दिइँदै आएको दिवा खाजाको रकम वृद्धि गरी स्थानीय र पोषिलो खाना उपलब्ध गराइनेछ।
नियमित जाँचः प्रत्येक ६ महिनामा विद्यालयमै विद्यार्थीहरूको आँखा, दाँत र जनरल स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइनेछ।
८. पुस्तकालय र सार्वजनिक वाचनालय
टोल पुस्तकालयः हरेक वडामा एउटा ‘स्मार्ट पुस्तकालय’ स्थापना गरिनेछ, जहाँ विद्यार्थी र युवाहरूले इन्टरनेट र पुस्तकको माध्यमबाट लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न सकून्।
‘मेरो प्रतिबद्धताः अबको ५ वर्षमा रुपन्देही ५ को कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुने छैनन्। सरकारी स्कुल पढ्ने विद्यार्थीले गर्व गर्ने वातावरण म बनाउनेछु’, उनले भने ।
पशुपालन तथा पन्छी विकास गुरुयोजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’
रुपन्देही ५ मा कृषि र पशुपालन एकअर्काका पूरक हुन्। यहाँको पशुपालनलाई परम्परागत निर्वाहमुखी अवस्थाबाट व्यावसायिक नाफामूलक उद्योगमा बदल्न निम्न योजनाहरू लागू गरिनेछः
१. नश्ल सुधार र उत्पादन वृद्धि
निःशुल्क कृत्रिम गर्भाधानः गाई र भैंसीको उत्पादन क्षमता बढाउन ‘सेक्स सेमेन’ प्रविधिको प्रयोग गरी बाच्छी–पाडी मात्र जन्मने सुनिश्चितता गरिनेछ। यो सेवा किसानका लागि पूर्णतः निःशुल्क हुनेछ।
उन्नत जातका बोका र साँढेः बाख्रापालन गर्ने किसानका लागि उन्नत जातका (जस्तैः बोर) बोकाहरू वडा स्तरमा वितरण गरिनेछ।
२. डेरी उद्योग र दूध संकलन केन्द्र
चिस्यान केन्द्रः दूध उत्पादन बढी हुने पकेट क्षेत्रहरूमा सामुदायिक दूध संकलन तथा चिस्यान केन्द्र स्थापना गरिनेछ।
दुग्ध प्रशोधन प्लान्टः रुपन्देही ५ मै एउटा ठूलो दुग्ध प्रशोधन केन्द्र स्थापना गरी दही, पनिर, घिउ र खुवा उत्पादन गरी ब्राण्डिङ गरिनेछ।
प्रति लिटर अनुदानः किसानले सहकारीमा बेच्ने दूधमा प्रति लिटर रु. ५ सम्म सिधै किसानको खातामा जाने गरी ‘उत्पादनमा आधारित अनुदान’ दिइनेछ।
३. पन्छीपालन (पोल्ट्री) र अण्डामा आत्मनिर्भरता
लेयर्स र ब्रोइलर जोनः स्थानीय युवाहरूलाई पोल्ट्री फार्म सञ्चालन गर्न सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग दिइनेछ।
स्थानीय जातका कुखुराः स्थानीय ‘लोकल’ कुखुरा र हाँस पालनलाई प्रवद्र्धन गर्न विशेष अनुदान कार्यक्रम ल्याइनेछ।
दाना उद्योगः दानाको बढ्दो मूल्य नियन्त्रण गर्न स्थानीय मकै र भटमास प्रयोग गरी सामुदायिक दाना उद्योग स्थापना गरिनेछ।
४. स्वास्थ्य सेवा र गोठ सुधार
मोबाइल भेटेरिनरी भ्यान (एम्बुलेन्स)ः बिरामी पशुको उपचारका लागि ‘पशु डाक्टर घरदैलो’ सेवा सुरु गरिनेछ। एक कलमा प्राविधिक टोली किसानको गोठमै पुग्नेछ।
पूर्ण खोप अभियानः खोरेत, पिपिआर र चरचरे जस्ता महामारी रोग विरुद्ध वर्षमा दुई पटक निःशुल्क खोप अभियान सञ्चालन गरिनेछ।
आधुनिक गोठ निर्माणः पशुलाई गोठमै नुहाउने, सफा राख्ने र मूत्र व्यवस्थापन गर्ने गरी आधुनिक गोठ बनाउन ५० प्रतिशत पुँजीगत अनुदान दिइनेछ।
५. घाँस खेती र चरन व्यवस्थापन
घाँसको बिउ वितरणः उन्नत जातका घाँस (जस्तैः नेपियर, सुपर नेपियर, मकैचरी) को बिउ र सेटहरू निःशुल्क वितरण गरिनेछ।
बाँझो जग्गा सदुपयोगः सार्वजनिक र सामुदायिक वनका खाली जग्गामा वृक्षारोपण गर्दा पशु आहारका लागि उपयुक्त डालेघाँस लगाउन प्रोत्साहित गरिनेछ।
६. वधशाला र मासु प्रशोधन
स्वच्छ वधशालाः अव्यवस्थित मासु पसलहरूलाई व्यवस्थित गर्न आधुनिक र स्वस्थकर वधशाला निर्माण गरिनेछ, जहाँ डाक्टरले प्रमाणित गरेको मासु मात्र बिक्री गर्न पाइनेछ।
निर्यात प्रवद्र्धनः यस क्षेत्रको खसी–बोका र कुखुराको मासुलाई व्यवस्थित प्याकेजिङ गरी बुटवल, भैरहवा र काठमाडौँका बजारमा ‘रुपन्देही–५ ब्राण्ड’ मा पठाइनेछ।
७. पशु बिमा र सुरक्षा
शतप्रतिशत बिमाः पशुको मृत्यु हुँदा किसान टाट पल्टिने अवस्था अन्त्य गर्न पशु बिमा प्रिमियममा ७५ प्रतिशत केन्द्र–प्रदेश र २५ प्रतिशत स्थानीय सरकारले बेहोर्ने गरी किसानका लागि ‘शून्य लागत बिमा’ कार्यक्रम लागू गरिनेछ।
पशु गणना र तथ्याङ्कः प्रत्येक पशुको कानमा ट्याग लगाइ डिजिटल अभिलेख राखिनेछ ताकि सेवा सुविधा वितरणमा पारदर्शिता होस्।
८. व्यावसायिक तालिम र उद्यमशीलता
पशुपालन तालिमः युवाहरूलाई खसी–बोका पालन, बङ्गुर पालन र कुखुरा पालन सम्बन्धी आधुनिक र व्यावसायिक तालिम प्रदान गरिनेछ।
उद्यमी प्रोत्साहनः वार्षिक रूपमा उत्कृष्ट उत्पादन गर्ने १० जना पशुपालक किसानलाई ‘उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित गरिनेछ।
मेरो संकल्पः रुपन्देही ५ लाई मासु, अण्डा र दूधको ‘निर्यात केन्द्र’ बनाउनेछु। हाम्रो क्षेत्रका किसानको गोठमा लक्ष्मीको बास गराउनु मेरो पहिलो प्राथमिकता हुनेछ।
पर्यटन विकास गुरुयोजनाः ‘सभ्य र समृद्ध रुपन्देही–५’
रुपन्देही ५ को विशिष्टता भनेको यो विश्व शान्तिको मुहान लुम्बिनीको प्रवेशद्वार र काखमा हुनु हो । यहाँको पर्यटनलाई केवल लुम्बिनीमा मात्र सीमित नगरी गाउँ–गाउँसम्म पुर्याउन उनको लक्ष्य छ ।
१. लुम्बिनी–गजेडी–गैडहवा ‘पर्यटन सर्किट’ निर्माण
एकिकृत पर्यटकीय मार्गः लुम्बिनी आउने पर्यटकहरूलाई गजेडी ताल (कञ्चन), गैडहवा ताल र मर्चवारको ऐतिहासिक क्षेत्रसम्म पु¥याउन ’पर्यटक बस सेवा’ र व्यवस्थित सडक सञ्जाल निर्माण गरिनेछ।
सांस्कृतिक केन्द्रः पर्यटकहरूलाई यस क्षेत्रको थारु, मधेसी र मुस्लिम संस्कृतिको प्रत्यक्ष अनुभव गराउन ‘सांस्कृतिक सङ्ग्रहालय’ र प्रदर्शनी स्थल निर्माण गरिनेछ।
२. तालतलैया र सिमसार क्षेत्रको सौन्दर्यकरण
गजेडी ताल (रुद्रपुर): गजेडी ताललाई लुम्बिनी प्रदेशकै प्रमुख पिकनिक र बोटिङ गन्तव्यको रूपमा विकास गरिनेछ। यहाँ ‘फ्लोटिङ रेष्टुरेन्ट’, बाल उद्यान र चरा अवलोकन केन्द्र बनाइनेछ।
गैडहवा तालः यहाँ रहेको सिमसार क्षेत्रलाई संरक्षण गर्दै प्राकृतिक पर्या–पर्यटन केन्द्रको रूपमा विकास गरिनेछ। तालको वरिपरि साइकल ट्रयाक र फुटपाथ निर्माण गरिनेछ।
३. ‘होमस्टे’ (घरबास) र ग्रामीण पर्यटन
थारु र मधेसी होमस्टेः स्थानीय गाउँहरू (विशेष गरी कञ्चन र गैडहवाका ग्रामीण बस्ती) मा मौलिक संस्कृति झल्कने गरी होमस्टे कार्यक्रम सञ्चालन गरिनेछ। यसले स्थानीय महिला र युवालाई सिधै रोजगारी दिनेछ।
प्राङ्गारिक पर्यटनः कृषि फार्महरूमा पर्यटक बस्ने र स्थानीय उत्पादनको स्वाद लिने गरी ‘फार्म हाउस’ मोडेललाई प्रोत्साहन दिइनेछ।
४. पूर्वाधार र सौन्दर्यकरण
लुम्बिनी प्रवेशद्वारः हुलाकी राजमार्ग र मुख्य नाकाहरूमा कलात्मक ‘बुद्धिस्ट गेट’ र स्वागत स्थलहरू निर्माण गरिनेछ।
पार्क र विश्रामस्थलः लुम्बिनी वरपरका क्षेत्रमा हरियाली पार्क, सार्वजनिक शौचालय र उच्च गतिको वाइफाइ जोनसहितका विश्रामस्थल बनाइनेछ।
सौर्य बत्तीः पर्यटकीय क्षेत्रका मुख्य सडक र गल्लीहरूमा २४सै घण्टा उज्यालो हुने गरी ‘स्मार्ट सोलर लाइट’ जडान गरिनेछ।
५. धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षण
यस क्षेत्रमा रहेका पुराना मठ–मन्दिर, मस्जिद र चैत्यहरूको जीर्णोद्धार गरी धार्मिक सहिष्णुता झल्कने पर्यटकीय गन्तव्य बनाइनेछ।
स्थानीयस्तरमा रहेका पौराणिक पोखरी र इनारहरूको संरक्षण गरी तिनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइनेछ।
६. खेल पर्यटन
साइकलिङ र म्याराथनः लुम्बिनीदेखि गजेडी तालसम्म वार्षिक रूपमा ‘अन्तर्राष्ट्रिय शान्ति म्याराथन’ र साइकल दौड आयोजना गरी विश्वभरका खेलाडी आकर्षित गरिनेछ।
वाटर स्पोट्र्सः गजेडी तालमा सुरक्षित वाटर स्पोट्र्सका गतिविधि सञ्चालन गरिनेछ।
७. प्रचार–प्रसार र डिजिटल मार्केटिङ
भर्चुअल टुरः रुपन्देही ५ का पर्यटकीय स्थलहरूको भिडियो र ‘थ्रीडी टुर’ सहितको मोबाइल एप र वेबसाइट बनाइनेछ।
पर्यटक सूचना केन्द्रः लुम्बिनी र प्रमुख नाकाहरूमा ‘पर्यटक सूचना केन्द्र’ स्थापना गरी यस क्षेत्रका गन्तव्यबारे जानकारी दिने व्यवस्था मिलाइनेछ।
८. रोजगारी र सीप विकास
स्थानीय ५०० युवालाई ‘टुरिस्ट गाइड’, ‘होटल व्यवस्थापन’ र ‘हस्तकला’ सम्बन्धी तालिम दिइनेछ ताकि पर्यटकबाट हुने आम्दानीको ठूलो हिस्सा स्थानीयकै खल्तीमा जाओस्।
स्थानीय हस्तकला (जस्तैः ढकिया, माटोका भाँडा, बुद्धका मूर्ति) को बिक्रीका लागि विशेष ‘कोसेली घर’ स्थापना गरिनेछ।
‘मेरो संकल्पः लुम्बिनीको विकासलाई रुपन्देही ५ का प्रत्येक घरधुरीको समृद्धिसँग जोड्नेछु। पर्यटकहरू लुम्बिनी आएर फर्कने मात्र होइन, हाम्रो क्षेत्रका गाउँ र तालहरूमा कम्तीमा २ दिन बस्ने वातावरण म बनाउनेछु’, उनले भने ।
पूर्वाधार विकास गुरुयोजनाः ‘समृद्ध क्षेत्र नं. ५ को बलियो आधार’
रुपन्देही ५ को भौगोलिक बनावटलाई हेर्दै कृषि, पर्यटन र व्यापारलाई सहयोग पुग्ने गरी दिगो र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्ने उनले जनाए ।
१. सडक पूर्वाधारः ‘धुलोमुक्त र खाल्टोरहित सडक’
हुलाकी राजमार्गको पूर्णताः यस क्षेत्र भएर जाने हुलाकी राजमार्गको बाँकी खण्डलाई तोकिएको समयभन्दा अगावै उच्च गुणस्तरका साथ सम्पन्न गरिनेछ।
रणनीतिक सडक सञ्जालः लुम्बिनी–गैडहवा–रुद्रपुर–सैनामैना जोड्ने उत्तर–दक्षिण ‘कनेक्टिभिटी’ सडकलाई ४ लेनमा विस्तार गरी ‘लाइफलाइन’ सडकको रूपमा विकास गरिनेछ।
भित्री सडक कालोपत्रेः ५ वर्षभित्र क्षेत्रका सबै मुख्य टोल र बस्ती जोड्ने सडकहरूलाई अनिवार्य कालोपत्रे वा आरसीसी गरी धुलोमुक्त बनाइनेछ।
कृषि सडकः खेतबाट उत्पादन बजारसम्म पुर्याउन सहज हुने गरी ‘फार्म–टु–मार्केट’ लिंक रोडहरूको सञ्जाल निर्माण गरिनेछ।
२. आधुनिक पुल र कल्भर्ट निर्माण
नदी नियन्त्रण र पुलः दानव, तिनाउ र कञ्चन नदीका कारण विच्छेद भएका बस्तीहरू जोड्न कम्तीमा ५ वटा नयाँ पक्की पुल निर्माण गरिनेछ।
ह्युम पाइप विस्थापनः साना खोल्सा र नालाहरूमा रहेका पुराना ह्युम पाइप हटाएर आधुनिक कल्भर्टहरू निर्माण गरी बर्खायाममा हुने डुबान समस्या समाधान गरिनेछ।
३. स्वच्छ खानेपानी र ढल निकास
एक घर, एक धाराः ‘स्वच्छ खानेपानी, हाम्रो अभियान’ अन्तर्गत ५ वर्षभित्र क्षेत्र नं. ५ का प्रत्येक घरधुरीमा पाइपमार्फत शुद्ध खानेपानी पुर्याइनेछ।
व्यवस्थित ढल निकासः बजार उन्मुख क्षेत्रहरू (जस्तैः रुद्रपुर, गजेडी, लुम्बिनी आसपास) मा आधुनिक ढल निकास प्रणाली र फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ।
४. उर्जा र सूचना प्रविधि
पूर्ण विद्युतीकरणः यस क्षेत्रका कुनै पनि घर उज्यालोबाट वञ्चित हुने छैनन्। ‘काठका पोल’ विस्थापित गरी स्टिलका पोल र सुरक्षित तार जडान गरिनेछ।
स्मार्ट लाइटः मुख्य व्यापारिक चोक र पर्यटकीय क्षेत्रमा ‘हाइ–मास्ट’ सोलर लाइट जडान गरी रात्रिकालीन सुरक्षा बढाइनेछ।
फ्री वाइफाइ जोनः प्रमुख सार्वजनिक स्थल, पुस्तकालय र सरकारी कार्यालयहरूमा सर्वसाधारणका लागि निःशुल्क उच्च गतिको इन्टरनेट सुविधा दिइनेछ।
५. व्यवस्थित सहरीकरण र सार्वजनिक भवन
टाउन प्लानिङः लुम्बिनी आसपासका क्षेत्रलाई ‘बुद्धिस्ट सिटी’ को अवधारणामा र अन्य क्षेत्रलाई ‘स्मार्ट भिलेज’ को रूपमा विकास गर्न गुरुयोजना तयार गरिनेछ।
बहुउद्देश्यीय सामुदायिक भवनः प्रत्येक वडामा सामाजिक कार्य, विवाह र तालिमका लागि प्रयोग हुने गरी एक–एक वटा सुविधासम्पन्न ‘बहुउद्देश्यीय सामुदायिक हल’ निर्माण गरिनेछ ।
रङ्गशाला र कभर्ड हलः युवाहरूका लागि एक क्षेत्रीय स्तरको रङ्गशाला र हरेक पालिकामा एक कभर्ड हल निर्माण गरिनेछ ।
६. सिँचाइ पूर्वाधार (कृषि लक्षित)
नहर सुदृढीकरणः १६ र ३६ मौजा सिँचाइ प्रणाली जस्ता पुराना नहरहरूको मर्मत र आधुनिक गेट जडान गरिनेछ।
डिप ट्युबवेल सञ्जालः आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा ५० वटा ठूला डिप ट्युबवेल र सामूहिक बोरिङ प्रणाली निर्माण गरिनेछ।
७. विपद् व्यवस्थापन र नदी तटबन्धन
स्थायी तटबन्धनः दानव र तिनाउ नदीको कटान रोक्न दीर्घकालीन गुरुयोजना सहित ‘चेनलिङ्क’ र पक्की तटबन्धन गरिनेछ।
दमकल र एम्बुलेन्स स्टेशनः आगलागी र अन्य विपद्को समयमा तत्काल उद्धार गर्न क्षेत्रका प्रमुख बिन्दुमा दमकल र उद्धार सामग्री सहितको केन्द्र स्थापना गरिनेछ।
८. हरियाली र सार्वजनिक पार्क
वातावरण मैत्री पूर्वाधारः सडकका दुवै छेउमा वृक्षारोपण गरी ’ग्रीन करिडोर’ निर्माण गरिनेछ।
मनोरञ्जन पार्कः जेष्ठ नागरिक र बालबालिकाका लागि प्रत्येक पालिकामा कम्तीमा एक खुला पार्क निर्माण गरिनेछ।
मेरो प्रतिबद्धताः पूर्वाधार विकासमा कमिसनतन्त्रको अन्त्य गर्नेछु। सडक बनाउँदा ‘पक्की र टिकाउ’ हुने सुनिश्चितता गर्नेछु। ५ वर्षपछि रुपन्देही ५ लाई लुम्बिनी प्रदेशकै सबैभन्दा सुविधायुक्त र व्यवस्थित निर्वाचन क्षेत्र बनाउने मेरो संकल्प छ।
सुशासन र सेवा प्रवाहः ‘भ्रष्टाचारमा शून्य सहनशीलता, सेवामा पूर्ण सक्रियता’
सरकारी कार्यालयमा हुने ढिलासुस्ती र बिचौलिया प्रथालाई पूर्ण रूपमा अन्त्य गरी नागरिकले घरदैलोमै सरकारको महसुस गर्ने वातावरण बनाउन लाग्ने खाँनले बताए ।
१. सरकारी सेवामा ‘डिजिटल क्रान्ति’
अनलाइन सिफारिसः वडा कार्यालयबाट दिइने जन्म दर्ता, नागरिकता सिफारिस, र अन्य ३५ प्रकारका सेवाहरू अनलाइनमार्फत आवेदन दिन र प्राप्त गर्न सकिने गरी ‘डिजिटल वडा’ प्रणाली लागू गरिनेछ।
ई–पेमेन्टः मालपोत, भूमिकर र अन्य सरकारी दस्तुरहरू खल्ती, ई–सेवा वा बैंकमार्फत घरबाटै तिर्न सक्ने व्यवस्था मिलाइनेछ।
२. भ्रष्टाचार नियन्त्रण र पारदर्शिता
भ्रष्टाचारमा शून्य सहनशीलताः ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने अभियानका साथ विकास निर्माण र ठेक्कापट्टामा हुने कमिसनतन्त्रलाई पूर्ण रूपमा निषेध गरिनेछ।
सार्वजनिक सुनुवाइः प्रत्येक ३ महिनामा वडा र पालिकास्तरमा ‘सांसदसँग जनता’ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी बजेट र खर्चको पारदर्शिता देखाइनेछ।
हेलो सांसद हटलाइनः भ्रष्टाचार, ढिलासुस्ती वा कर्मचारीको दुव्र्यवहारबारे सिधै उजुरी गर्न २४ घण्टे टोल–फ्री हटलाइन सेवा सुरु गरिनेछ।
३. ‘घरदैलोमा सरकार’ अभियान
घुम्ती शिविरः वृद्धभत्ता कार्ड, अपाङ्गता परिचयपत्र र नागरिकताका लागि सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटाउन टोल–टोलमा नियमित घुम्ती शिविर सञ्चालन गरिनेछ।
जेष्ठ नागरिकलाई सम्मानः ७० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता र सामान्य औषधि उनीहरूकै घरमा पुर्याउने व्यवस्था मिलाइनेछ।
४. बिचौलियामुक्त प्रशासन
हेल्प डेस्कः सरकारी कार्यालयमा सर्वसाधारणलाई फाराम भर्न र प्रक्रिया बुझाउन सहयोग गर्न निःशुल्क ‘नागरिक सहायता कक्ष’ स्थापना गरिनेछ, जसले बिचौलियाको आवश्यकतालाई अन्त्य गर्नेछ।
टोकन प्रणालीः सरकारी कार्यालयमा लाइन बस्नुपर्ने झन्झट हटाउन ‘डिजिटल टोकन’ प्रणाली र सेवाग्राहीका लागि व्यवस्थित प्रतिक्षा कक्षको निर्माण गरिनेछ।
५. सुशासनका लागि युवा परिचालन
सुशासनदूतः प्रत्येक वडामा ‘सुशासनदूत’ का रूपमा स्वयंसेवक युवाहरू परिचालन गरिनेछ, जसले अशिक्षित र असहाय नागरिकलाई सरकारी सेवा लिन मद्दत गर्नेछन्।
उजुरी पेटिकाः प्रत्येक सार्वजनिक स्थानमा उजुरी पेटिका राखिनेछ र प्राप्त उजुरीको ७ दिनभित्र सम्बोधन गर्ने कानुनी ग्यारेन्टी गरिनेछ।
६. कर्मचारी व्यवस्थापन र उत्तरदायित्व
पुरस्कार र दण्डः राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई तत्काल कारबाही गर्ने पद्धति बसालिनेछ ।
क्षतिपूर्ति सहितको नागरिक बडापत्रः यदि कुनै कर्मचारीको लापरबाहीले गर्दा सेवाग्राहीको काम तोकिएको समयमा हुन सकेन भने त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारी वा कार्यालयले बेहोर्नुपर्ने नियम लागू गरिनेछ।
७. भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान
लालपूर्जा वितरणः रुपन्देही ५ मा लामो समयदेखि रहेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई उच्च प्राथमिकतामा राखी ५ वर्षभित्र सबैलाई वैज्ञानिक लालपूर्जा वितरण गरिनेछ।
कित्ताकाट र नापीः जग्गा प्रशासनलाई प्रविधिमैत्री बनाइ नापी र मालपोतमा हुने अनियमिततालाई कडाइका साथ नियन्त्रण गरिनेछ।
८. शान्ति सुरक्षा र प्रहरी प्रशासन
सीसीटीभी निगरानीः मुख्य चोक, बजार र आपराधिक जोखिम भएका क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरी शान्ति सुरक्षा मजबुत बनाइनेछ।
लागुऔषधमुक्त क्षेत्रः युवाहरूलाई कुलतबाट जोगाउन प्रहरी र समुदायको समन्वयमा ‘लागुऔषध विरुद्धको अभियान’ गाउँ–गाउँमा पुर्याइनेछ।
मेरो प्रतिबद्धताः म तपाईँको शासक होइन, सेवक बन्न आएको हुँ । सरकारी कार्यालयमा जाँदा तपाईँले शिर ठाडो पारेर सम्मानजनक सेवा पाउने वातावरण बनाउनु मेरो पहिलो धर्म हुनेछ। (२०८७) सम्म रुपन्देही ५ लाई नेपालकै नमुना ‘सुशासन क्षेत्र’ बनाउने संकल्प गर्दछु।
ऊर्जा क्षेत्रको गुरुयोजनाः ‘दिगो विकासका लागि आधुनिक ऊर्जा’
रुपन्देही ५ मा विद्युत् सेवा पुगे पनि न्यून भोल्टेज, पटक–पटक लाइन काटिने र काठका पोलको जोखिम अझै कायम छ । यी समस्या समाधान गर्न निम्न योजनाहरू कार्यान्वयन गरिनेछः
१. पूर्ण विद्युतीकरण र भौतिक पूर्वाधार सुधार
काठका पोल विस्थापनः आगामी २ वर्षभित्र क्षेत्र नं. ५ का सबै पुराना र जीर्ण काठका पोलहरूलाई हटाएर मजबुत स्टिल (फलामे) पोलहरू जडान गरिनेछ।
उच्च क्षमताको ट्रान्सफर्मरः न्यून भोल्टेजको समस्या समाधान गर्न साना र पुराना ट्रान्सफर्मरहरूलाई ठूला र आधुनिक ‘हाइ–भोल्टेज’ ट्रान्सफर्मरले प्रतिस्थापन गरिनेछ।
नयाँ सब–स्टेशनः गैडहवा र कञ्चन क्षेत्रमा विद्युत् भार कम गर्न र नियमित आपूर्ति सुनिश्चित गर्न थप एक उच्च क्षमताको ‘विद्युत् सब–स्टेशन’ निर्माणका लागि पहल गरिनेछ।
२. कृषि र सिँचाइका लागि ‘विद्युत् सहुलियत’
निःशुल्क सिँचाइ मिटरः किसानका बोरिङ र पम्पसेटहरूमा जडान गरिने विद्युत् मिटर निःशुल्क उपलब्ध गराइनेछ।
