भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज


भैरहवा– नेपाली कम्युनस्टि पार्टी (नेकपा) रुपन्देही–३ का उम्मेदवार फैज अहम्मद खाँनले भैरहवास्थति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजना भएर पनि लामो समय विमास्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा यहाँका पर्यटन व्यवसायी मारमा परेको र विमानस्थल घाटामा चलिरहेको उनले बताए । आफू निर्वाचित हुने वित्तिकै विमानस्थल चलाउन सरोकारवालको साथ लिएर दबाबपूर्ण पहल गर्ने उनले बताए ।
विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पूरा भए पनि अपेक्षति रूपमा सञ्चालनमा आउन नसकेको उनले उल्लेख गरे । अहिले भैरहवाबाट थाई एयर एसियाले मात्र सातामा दुई दिन उडान भर्दै आएको छ । रुपन्देहीसँगै मुलुककै मुहार फेर्ने आयोजना भए पनि लगानी खेर जाने अवस्था उत्पन्न भएको भन्दैं यसलाई पूर्ण सञ्चालनमा ल्याउन आफू दिनरात नभनी लाग्ने उनको भनाई छ । भैरहवाबाट उडान बढाउन सकेमात्र पर्यटन, व्यापार र रोजगारी फस्टाउने उनले बताए ।
‘विमानस्थल राष्ट्रको गौरव परियोजना हो, तर, केही व्यक्तिको स्वार्थका कारण यसका सम्भावना कुण्ठित हुँदै गएका छन्,’ उनले भने, ‘म केन्द्रमा पुगेमा कानुनी सुधार, पारदर्शी व्यवस्थापन र नीति क्षेत्रसँग सहकार्य गरेर यसलाई पूर्ण क्षमतामा चलायमान बनाउन भूमिका खेल्नेछु ।’
विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भएमा आसपासका होटल, यातायात, हस्तकला बजार र सेवा क्षेत्र फएटाउने उनले बताए । भैरहवालाई अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा स्थापित गर्दै रुपन्देहीको समग्र आर्थिक रूपान्तरणमा टेवा पुर्याउने उनको भनाई छ ।
युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड
भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन
सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान








प्रतिकृया दिनुहोस्