किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले कृषि परियोजना मार्फत किसानको ओठ–ओठमा हाँसो ल्याउने प्रतिवद्धता जनाएका छन् । रुपन्देही–५ मा कृषिमा आधारित जनता धेरै भएकाले उनीहरुको उत्पादन बृद्धि गर्ने योजना लागू गर्ने बताए ।
चुनाव प्रचारका क्रममा घरदैलोमा व्यस्त खाँनले आफ्नो क्षेत्रका किसानका धेरै दुःख भोग्नु परेको आफूले देखेको बताए । आफ्नो क्षेत्रमा खेतीपाती धेरै भएकाले अधिकांश बासिन्दा कृषिमा निर्भर रहेको बताए । रुपन्देही–५ मा सिमावर्ती भारतबाट उत्तर पूर्व–पश्चिम राजमार्गसम्म स्तरीय कृषि सडक जरुरी रहेको बताए । यसबाहेक किसानले मलखादको समस्या झेलिरहनु परेको उनको भनाई छ ।
मल वितरणमा समस्या भएकाले किसानले आवश्यकता अनुसार प्राप्त गर्न नसकेको उनले बताए । नीति नै बनाएर मल वितरण व्यवस्थित तुल्याउने उनले बताए । ‘सिंचाई पनि प्रमुख समस्या रहेको छ,’ उनले भने, ‘वर्षौ पुरानो भैलोभुज परियोजनाका ट्युबवेल बिग्रिसकेका छन्, अब त्यसलाई सुधार गरेर जानु पर्ने छ । साथैं नयाँ सिंचाई योजना निर्माण आवश्यक भइसक्यो ।’ सिंचाई व्यवस्था गर्छु भनेर आश्वासन दिने कुरा नभएको उनले बताए । आफू निर्वाचन भएको खण्डमा नयाँ सिंचाई योजना निर्माण गर्ने उनको प्रतिवद्धता छ ।
रुपन्देही–५ मा कृषि उत्पादनको बजारीकरण पनि मूल समस्याका रुपमा छ । कृषकले उत्पादित बस्तु बजारसम्म पुर्याउन नसक्दा उपयुक्त मूल्य प्राप्त गर्न सकिरहेका छैनन् । किसानले मूल्य नपाउने समस्या हल गर्न कम्तिमा सपोर्ट प्राइस (एमएसपी) प्रणाली लागू गर्ने योजना सुनाए । क्षेत्र अन्तर्गत गैडहवा गाउँपालिकामा तरकारी, माछा पालन र अन्नबालीको धेरै उत्पादन भइरहेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पनि धेरै किसान छन् । कंचन र सैनामैनाका पनि राम्रो कृषि उत्पादन हुन्छ ।
यस्ता किसानले उत्पादन गरेका तरकारी लगायत कृषि सामाग्री भण्डारण गर्न कोल्डस्टोर निर्माण गर्ने उनले बताए । आफ्नो क्षेत्र बाहिरका पालिकालाई पनि सहयोग पुग्ने गरि कोल्ड स्टोर निर्माणका लागि भूमिका खेल्ने उनको भनाई छ । किसानलाई सहयोग पुर्याउन उनीहरुका उत्पादन भण्डारण गर्ने र छिटो बजारसम्म पुर्याउने व्यवस्था गर्न जरुरी रहेको उनले जनाए । आफूले क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाए आधुनिक कृषि प्रणालीको विकास गर्ने र किसानलाई वास्तविक मालिक बनाउने उनको योजना छ । किसान मालिक बनेपछि उनीहरुको ओठमा वास्तविक खुशी छाउने रास्वपा उम्मेदवार खाँनको भनाई छ ।
लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन
जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन
रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन
रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी
सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन
पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक
राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्