June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा

Advertisement

भैरहवा– नेपाली कांग्रेस रुपन्देही–४ का उम्मेदवार आशुतोष मिश्रले क्षेत्र बिकासका एजेण्डासहित सोमबारबाट मर्चवारमा घरदैलो सुरु गरेका छन् । आइतबारसम्म मतदातासित भेटघाट गरेर भुलाकुसारी र अपेक्षा संकलन गरेका मिश्रले मर्चवार लगायत निर्वाचन क्षेत्रको मुहार फेर्ने बिकास एजेण्डासहित घरदैलोमा पुगेका छन् ।

Advertisement

स्थानीय पार्टी समितिसित समन्वयमा सोमबार उनले सम्मरीमाई गाउँपालिकाको थुमहुवा र पिपरियामा घरदैलो गरेका हुन् । सोमबार बिहानैंबाट मतदाताको घरदैलोमा पुगेर स्थानीयका समस्या सुन्ने र आफ्ना एजेण्डा बुझाउन थालेको उनले बताए । उनको घरदैलोमा पार्टीका नयाँ–पुराना कार्यकर्तासँगैं महिलाको पनि उलेख्य सहभागिता थियो ।

बिहान थुमहवा बस्तीका घर–घर पुगेका उनी मध्यान्हपछि पिपरिया बस्तीका घरदैलोमा पुगेका थिए । मत माग्ने क्रममा आफूले मर्चवारका समस्या बुझेको र समाधानका लागि कुनै कसर बाँकी नराख्ने उनले बताउने गरेका छन् । यसपटक पार्टी बदलिएको जानकारी गराउँदैं बिकासमा पछाडि परेका बस्ती बिकासका लागि सभापति गगनकुमार थापाले नै खाका प्रस्तुत गरिसकेको उनले बताए । उक्त खाका र आफूले मर्चवार लगायत रुपन्देही–४ को बिकास लागि योजना तयार गरेको मिश्रले जनाए ।

घरदैलोका क्रममा उनले जेष्ठ नागरिकलाई ढोग्दैं सरकार र पार्टीले नागरिकको हितमा तय गरेका योजना लागू गर्न भूमिका खेल्ने बताएका थिए । क्षेत्रका १५ वडामा आफूले घरदैलो पूरा गरिसकेको र सोमबार १६ औं वडामा घरदैलो गरिरहेको जानकारी दिए । ‘मेरो क्षेत्रका अधिकांश ठाउँमा विकास निर्माणका न्यूनतम काम पनि भएका छैनन्,’ उनले भने, ‘त्यो देख्दा म विचलित पनि भएँ, अहिलेसम्म सामान्य काम पनि भएको पाइएन ।’

निर्वाचन क्षेत्रको भ्रमणका क्रममा मर्चवार मुलुकका अति विकट जिल्ला जुम्ला, कालिकोट, हुम्ला भन्दा पनि पछि परेको अवस्था देखेको बताए । ‘तर, अहिले ती विकट जिल्लामा बिकास निर्माण पुगिरहेको छ,’ उनले भने, ‘तर, सदरमुकामबाट २५ किलोमिटर टाढा रहेको मर्चवारमा अहिलेसम्म किन बिकास पुग्न सकेन ? मतदाताले सोच्नु पर्ने बेला भएको छ ।’ उनले आफूले जिते मर्चवारको मुहार फेर्ने दावी गरे । उनले आफू निर्वाचित भए क्षेत्रमा गर्ने कामका योजना बोकेर घरघर पुगिरहेका छन् ।

व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड

मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै