September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

संगीत निर्माता भैरहवाका रजत सिंह प्राज्ञा सदस्य नियुक्त

Advertisement

भैरहवा– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञा सभा सदस्यमा रुपन्देहीका रजत सिंह नियुक्त भएका छन् । सिद्धार्थनगर नगरपालिका–९, गोलिगढ निवासी सिंह लामो समयदेखि संगीत क्षेत्रमा आबद्ध छन् ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिष्ठानका प्रज्ञा सभा सदस्य नियुक्ति गरेको हो । नियुक्त २४ जना सदस्यहरुमा भैरहवाका सिंह पनि चयन भएका हुन् ।

स्थानीय राजेश सिंहका छोरा उनी पेसाले संगीत निर्माता, साउन्ड इन्जिनियर, गायक तथा गीतकार हुन् छ । यस क्षेत्रमा लामो अनुभव संगालेका उनी सरल, मृदुभाषी र सबैले रुचाउने खालका छन् ।

रजत संगीत तथा ध्वनि क्षेत्रमा सक्रिय प्रतिभाशाली संगीतकर्मी हुन् । उनले ओस्कारका लागि छनोटमा परेको जापानी चलचित्र (पेङलाइ)मा साउन्डसम्बन्धी कार्य गर्नुका साथै बीबीसी डकुमेन्ट्रीमा पनि साउन्डसम्बन्धी काम गरेको अनुभव संगालेका छन् ।

यसैगरी उनले विभिन्न छोटा फिल्म, नाटक तथा बलिउड फिल्महरूमा संगीत तथा अडियोसम्बन्धी कार्य गरिसकेका छन् । संगीत निर्माण, साउन्ड इन्जिनियरिङ, गायन तथा गीत लेखनमा समेत सक्रिय उनले नेपाली तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न परियोजनामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका छन् ।

प्रज्ञा सभा सदस्य रजतलाई यो सफलता प्राप्त हुनुमा संगीतप्रतिको समर्पण, सिर्जनात्मक यात्राको निरन्तरता र नेपाली संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने उनको योगदानको कदर भएको उनका सहपाठीहरु बताउँछन् । नेपाली कला, संस्कृति र संगीतको विकासमा उनको नियुक्तिले थप योगदान गर्ने विश्वास गरिएको छ ।