June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

मर्चवारमा आशुतोष मिश्र नै किन ?

Advertisement

मर्चवार– निश्चित अवधिमा चुनाव आउँछ अनि जान्छ । चुनावका बेला नेताहरू पनि आउँछन् । चिल्ला गाडीमा आएर भोट माग्ने बेलामा ‘बाटो बनाइदिन्छु, भ्यू–टावर बनाइदिन्छु’ भन्छन् । त्यतिमात्र कहाँ हो र ? सम्भव–असम्भव सबैं नारा लगाउँछन् । नेताहरुले दिएका सबै आश्वासन पूरा भइदिएको भए अहिलेसम्म मर्चवार स्वर्ग भइसक्थ्यो । तर, अहिलेसम्म केही उपलब्धि भएन ।

Advertisement

त्यसो भए दलहरुले वाचा गरे अनुसार बाटो मात्र निर्माण गरेर मर्चवारको गरिबी हट्छ ? के ठूला भवन बनाएर मात्र हाम्रा छोराछोरीले जागिर पाउँछन् ? कदापी पाउँदैनन् । पाउने भए आज मर्चवारबासीको यस्तो हालत नै हुने थिएन ।

आज मर्चवारका बासिन्दाले भोगिरहेको अशली समस्या नेताहरुले भने जस्तो ‘सेकेन्डरी’ (दोस्रो दर्जाका) कुराहरू होइनन् । हाम्रा समस्या अर्कै छन् । ती समस्याका बारेमा बोल्ने शाहस रुपन्देही–४ का कांग्रेस उम्मेदवार आशुतोष मिश्रले मात्र गर्नु भएको छ । मर्चवारलाई बुझेको र समस्या समाधानका लागि भूमिका खेल्न सक्ने एउटै उम्मेदवार आशुतोष नै हुन् । यसमा कुनै शंका छ्रैन ।

यस्ता छन अशुतोषका योजना
क) दक्ष जनशक्ति
मर्चवारकै सयौं युवासँग विभिन्न तहको डिग्रीको प्रमाणपत्र छ । तर, उनीहरुको हातमा कुनै सीप छैन । सीप बिनाको डिग्री एउटा कागजको खोस्टो मात्र हो । मर्चवारका युवाहरू खाडीमा पसिना बगाउन बाध्य छन् । किनकि यहाँका स्कुल–कलेजमा टेक्निकल शिक्षाको नामोनिसान छैन । आशुतोष मिश्रको एजेन्डा भनेको मर्चवारलाई दक्ष प्राविधिकको हब बनाउनु हो ।

ख) किसानको रगत र पसिनाको सम्मान
मर्चवार कृषि प्रधान क्षेत्र हो । तर, यहाँका किसानले कहिल्यै समयमा मल पाउन सकेका छैनन् । बीउको समस्या उस्तै छ, सिँचाइको समस्या उस्तै छ । खेती किसानी गरेर परिवार पाल्न नसक्ने अवस्था छ । आशुतोष मिश्रले कृषिमा प्राविधिक क्रान्ति र किसानलाई मलको सुनिश्चितता गराउने ठोस योजना ल्याउनुभएको छ ।

ग) शिक्षा प्रणालीमा आमूल परिवर्तन
हाम्रा विद्यालयहरू केवल बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेका छन् । जबसम्म हाम्रा छोराछोरीले स्कुलमै मेसिन चलाउन, सफ्टवेयर बनाउन वा आधुनिक कृषि प्रणाली सिक्दैनन्, तबसम्म मर्चवार पछि परिरहनेछ । यसका लागि आशुतोषका योजना स्पष्ट छन् । विद्यालयहरुमा नेटइन्टरनेट र प्रविधिको प्रयोग गरी दक्ष जनशक्ति उत्पादन हाम्रो ध्यान छ ।

घ) स्वास्थ्य र रोजगारी
सामान्य उपचारका लागि पनि भैरहवा वा बुटवल दौडनुपर्ने बाध्यता कहिलेसम्म ? मर्चवारमै विशेषज्ञ स्वास्थ्य सेवा र स्थानीय स्तरमै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नु आजको आवश्यकता हो । आशुतोष चाहन्छन्, मर्चवार कम्तिमा सुविधा सम्पन्न अस्पताल, दक्ष चिकित्सक र स्वास्थ्य उपकरण । यसका लागि उनले योजनाबद्ध काम गर्ने खाका बनाएका छन् । यस्तै, पर्यटन विकास, कृषि प्रविधि, उद्योगधन्दा स्थापना र तालिम संचालन गरी स्वरोजगारीका योजना आशुतोषका छन् । यसमा सफलता पाउनका लागि आशुतोष मर्चवारको जनप्रतिनिधि हुन जरुरी छ ।

आशुतोष मिश्र नै किन ?
अहिले विभिन्न दलबाट उम्मेदवार बनेका बाँकी नेताहरू अब ‘के गर्ने’ ? भन्छन् । तर, आशुतोष मिश्र ‘कसरी गर्ने’ भन्ने स्पष्ट खाका लिएर आउनु भएको छ । उहाँले मर्चवारको माटो र यहाँको मान्छेको क्षमता चिन्नु भएको छ ।
यसपटक आशुतोषको स्पष्ट नारा छः
डिग्रीसँगै सीप चाहियो !
खेतमा समयमै मल चाहियो !
स्कुलमा प्राविधिक शिक्षा चाहियो !
मर्चवारको माटोमा आत्मनिर्भरता चाहियो !

त्यसैले यसपटक मर्चवारको माटो र समस्या चिनेको व्यक्ति छानौं । भावनामा बगेर होइन, भविष्य हेरेर भोट हालौँ । मर्चवारको असली विकासको संवाहक भनेकै आशुतोष मिश्रा हुन् । काँग्रेस सभापति गगनकुमार थापाले पनि मुलुक परिवर्तनकै स्पट योजना ल्याउनु भएको छ । त्यो योजना मर्चवारसम्म ल्याउन आशुतोषले पहुँच राख्छन् । उनी शिक्षित छन्, मर्चवारको समस्या बुझेका छन् भने समाधानका उपाय बोकेका छन् । यसैले सधै नागरिक ढाटेर चुनिने नेता भन्दा भिजन भएको व्यक्ति चुनौं । भोग रुखमै हालौ, साँच्चिकै मर्चवार र मर्चवारबासीको मुहार फेरौं ।

मर्चवारभरी सिंचाई सुविधा पुर्‍याएर कृषकको जीवनस्तर उकास्छुः कांग्रेस उम्मेदवार मिश्र

क्षेत्र नम्बर ४ मा पर्यटनको अथाहा सम्भावना छ, आर्थिक विकाससँग जोड्छुः मिश्र

आफ्नै बलबुतामा जनमत बटुली रहेका छन् काँग्रेस रूपन्देही–४ उम्मेदवार मिश्र

मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र

विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र

रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा

व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड

मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै