June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज

Advertisement

रुपन्देही– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही–३ का उम्मेदवार फैज अहम्मद खाँनले रुपन्देहीलाई कृषि उत्पादनको मुख्य केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार रुपन्देही–३ का विभिन्न क्षेत्रमा घरदैलोका क्रममा नेपाल कृषि प्रधान देश भए पनि सिंचाईं अभावका कारण किसानले ठूलो समस्या भोगिरहेको बताए ।

Advertisement

खाँनका अनुसार खेतमा वर्षभरि पानी पुग्ने स्थायी व्यवस्था नभएसम्म उत्पादनमा उल्लेख्य वृद्धि सम्भव हुँदैन । त्यसैले सिंचाईंका लागि बोरिङ, ट्युबवेल, नहर मर्मत तथा वर्षाको पानी संकलन प्रणाली विस्तार गरेर खेत खेतमा पानी पुर्याउने कुरालाई उनको जोड । ग्रामीण क्षेत्रमा आकासे पानीको भरमा मात्र खेती गर्नु जोखिमपूर्ण भएको उल्लेख गर्दै किसानको सुझाव अनुसार आफ्नो क्षेत्रमा दीर्घकालीन सिंचाईंका संरचना निर्माण गरिने उनको भनाइ छ ।

किसानलाई समयमै गुणस्तरीय मल र उन्नत बीउ उपलब्ध गराउने प्रतिबद्धता समेत उम्मेदवार खाँनले जनाए । आधुनिक कृषि प्रविधिको प्रयोगबाट कम लागतमा बढी उत्पादन सम्भव हुने भन्दै उनले कृषि मेसिन तथा उपकरण सहज रूपमा उपलब्ध गराइने बताए । परम्परागत खेती प्रणालीलाई क्रमशः आधुनिकीकरण गर्दै सिंचाईं र उत्पादन प्रणाली सुधार गरिने योजना रहेको खाँनको भनाई छ ।

आफू पनि कृषि पेशासँग जोडिएको व्यक्ति भएको उल्लेख गर्दै किसानको पीडा र माटोको स्वभाव राम्ररी बुझेको उनले दाबी गरे । उत्पादन वृद्धिसँगै बजार व्यवस्थापन चुनौती हुने भएकाले किसानलाई उचित मूल्य सुनिश्चित गरिने उनले बताए । सरकारी समर्थन मूल्य लागू गर्ने, स्थानीय संकलन केन्द्र स्थापना गर्ने तथा बिचौलियाको नियन्त्रण गरेर किसानलाई प्रत्यक्ष लाभ पुर्याउने योजना आफ्नो रहेको खाँनले जनाए ।

परम्परागत अन्नबालीसँगै नगदे बालीतर्फ किसानलाई आकर्षित गर्ने, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउने र कृषि उत्पादनलाई प्रभावकारी बजारीकरणसँग जोड्ने रणनीति अपनाइने उनले जानकारी दिए । चुनाव जितेपछि रुपन्देही–३ लाई कृषि प्रविधियुक्त, आत्मनिर्भर र किसानमैत्री क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेको उनको भनाई छ ।

माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज

नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो

युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’