June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

संस्कृति झल्किने गरी सिमानाकादेखि मलमलासम्म पर्यटकीय सडक मेरो प्राथमिकताः रास्वपा उम्मेदवार खाँन

Advertisement

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही ५ का उम्मेदवार तौफिक अहमद खाँनले सिमानाका बासिन्दालाई पूर्वपश्चिम राजमार्गसित जोड्नका लागि सुविधा सम्पन्न पर्यटकीय सडक निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । रुपन्देही–५ को कक्रहवा नाका हुँदै सबै पालिका समेट्ने गरी बुद्व जन्मस्थल लुम्बिनी र पहाडी गन्तव्यमा पर्यटक आउने भएकाले सिमादेखि राजमार्गसम्म पर्यटकीय मार्ग बनाउने प्रतिवद्वता व्यक्त गरेका हुन् । यस्तो मार्ग निर्माण भएपछि स्थानीय बासिन्दासँगै भारत र तेस्रो मुलुकबाट आउने पर्यटक लाभान्वित हुने उनको भनाई छ ।

Advertisement

क्षेत्रमा उत्पादनशील उद्योग भन्दा पर्यटन उद्यमको भविष्य राम्रो भएकाले त्यस अनुसार क्षेत्रमा विकास योजना लागू गरिने खाँनले जनाए । अहिले सडकको अवस्था नाजुक नभए पनि फराकिलो र सहज यात्राका लागि उपयुक्त नरहेको उनको भनाई छ । आफूले केवल सडकमात्र निर्माण नगर्ने बताए । उनका अनुसार पर्टकीय सडक दायाँबायाँ रुपन्देही–५ मा रहेका विभिन्न जातजाति र संस्कृित झल्किने संरचना निर्माण गरिने छ । यसले सडकको सुन्दरता र पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने छ ।

‘एक किसमको थारु भिलेज कन्सेप्टमा पर्यटकीय सडक बनाउने योजना रहेको छ,’ उनले भने, ‘यस्तो सडक हेर्न भए पनि पर्यटक आउनेछन् ।’ आफ्नो क्षेत्रका धेरै पूर्वाधार पर्यटन र कृषि सरोकारका हुने उनले बताए । पर्यटकीय मार्ग बनाउँदा लुम्बिनीसँगै गैडहवा ताल, विभिन्न मठमन्दिर र मलमलासम्म समेटिने उनको भनाई छ । खासगरी सैनामैनामा रहेको मलमला मन्दिरलाई भारतसित जोडेर धार्मिक पर्यटन विकास गर्ने खाँनको योजना छ ।

सबै संस्कृति र धर्म जोडेर आध्यात्मिक पर्यटन विकास गर्ने एजेन्डा अगाडि सारेको उनले बताए । पर्यटकीय सडकका कारण आसपासका बासिन्दा स्वरोजगार हुने व्यवसाय फस्ट्याउने उनको भनाई छ ।

अधुरा बाचाले दिक्क मतदाताले परिवर्तन खोजेका छन्ः रास्वपा उम्मेदवार खाँन

जात र धर्मका पर्खाल भत्काएर विकास–निर्माणमा लागौंः रास्वपा उम्मेदवार खाँन

रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन

कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँछुः रास्वपा उम्मेदवार खाँन

महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन

किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन

लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन

जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन

रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार