June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

आफ्ना एजेण्डा घरदैलोमा पुर्याउँदै नेकपा उम्मेदवार फैज

Advertisement

भैरहवा– मतदान नजिकिएसँगै उम्मेदवारलाई जनमत आफ्नो पक्षमा पार्न भ्याई–नभ्याई छ । यसैक्रममा रुपन्देही–३ का उम्मेदवारहरु पनि दिनरात नभनि प्रचारमा व्यस्त छन् । आ–आफ्ना एजेण्डा मतदातालाई सुनाउन र सर्वसाधरणका गुनासा सुन्न निर्वाचन क्षेत्रमा दौडधुपमा छन् ।

Advertisement

यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीबाट रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार फैज अहमद खाँनले पनि आफ्नो चुनावी अभियानलाई निर्णायक रुपमा अगाडि बढाएका छन् । नागरिकको विश्वास जित्दैं घरदैलोमा व्यस्त छन् । निर्वाचन क्षेत्रका विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै योजना र प्रतिबद्धता सुनाई रहेका छन् । साथैं आफूले दिएका आश्वासन र गरेका प्रतिवद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने मतदाता समक्ष कसम खाइरहेका छन् ।

घरदैलोका क्रममा बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा पुगेका उनले अपेक्षित बुटवल उपमहानगरको रूपमा विकास हुन नसकेको बताएका छन् । बुटवललाई प्रदेशकै प्रमुख आर्थिक तथा शैक्षिक केन्द्रका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै हालसम्म योजनाबद्ध विकास हुन नसकेको टिप्पणी गरे । विशेषगरी कोरिडोर व्यवस्थापनको समस्या, अव्यवस्थित बस्ती तथा पूर्वाधार विस्तारमा देखिएको ढिलाइले स्थानीयवासीले सास्ती खेप्नु परेको उनको भनाई छ ।

भूमिहीन सुकुम्बासी र वास्तविक जग्गाधनीले लालपुर्जा प्राप्त गर्न नसकेको विषयलाई उनले मुख्य समस्याका रूपमा उठाएका छन् । ‘यहाँका वास्तविक बासिन्दाले आफ्नो हकको लालपुर्जा पाउन सकेका छैनन्, तर बाहिरी कम्पनीले जग्गा ओगटेको अवस्था छ,’ उनले भने, ‘म निर्वाचित भएपछि यो विषयलाई प्राथमिकतामा राखेर कानुनी प्रक्रियामार्फत समाधान गर्नेछु ।’

खाँनले विकास, सुशासन र जनअधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै स्थानीय आवश्यकता अनुसार योजना निर्माण र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताको विश्वासलाई शक्तिका रूपमा लिएर रुपन्देही–३ लाई नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्य रहेको उनले बताए ।

पर्यटनमैत्री बातावरण तथा संरचना तयार पार्ने फैजको योजना

पर्यटनमार्फत् रुपन्देही–३ को विकास सम्भव: नेकपा उम्मेदवार खाँन

रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज

माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज

नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो

युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’