७५ प्रतिशत विद्युत् महसुल छुटः कृषि प्रयोजन (सिँचाइ, थ्रेसिङ) का लागि प्रयोग हुने विद्युत् महसुलमा ७५ प्रतिशतसम्म अनुदान दिई किसानको लागत शून्यप्राय बनाइनेछ ।
खेत–खेतमा लाइनः सिँचाइका लागि खेतको बीचसम्म विद्युत् लाइन विस्तार गर्न ‘कृषि विद्युतीकरण अभियान’ सञ्चालन गरिनेछ।
३. ‘स्मार्ट लाइट’ र सार्वजनिक सुरक्षा
हाइ–मास्ट लाइटः लुम्बिनी आसपासका मुख्य चोकहरू, रुद्रपुर बजार, र गैडहवा चोक जस्ता व्यस्त क्षेत्रमा ‘हाइ–मास्ट’ सोलर लाइटहरू जडान गरिनेछ।
टोल–टोलमा उज्यालोः सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण रहेका गल्ली र सडकहरूमा ‘सेन्सर जडित’ सौर्य बत्तीहरू जडान गरी रात्रिकालीन सुरक्षा सुनिश्चित गरिनेछ।
४. नवीकरणीय ऊर्जा र सौर्य प्रणाली
हरेक घर–सौर्य ऊर्जाः विद्युत् नपुगेका अति दुर्गम वा छरिएका बस्तीहरूमा ‘होम सोलर सिस्टम’ मा ९० प्रतिशत अनुदानको व्यवस्था गरिनेछ।
संस्थागत सौर्य प्यानलः क्षेत्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीका छतमा सौर्य प्यानल जडान गरी सरकारी कार्यालयलाई ‘लोडसेडिङ मुक्त’ बनाइनेछ।
नेट मिटरिङः घरको छतमा सौर्य ऊर्जा उत्पादन गरी बढी भएको बिजुली सरकारलाई बेच्न सक्ने ‘नेट मिटरिङ’ प्रणालीलाई प्रोत्साहन गरिनेछ।
५. स्वच्छ इन्धन र गोबर ग्यास
धुवाँमुक्त भान्साः पशुपालन गरिरहेका परिवारहरूलाई गोबर ग्यास प्लान्ट निर्माण गर्न ५० प्रतिशत अनुदान दिइनेछ। यसले वन विनाश रोक्नेछ र अग्र्यानिक मल उत्पादनमा सहयोग पुग्नेछ।
विद्युतीय चुलो प्रवद्र्धनः ग्यासको परनिर्भरता घटाउन विपन्न परिवारलाई निःशुल्क वा सहुलियत दरमा विद्युतीय चुलो वितरण गरिनेछ।
६. उद्योग र रोजगारीका लागि ऊर्जा
औद्योगिक फिडरः यस क्षेत्रमा सञ्चालित साना तथा मझौला उद्योगहरूका लागि छुट्टै ‘डेडिकेटेड फिडर’ को व्यवस्था गरी विना अवरोध उत्पादन गर्ने वातावरण बनाइनेछ।
विद्युतीय सवारी चार्जिङ स्टेशनः हुलाकी राजमार्ग र मुख्य पर्यटकीय रुटहरूमा विद्युतीय सवारी साधनका लागि ‘फास्ट चार्जिङ स्टेशन’ हरू निर्माण गरिनेछ।
७. जनचेतना र सुरक्षा
विद्युत् सुरक्षा अभियानः विद्युत् चोरी नियन्त्रण गर्न र करेन्ट लाग्ने दुर्घटना कम गर्न गाउँ–गाउँमा ‘विद्युत् सुरक्षा सचेतना’ कार्यक्रम चलाइनेछ।
युवा विद्युत् प्राविधिकः स्थानीय युवाहरूलाई विद्युत् वायरिङ र मर्मत सम्बन्धी तालिम दिई ‘गाउँले इलेक्ट्रीसियन’ का रूपमा रोजगारी दिइनेछ।
मेरो प्रतिबद्धताः २०२६ (२०८२) सम्म रुपन्देही ५ लाई ‘पूर्ण उज्यालो र ऊर्जामा आत्मनिर्भर क्षेत्र’ बनाउने मेरो संकल्प छ। बिजुलीको अभावमा अब कुनै किसानको खेत बाँझो रहने छैन र कुनै विद्यार्थीले मट्टितेलको टुकीमा पढ्नुपर्ने छैन।
उद्यमशीलता र स्वरोजगार गुरुयोजनाः ‘सक्षम युवा, स्वावलम्बी क्षेत्र’
रुपन्देही ५ का युवाहरूलाई वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गरी आफ्नै माटोमा उद्यम सुरु गर्न प्रोत्साहन गर्ने उद्देश्यले २०२६ (वि.सं. २०८२–८३) का लागि निम्न योजनाहरू कार्यान्वयन गरिने उनले जनाएका छन् ।
१. ‘सांसद युवा उद्यम कोष’ को स्थापना
विना धितो सहुलियत ऋणः नयाँ स्टार्टअप वा सानो व्यवसाय सुरु गर्न चाहने युवाहरूलाई ५ लाखदेखि १० लाखसम्मको विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाइनेछ।
ब्याज अनुदानः स्थानीय बैंकहरूसँग समन्वय गरी महिला र दलित उद्यमीहरूका लागि ब्याजमा थप ५० प्रतिशत अनुदानको व्यवस्था गरिनेछ।
२. ‘एक वडा, एक उत्पादन’
क्षेत्रीय पहिचानः क्षेत्र नं. ५ का प्रत्येक वडाको विशेषता (जस्तैः गैडहवामा माछा, कञ्चनमा तरकारी, लुम्बिनीमा हस्तकला) पहिचान गरी सोही अनुसारको साना उद्योग ग्राम स्थापना गरिनेछ।
साझा सुविधा केन्द्रः उद्योगका लागि चाहिने महँगा मेसिनरीहरू सरकारले खरिद गरी उद्यमीहरूलाई सस्तो भाडामा प्रयोग गर्न दिइनेछ।
३. सीप विकास तथा बहुप्राविधिक तालिम केन्द्र
बजारमुखी तालिमः प्लम्बिङ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, ब्युटिसियन, टेलरिङ र अटो–मेकानिक्स जस्ता छोटो अवधिका तालिमहरू प्रदान गरी ‘दक्ष जनशक्ति’ तयार पारिनेछ।
डिजिटल उद्यमीः युवाहरूलाई अनलाइनमार्फत काम गर्न प्रोत्साहन गर्न प्रत्येक पालिकामा ‘आधुनिक आइटी ल्याब’ स्थापना गरिनेछ।
४. कृषि–उद्यम र प्रशोधन केन्द्र
भ्यालु एडिसनः टमाटरबाट केचअप, दूधबाट चिज–पनिर र मकैबाट दाना बनाउने जस्ता प्रशोधन उद्योग स्थापना गर्न ५० प्रतिशत पुँजीगत अनुदान दिइनेछ।
ब्रान्डिङ र प्याकेजिङः ‘रुपन्देही–५’ को आफ्नै ब्राण्डमा स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आधुनिक प्याकेजिङ केन्द्र स्थापना गरिनेछ।
५. महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’
आयआर्जन समूहः गृहणी महिलाहरूलाई फुर्सदको समयमा अगरबत्ती, मैनबत्ती, साबुन र ढकिया बुन्ने जस्ता सीप सिकाई घरमै बसेर आम्दानी गर्ने वातावरण बनाइनेछ।
बजार ग्यारेन्टीः महिला समूहले उत्पादन गरेका सामानहरू सरकारले तोकेको ‘कोसेली घर’ मार्फत बिक्री गर्ने व्यवस्था मिलाइनेछ।
६. उद्यमी सहायता कक्ष
कानुनी र प्राविधिक सहयोगः नयाँ उद्योग दर्ता, प्यान–भ्याट प्रक्रिया र बजार प्रवद्र्धनका लागि निःशुल्क परामर्श दिन एक ’विशेषज्ञ टोली’ सहितको सहायता कक्ष सञ्चालन गरिनेछ।
बिचौलिया अन्त्यः उत्पादक र उपभोक्तालाई सिधै जोड्नका लागि ‘डिजिटल मार्केटिङ’ तालिम दिइनेछ।
७. स्टार्टअप र आविष्कारलाई प्रोत्साहन
युवा आविष्कार पुरस्कारः कृषि वा प्रविधिमा नयाँ आविष्कार गर्ने स्थानीय युवालाई वार्षिक रूपमा १ लाख नगदसहित ‘वर्ष उद्यमी पुरस्कार’ प्रदान गरिनेछ।
प्रदर्शनी र मेलाः क्षेत्र नं. ५ मा उत्पादित वस्तुहरूको प्रचारका लागि वर्षमा एक पटक ‘बृहत् औद्योगिक तथा कृषि मेला’ आयोजना गरिनेछ।
८. पर्यटनसँग जोडिएको उद्यमशीलता
हस्तकला उद्योगः लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी बुद्धका मूर्ति, उपहार सामग्री र स्थानीय संस्कृति झल्कने हस्तकला उद्योगलाई विशेष सहुलियत दिइनेछ।
होमस्टे र टुर गाइडः स्थानीय युवाहरूलाई टुरिस्ट गाइड र होटल व्यवस्थापनको तालिम दिई पर्यटन क्षेत्रमा रोजगारी सुनिश्चित गरिनेछ।
‘मेरो प्रतिबद्धताः अबको ५ वर्षमा रुपन्देही ५ लाई ‘जागिर खोज्नेको होइन, जागिर दिनेको क्षेत्र’ बनाउनेछु। २०२६ सम्ममा कम्तीमा ५,००० युवालाई प्रत्यक्ष स्वरोजगार बनाउनु मेरो मुख्य संकल्प हो ।’
सामाजिक न्याय र समावेशी उत्थान योजनाः ‘कोही नछुटुन, कोही नपरुन’
१. महिला सशक्तिकरण र आत्मनिर्भरता
महिला कार्यक्रमः प्रत्येक वडामा महिलाहरूका लागि नेतृत्व विकास र कानुनी सचेतना तालिम सञ्चालन गरिनेछ।
आर्थिक स्वावलम्बनः महिला सहकारीहरूलाई बीउ पूँजी प्रदान गरी ‘लघु उद्यम’ (सिलाई–कटाई, ब्युटिसियन, हस्तकला) मार्फत आयआर्जनमा जोड दिइनेछ।
शून्य हिंसा क्षेत्रः घरेलु हिंसा र दाइजो प्रथा विरुद्ध टोल–टोलमा ‘महिला निगरानी समूह’ गठन गरी हिंसामुक्त समाज निर्माण गरिनेछ।
२. दलित समुदायको उत्थान र अधिकार
‘परम्परागत सीपको आधुनिकीकरण’: दलित समुदायमा रहेको पुख्र्यौली सीप (आरन, जुत्ता सिलाई, निर्माण कार्य) लाई आधुनिक मेसिन र प्रविधिसँग जोड्न विशेष अनुदान प्याकेज ल्याइनेछ।
शिक्षामा पहुँचः दलित समुदायका बालबालिकालाई उच्च शिक्षा र प्राविधिक शिक्षा (इन्जिनियरिङ, मेडिकल) का लागि शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गरिनेछ।
विभेदमुक्त समाजः जातीय विभेद र छुवाछूत गर्नेलाई कडा कानुनी कारबाही र विभेद विरुद्धको सामाजिक जागरण अभियान निरन्तर सञ्चालन गरिनेछ।
३. मधेसी र थारु, जनजाति संस्कृति संरक्षण
सांस्कृतिक सङ्ग्रहालयः थारु र मधेसी समुदायको पहिचान झल्कने गरी एक ‘क्षेत्रीय सांस्कृतिक सङ्ग्रहालय र अनुसन्धान केन्द्र’ स्थापना गरिनेछ।
मातृभाषा शिक्षाः आधारभूत तहसम्म थारु र अवधि भाषामा पठनपाठन गर्न चाहने विद्यालयहरूलाई प्रोत्साहन र सहयोग दिइनेछ ।
पर्व संरक्षणः सामा–चकेवा, जितिया, र सिरुवा जस्ता मौलिक पर्वहरूलाई सामूहिक रूपमा मनाउन र प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरिनेछ।
४. जनचेतना र नागरिक शिक्षा
कुप्रथा विरुद्ध अभियानः बालविवाह, दाइजो प्रथा र बोक्सी प्रथा जस्ता सामाजिक कुरीतिहरूलाई जरैदेखि उखेल्न ‘सडक नाटक’ र ‘घरदैलो सचेतना’ सञ्चालन गरिनेछ।
सरकारी सेवामा पहुँचः राज्यले प्रदान गर्ने आरक्षण र सेवा सुविधाहरूबारे जानकारी दिन प्रत्येक वडामा ‘सूचना तथा परामर्श केन्द्र’ स्थापना गरिनेछ।
५. स्वास्थ्य र पोषण सुरक्षा
महिला स्वास्थ्यः ग्रामीण क्षेत्रका महिलाहरूका लागि पाठेघरको क्यान्सर र प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर नियमित सञ्चालन गरिनेछ।
पोषण भत्ताः अति विपन्न दलित र पिछडिएका समुदायका सुनौला हजार दिनका आमाहरूलाई ‘पोषण प्याकेज’ वितरण गरिनेछ।
६. राजनीतिक र प्रशासनिक सहभागिता
नेतृत्व तालिमः महिला, दलित र मधेसी युवाहरूलाई लोकसेवा तयारी र नेतृत्व विकासका विशेष कक्षाहरू सञ्चालन गरी राज्यको मूलधारमा पुर्याइनेछ ।
योजना छनोटमा सहभागिताः टोल विकास संस्थाहरूमा यी समुदायको ५० प्रतिशत अनिवार्य सहभागिता गराई बजेट निर्माण प्रक्रियामा समावेश गरिनेछ।
‘रुपन्देही ५ को विकास तब मात्र पूर्ण हुन्छ जब यहाँका महिला, दलित र अल्पसंख्यकले गर्वका साथ ‘यो मेरो पनि सरकार हो’ भन्न सक्छन् । जात, धर्म र लिङ्गको आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गरी ‘समतामूलक रुपन्देही’ बनाउनु मेरो अन्तिम लक्ष्य हुनेछ’, रास्वपा उम्मेदवार खाँनले भने ।
शिक्षालाई समयानुकुल बनाउन योजनाबद्ध काम गर्छुः रास्वपा उम्मेदवार खाँन
संस्कृति झल्किने गरी सिमानाकादेखि मलमलासम्म पर्यटकीय सडक मेरो प्राथमिकताः रास्वपा उम्मेदवार खाँन
अधुरा बाचाले दिक्क मतदाताले परिवर्तन खोजेका छन्ः रास्वपा उम्मेदवार खाँन
जात र धर्मका पर्खाल भत्काएर विकास–निर्माणमा लागौंः रास्वपा उम्मेदवार खाँन
रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन
कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँछुः रास्वपा उम्मेदवार खाँन
महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन
किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन
लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन
जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन
रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन
रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी
सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन
पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक
राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्