June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सीमा क्षेत्रको अवैध गतिविधि रोक्न योजना बनाएर काम गर्छुः नेकपा उम्मेदवार फैज

Advertisement

रुपन्देही– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का उम्मेदवार फैज अहमद खाँनले नेपाल–भारतबीचको खुला सिमाना अवसरसँगै चुनौती पनि बनेको बताएका छन् । दुई मुलुकबीचको परम्परागत सम्बन्धको प्रतिफल खुला सिमाना भए पनि यसको फाइदा उठाउँदैं हुने अवाञ्छित क्रियाकलाप चुनौंतीका रुपमा रहेको बताए ।

Advertisement

सिद्धार्थनगर–८ मा मंगलबार घरदैलो गर्ने क्रममा उनले खुला सिमानाका कारण चोरी–तस्करी लगायत अपराधिक क्रियाकलाप बढ्दै गएकाले कडाइका साथ नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनका अनुसार सिमावर्ती क्षेत्रमा अवैध कारोबार बढ्दा स्थानीय व्यवसायी प्रत्यक्ष मारमा परेका छन् । वर्षौदेखि स्थानीय व्यवसायीले सीमा व्यवस्थापन गर्न माग गरे पनि सुनुवाई हुन नसकेको उनले जानकारी दिए ।

‘वैध व्यापारलाई प्रोत्साहन गर्ने र अवैध गतिविधि नियन्त्रण गर्ने स्पष्ट नीति आवश्यक छ,’ उनले भने, ‘चोरी–तस्करी नियन्त्रण गर्न सुरक्षा निकायको समन्वय, प्रविधिको प्रयोग तथा प्रभावकारी अनुगमन प्रणाली लागू गर्नुपर्नेमा मेरोे जोड रहेको छ ।’ उनले सीमा क्षेत्रको अवैध काम रोक्न योजना बनाएर काम गर्ने स्पष्ट पारे ।

रुपन्देहीमा निर्माणाधीन आईसीपी (एकीकृत जाँच चौकी)लाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गरिने उनले प्रविद्धता जनाए । ती पूर्वाधारलाई रेल्वे कार्गोसँग जोड्न सके आयात–निर्यात प्रक्रिया सहज हुने, ढुवानी लागत घट्ने र स्थानीय उद्योग–व्यवसायलाई टेवा पुग्ने उनको भनाइ छ ।

यसका लागि नेपाल र भारतबीच कूटनीतिक तहमा पहल आवश्यक रहेको उल्लेख गर्दै उनले संघीय सरकारमार्फत दुवै देशबीच समन्वय बढाउन दबाब सिर्जना गरिने प्रतिबद्धता व्यक्त गरे । सीमावर्ती क्षेत्रको विकास र व्यवस्थित व्यापार विस्तारका लागि संघीय तहको सक्रियता अपरिहार्य रहेको उनले बताए ।

खानले सीमालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउँदै स्थानीय अर्थतन्त्र सुदृढ गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । चुनावी अभियानका क्रममा उनले व्यापारमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे ।

विकासका सबै आयामलाई प्रविधिसँग जोड्नु पर्छः नेकपा उम्मेदवार फैज

आफ्ना एजेण्डा घरदैलोमा पुर्याउँदै नेकपा उम्मेदवार फैज

पर्यटनमैत्री बातावरण तथा संरचना तयार पार्ने फैजको योजना

पर्यटनमार्फत् रुपन्देही–३ को विकास सम्भव: नेकपा उम्मेदवार खाँन

रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज

माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज

नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो

युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’