June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

Advertisement

भैरहवा- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फैज अहमद खानले संघीयतालाई बलियो बनाउने हो भने नेकपालाई जिताउन जरुरी रहेको बताएका छन् ।

Advertisement

चुनावी भेटघाटका क्रममा बोल्दै उनले अहिलेको संघीयता जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको संरक्षण प्रमुख जिम्मेवारी भएको बताए । खानले राजतन्त्रको समयमा बोल्ने, लेख्ने र आफ्ना अधिकार माग्ने स्वतन्त्रता नहुँदा देश निरंकुश र तानाशाही शासनमा चलेको स्मरण गरे । संघीय व्यवस्था आएपछि भने गरिब किसान, मजदुर तथा आम जनताको हकअधिकार सुनिश्चित भएको उनको भनाइ थियो । ‘संघीयताले जनतालाई शासनमा सहभागिता गराएको छ र विकासको ढोका खोलेको छ’, उनले भने ।

उनले पछिल्लो समय केही अवसरवादी शक्तिहरू संघीयता कमजोर पार्ने प्रयासमा लागेको आरोप लगाउँदै सचेत रहन आग्रह गरे । ‘हामीले संघर्ष गरेर ल्याएको संघीय व्यवस्थालाई जोगाउन नेकपालाई बलियो बनाउनुपर्छ,’ खानले जोड दिए । कार्यक्रममा सहभागी स्थानीयले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा राख्दै समर्थन जनाएका थिए । उम्मेदवार खानले जनताको चाहना अनुसार विकास र सुशासनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

मुलुकमा संघीयता लागु भएपछि नै अन्याय र थिचोमिचो प्रचलनका बिरुद्ध जनतामा सामाजिक जागरुकता आएको दावी गर्दै उनले संघीयतालाई अझ बलियो बनाउन कतिपय कमी कमजोरीलाई सच्याएर जान आवश्यक रहेको उनले बताए ।

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’