रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–५ का उम्मेदवार तौफिक अहम्मद खाँनले फरक प्रचार शैलीका कारण मतदाताको मन जितिरहेका छन् । मनोनय लगत्तैं आफ्नो क्षेत्रमा घरदैलो सुरु गरेका खाँन अहिलेसम्म आफ्नो क्षेत्रका सबैं वडा र बस्तीमा पुगिसकेका छन् । यसक्रममा उनको सरलपनलाई बालकदेखि बृद्धसम्मले मन पराएका छन् ।
घरदैलोका क्रममा शुक्रबार ग्रामीण क्षेत्रमा पुगेका खाँनसित भेट भएपछि एक जना पुरुषले रुँदैं आफ्ना पीडा सुनाइरहेको भिडियो सार्वजनिक गरेका छन् । आफ्नो फेसबुक पेजमा खाँनले सार्वजनिक गरेको भिडियो ती व्यक्तिले आफ्ना मर्का सुनाएको र रोएको देखिन्छ । उम्मेदवार खाँनले पनि हार्दिकतापूर्वक ती व्यक्ति अंगालो हालेका छन् । साथैं हात समातेर ढोगेका छन् । यसलबाट खाँनको सरलपन प्रष्ट हुन्छ ।
प्रचार अभियानका क्रममा घरदैलोमा पुग्ने क्रममा खाँन कुनैं ठाउँमा स्थानीय बासिन्दा बसेको देखे भने त्यहीँ पुगेर उनीहरुका कुरा सुन्ने गर्छन् । पहिले नागरिकका कुरा सुनेपछि मात्र आफूले क्षेत्र बिकासका लागि गर्ने एजेण्डा सुनाउँछन् । उनी अन्य नेताले जसरी आफ्ना कुरा सुनाएर र प्रचार समाग्री हातमा थमाएर बाटो लाग्दैंनन् । केही बेर स्थानीय बासिन्दासँग घुलमिल भएर उनीहरुको सुखदुःखमा साथ दिएर जान्छन् ।
खाँनका अनुसार अधिकांश युवा उनीसित तस्बीर खिच्न मरिहत्ते गर्छन् । त्यस्तो बेला गाडीबाट ओर्लिएरै भए पनि सेल्फी खिख्ने गरेको उनले बताए । शुक्रबारसम्म रुपन्देही–५ का २० हजार भन्दा बढी व्यक्तिसित सेल्फी खिचिसकेको उनले बताए । चुनाव सुरु हुनुभन्दा पहिलेदेखि यस क्षेत्रमा भिजेको व्यक्ति भएकाले आफूलाई सहज भइरहेको उनी सुनाउँछन् । ‘हरेक व्यक्तिका घर–घरमा पुगेर गुनासो सुनिरहेको छुँ,’ उनले भने, ‘प्रत्येक घरमा कस्ता–कस्ता समस्या छन् भन्ने डायरीमा टिपेको छुँ ।’
आफ्नो क्षेत्रका चार पालिकाका सबै घरमा पुगिसकेको उनले बताए । आफ्नो अभियानलाई उनले नयाँ सोच र उर्जाको जनस्तरमा प्रत्यक्ष संवाद बनेका छन् । निर्वाचन क्षेत्रको बिकासमा हातेमालो गर्न पनि उनले आह्वान गरिरहेका छन् । ‘राम्रो नेतृत्व नै क्षेत्र विकासको भविष्यको आधार हो,’ उनले भने, ‘अहिले म नागरिकका समस्या सुन्दैं, सम्भावना खोज्दैं नागरिकसित भेटघाट गरिरहेको छुँ । उहाँहरुबाट प्राप्त मायाले उत्साहित छुँ ।’
उनकाबारे र रास्वपाबारे बुझ्न चाहने बालदेखि बृद्धसम्मलाई उनले निकै समय दिएर एजेण्डा सुनाउँछन् । जसले गर्दा क्षेत्रमा उनको लोकप्रियता बढेको स्थानीय बताउँछन् । रास्वपा स्थानीय नेता अर्जुन कुर्मीले सरलता, स्पष्टता, शिक्षित र योजना बोकेको उम्मेदवार भएकाले क्षेत्रबासीले विश्वास गरिरहेको सुनाए । यही कारण पनि क्षेत्रबासीको मन जित्न उम्मेदवार खाँन सफल भएको कुर्मी बताउँछन् ।
कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँछुः रास्वपा उम्मेदवार खाँन
महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन
किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन
लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन
जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन
रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन
रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी
सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन
पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक
राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्