June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

क्षेत्र नम्बर ४ मा पर्यटनको अथाहा सम्भावना छ, आर्थिक विकाससँग जोड्छुः मिश्र

Advertisement

मर्चवार– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रले क्षेत्रको पर्यटन विकास गर्न सके आर्थिक लाभ उठाउन सकिने जनाएका छन् । क्षेत्रमा पर्यटन विकासको अथाहा सम्भावना भएर पनि त्यसलाई आर्थिक रुपान्तरणसँग जोड्न नसक्नु दुःखद् भएको उनको भनाई छ ।

Advertisement

क्षेत्रका विभिन्न स्थानमा घरदैलो गर्दै काँग्रेस उम्मेदवार मिश्रले धार्मिक तथा ऐतिहासिक स्थल क्षेत्रमा रहेकाले त्यसको प्रचारप्रचार र प्रबद्र्धन गरी पर्यटकीय विकास गर्नुपर्ने धारणा व्यक्त गरे । उनले मर्चवार तथा छपिया क्षेत्रमा ग्रामीण पर्यटनको विकास गर्दै रोजगारीसँग जोड्न आफूले योजना बनाएको बताए ।

यस्तै, होमस्टे संचालन गरी उद्यमशीलता विकास गर्न सकिने उनको भनाई छ । ‘क्षेत्रमा विभिन्न जातजाति र धर्मसंस्कृतिका आआफ्नै संस्कृति छन्, खानाका परिकार छन्’, उनले भने, ‘यदि होमस्टे संचालन गरियो । उत्पादन तथा खानाको ब्राण्डिङ गर्न सकियो भने यसले स्थानीयको आयस्तर बृद्धि हुन्छ । पर्यटक आउँछन् र अन्ततः मुलुकका लागि नै फाइदा पुग्छ ।’ यसले रोजगारी सिर्जना गरी बढ्दो विदेश पलायन पनि रोक्ने उनको भनाई छ ।

मिश्रले मर्चवारीमाई मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने जनाए । ‘मन्दिरका संरचना अझ थप गर्नुपर्छ, सडक पूर्वाधार राम्रो बनाउँदै मठमन्दिरलाई समेत आकर्षक गराउन जरुरी छ’, उनले भने, ‘हिन्दुहरुको आस्थाको केन्द्र मर्चवारीमाईलाई अन्य धार्मिक गन्तव्यहरुसँग जोड्न सकियो भने क्षेत्रबासीले राम्रो लाभ उठाउन सक्नुहुन्छ । यसका लागि मैले खाका बनाएरै काम गर्नेछु ।’

उनले मत्स्यपालनको हव मानिने छपिया र कृषि उत्पादनको हब मानिने मायादेवीमा कृषि पर्यटनको विकास गर्न सकिने सुनाए । ‘यहाँ आउने पर्यटकलाई भुलाउन छपिया र मायादेवी पनि उत्कृष्ट गन्तव्य बन्न सक्छन्’, मिश्रले भने, ‘खानाको स्वाद लिन र कृषि कर्म, व्यवसाय गर्न चाहनेहरु यहाँ अध्ययन गर्न आउँछन् ।’ उनले क्षेत्र सबै जातजातिको साझा थलो भएकाले हरेकको आस्थालाई सम्मान गर्दै उही किसिमको पर्यटकीय विकास गर्न सकिने सुनाए ।

आफ्नै बलबुतामा जनमत बटुली रहेका छन् काँग्रेस रूपन्देही–४ उम्मेदवार मिश्र

मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र

विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र

रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा

व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड

मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै