June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

पर्यटनमार्फत् रुपन्देही–३ को विकास सम्भव: नेकपा उम्मेदवार खाँन

Advertisement

भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फैज अहम्मद खाँनले पर्यटन मार्फत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् । यहीँ क्षेत्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया जस्ता स्थल र हवाई नाका रहेकाले पर्यटन नै यस क्षेत्रको मेरुदण्ड भएको उनले जनाए । यसको विकासका लागि आफू प्रतिवद्ध रहेको उनले जनाए ।

Advertisement

शुक्रबार सिद्धार्थनगरमा घरदैलो अभियानका क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सञ्चालन गरेर साथै बेलहिया नाकालाई व्यवस्थित तुल्याएर व्यापार, पर्यटन र रोजगारी बृद्धि गर्ने उनले बताए । आफू निर्वाचित भएपछि संघीय सरकारसँग समन्वय गरेर अन्तर्राष्ट्रिय उडान वृद्धि, कार्गो सेवा विस्तार र पर्यटन प्रवद्र्धन र यससँग सरोकार राख्ने विभिन्न कार्यक्रम अघि बढाउने जनाए ।

‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका खाँनले आफू सत्ता नभई जनता केन्द्रित राजनीतिज्ञ भएको दाबी गरे । जनताका दैनिक समस्या, किसान–मजदुरका हकअधिकार र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहने उनको भनाइ छ । सत्तामा पुगेपछि पनि सडक संघर्ष र जनआन्दोलनका एजेण्डा नबिर्सिने उनले स्पष्ट पारे ।

रुपन्देही–३ लाई कृषि, पर्यटन र साना उद्योगको समन्वयबाट आर्थिक रूपमा सबल बनाउने योजना खाँनले प्रस्तुत गरेका छन् । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, सिँचाइ र प्रविधिमा लगानी बढाउने तथा युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने कार्यक्रम अघि सार्ने उनले बताए ।

घरदैलो अभियानमा युवा तथा महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता उनले जनाए । जेनजी आन्दोलनको मर्मअनुसार निर्णय तहमा युवाको अर्थपूर्ण सहभागिता, महिला उद्यमशीलता प्रवद्र्धन र समान अवसर सुनिश्चित गर्ने उनको योजना छ ।

रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज

माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज

नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो

युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’