June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन

Advertisement

भैरहवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार फैज अहम्मद खाँनले मुलुकमा माओवादी आन्दोलनका कारण सिमान्तकृत र पिछडिएका समुदायले सामाजिक उपलब्धी प्राप्त गरेको बताएका छन् । तत्कालीन समयमा माओवादी आन्दोलनको योगदानका कारण अहिले मुस्लिम समुदायले ईद र बकर ईदमा सार्वजनिक विदा पाउन थालेको उनले बताएका हुन् ।

Advertisement

आफ्नो क्षेत्रमा घरदैलो अभियानमा व्यस्त रहेका खाँनले सञ्चारकर्मीसित कुराकानी गर्दै यस्ता बिदा मात्र नभएर माओवादी आन्दोलनका कारण मुलुक आमूल परिवर्तनमा लम्किएको बताए । तत्कालीन माओवादी हरेक समुदाय, धर्म र भाषाभाषीको अधिकारका लागि लडेर आएको पार्टी भएको बताए । तत्कालीन सशस्त्र युद्धका क्रममा हजारौं सहिदले बलिदान दिएको स्मरण गर्दै ती संघर्षकै परिणामस्वरूप नागरिकले आफ्ना मौलिक हकअधिकार उपभोग गर्न पाएको बताए ।

विभिन्न दलहरु बीच एकता पछि बनेको नेकपाले पनि सामाजिक न्याय र समावेशी राज्य संरचनाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए । ‘म स्वयं पिछडा वर्ग, मधेशी जनता र जनजाति समुदायको प्रतिनिधि हुँ,’ उनले भने, ‘गरिब, श्रमिक र पछाडि पारिएका समुदायको आवाज संसदसम्म पुर्याउने मेरो लक्ष्य हो ।’ कानुन निर्माण गर्ने तहमा पुगेर जनताको पक्षमा काम गर्ने र विकास तथा समानताको मार्गमा रुपन्देहीलाई अघि बढाउने उनले बताए ।

उनका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा केन्द्रित नीतिमार्फत स्थानीय जनताको जीवनस्तर उकास्नु आवश्यक छ । ‘राजनीति केवल सत्ता होइन, जनताको सेवाको माध्यम हो,’ उनले भने, ‘जनतासँग प्रत्यक्ष संवाद गरेर समस्या बुझ्ने र समाधान खोज्ने अभ्यासलाई निरन्तरता दिने छु ।’

माओवादी आन्दोलनको ऐतिहासिक भूमिकालाई सम्मान गर्दै आजको लोकतान्त्रिक उपलब्धिको आधार त्यही संघर्ष भएको उनले उल्लेख गरे । परिवर्तनलाई संस्थागत गर्न सबै समुदायको सक्रिय सहभागिताको आवश्यकता रहेको उनले बताए । पहिलो चरणको मतदाता भेटघाट सकेर उम्मेदवार खाँन अहिले घरदैलोमा व्यस्त छन् ।

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज

नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो

युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’