व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड


भैरहवा– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्राले मर्चवारमा व्यवस्थित बसोबास र आधारभूत पूर्वाधार विकासमा जोड दिएका छन् । अहिलेसम्म मर्चवारबाट विजयी विभिन्न दलका नेताले मर्चवारका समस्या देखाएर आफू सधैं नेता भइरहने जुक्ति लगाएको उनले बताए ।
युवा उम्मेदवार मिश्राले आसन, भाषण, रासन, अनुशासन कायम गर्ने एजेण्डा अघि सारेका छन् । उनका अनुसार आसन भनेको आफ्नो क्षेत्रमा बैज्ञानिक र व्यवस्थित बसोबासको व्यवस्था गर्ने हो । बसोबास व्यवस्थित गरेर नागरिकका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने योजना उनले अघि सारेका छन् । आफ्नो योजना लागू गर्न प्रतिवद्ध रहेको बताए ।
वर्षौदेखि उम्मेदवार बनेका र चुनाव जितेका नेताले आश्वासन मात्र दिने, तर कहिल्यैं पूरा नगरेकाले जनतामा चरम निराशा छाएको उनले बताए । त्यसैले उलने अहिलेसम्म आश्वासन भन्दा परिणाममुखी संवादमा जोड दिएका छन् । आफूले गर्न सक्ने कामबारे मात्रै प्रतिवद्धता जनाउने र पूरा गरेरै छाड्ने उनले बताए ।
अहिलेसम्म सुशासनको नारा मात्र लगाउने तर, आफै भ्रष्ट आचरणबाट मुक्त हुन नसकेको सन्दर्भमा आफूले भ्रष्टाचार मुक्त र पारदर्शी स्थानीय प्रशासन बनाउन भूमिका खेल्ने बताएका छन् । अहिले ग्रामीण क्षेत्रमा स्थानीय समस्यालाई लिएर नेताले नै ‘विचौंलिया’को भूमिका निभाउँदै आएको उनको भनाई छ । त्यस्तो परम्परा अन्त्य गरेर जनताको सिधैं प्रशासनसम्म पहुँच स्थापित गर्न लागिपर्ने बताए ।
रुपन्देही–४ कृषि उत्पादनको भण्डार भएर पनि पिछडिएको उल्लेख गर्दै काँग्रेस उम्मेदवार मिश्राले कृषकका लागि सिंचाई, मल, बीउ र औजारको व्यवस्था गरेर कृषिलाई आधुनिकिकरण गरेर आम नागरिकलाई सुलभ खाद्यान्न उपलब्ध हुने व्यवस्था गरिने बताए । ‘विधिको शासन र अनुशासित समाजको निर्माणमा जोड दिनेछु,’ उनले भने, ‘अनुशासन बिनाको नेता छाडा र गैरजिम्मेवार हुन्छ ।’
रुपन्देही–४ को उज्वल भविष्य र विकास सुनिश्चित गर्न पनि यसपटक कांग्रेसले जित्न जरुरी रहेको उनले बताए । ‘नयाँ नेतृत्वसहित बदलिएको काँग्रेस जनतामाझ आएको छ,’ उनले भने, ‘त्यसैले मुलुक बनाउन तपाईंको भोट कांग्रेसलाई जरुरी छ ।’
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै
मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा








प्रतिकृया दिनुहोस्