July 27, 2026, Monday
२०८३ श्रावण १२ मंगलवार

शिक्षालाई समयानुकुल बनाउन योजनाबद्ध काम गर्छुः रास्वपा उम्मेदवार खाँन

Advertisement

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले क्षेत्रको शैक्षिक सुधारमा आफूले विशेष ध्यान दिने बताएका छन् । उनले आजको २१ औं शताब्दीमा समेत समयानुकुल पाठ्यक्रम नभएको जनाए ।

Advertisement

क्षेत्रका विभिन्न ठाउँमा घरदैलो तथा मतदाता भेटघाट गर्दै रास्वपा उम्मेदवार खाँनले प्रविधिको प्रयोगलाई विशेष ध्यान दिएर सुरक्षा सुधार गर्ने आफ्नो योजना रहेको बताए । खासगरी सरकारी विद्यालयका भौतिक संरचना, कक्षाकोठा विद्यार्थीमैत्री नहुनु र समयानुकुल नहुनु समस्याका रुपमा देखिएको उनको भनाई छ ।

‘हाम्रो अहिलेको पाठ्यक्रम समयानुकुल छैन । यसलाई परिवर्तन गरी विश्वबजारमा विक्ने किसिमको गराउन जरुरी छ’, उनले भने, ‘विद्यार्थी घोकन्ते विद्या मात्रै होइन्, सीपमूलक शिक्षा दिन जरुरी छ । यसले मात्रै हामीले दक्ष जनशक्ति उत्पादन गर्न सक्छौं ।’

उनले अझै पनि धेरै विद्यालयहरुमा नेट–इन्टरनेटको सुविधा नभएको जनाउँदै यसमा सुधार गरेर प्रविधिमैत्री नाउने बताए । विद्यालयहरुमा कम्प्यूटर कक्षासँगै पछिल्लो पुस्ताको रुचिअनुसार प्राविधिक शिक्षा समेत समावेश गरिने खाँनको योजना छ । यसका लागि आफू योजना बनाएको र निर्वाचित भएमा तीन तहका सरकारसँग सहकार्य गरेर कार्यान्वयन गर्ने उनको भनाई छ ।

‘अहिले हाम्रा बालबालिकालाई चाहिएको र हामीले खोजेको स्कील डेभलपमेन्ट जनशक्ति हो’, उनले भने, ‘यसका लागि प्राविधिक तालिमहरु संचालन गरी विद्यालयमा कार्यान्वयन गरिने छ ।’ खाँनले कक्षाकोठाको वातावरण विद्यार्थीमैत्री बनाउन र शिक्षकको गुणस्तर सुधार्न पनि ध्यान दिने बताए । शिक्षकहर योग्य भए पनि पर्याप्त तालिम नहुँदा समयानुकुल पोख्त हुन नसकेको उनको बुझाई छ ।

खाँनले सरकारी विद्यालयलाई पनि निजी सरह प्रतिस्पर्धी बनाउन आफू लागिपर्ने सुनाए । यस्तै, सिटीभीटीका कक्षाहरु संचालन गर्ने र क्षेत्रमा रहेको क्याम्पसहरुलाई सुविधायुक्त बनाउने उनको भनाई छ ।

संस्कृति झल्किने गरी सिमानाकादेखि मलमलासम्म पर्यटकीय सडक मेरो प्राथमिकताः रास्वपा उम्मेदवार खाँन

अधुरा बाचाले दिक्क मतदाताले परिवर्तन खोजेका छन्ः रास्वपा उम्मेदवार खाँन

जात र धर्मका पर्खाल भत्काएर विकास–निर्माणमा लागौंः रास्वपा उम्मेदवार खाँन

रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन

कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँछुः रास्वपा उम्मेदवार खाँन

महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन

किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन

लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन

जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन

रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार