June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र

Advertisement

मर्चवार– रुपन्देही क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रले क्षेत्रमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माणमा जोड दिएका छन् । उनले विशेषज्ञ सेवासहितको अस्पताल नहुँदा क्षेत्रबासीले दुःख भोगिरहेको जनाए ।

Advertisement

‘क्षेत्रमा राम्रो अस्पताल नहुँदा उपचारका लागि २५ किमी टाढा भैरहवासम्म पुग्नुपर्ने बाध्यता छ’, उनले भने, ‘नागरिकले पाउने आधारभूत सेवा समेत नपाउनु दुःखको विषय हो । यस्ता समस्या समाधान गर्न काँग्रेसले जित्न जरुरी छ ।’ मिश्रले क्षेत्रमा भएका स्वास्थ्य चौकीहरुमा समेत पर्याप्त औषधि र स्वास्थ्यकर्मी नभएको जनाए ।

स्थानीयस्तरमा निर्माणाधीन १५ बेडको अस्पताललाई विशेषज्ञ सेवासहित संचालन गर्न उनको जोड छ । ‘यहाँको आवश्यकता अनुसार १५ बेडलाई २५ बेड बनाउन पनि जरुरी छ’, उनले भने, ‘यदि यसो गरियो भने बल्ल केही भए पनि मर्चवारसहित क्षेत्रबासीले राहत पाउनुहुन्छ ।’

उनले मर्चवारमा स्वास्थ्य क्षेत्रको अवस्था नाजुक हुनुमा विगतका जनप्रतिनिधिले राम्रो काम र पहलकदमी गर्न नसकेको समेत गुनासो गरे । ‘म निर्वाचित भए भने २५ बेडको अस्पताल बनाई विशेषज्ञ चिकित्सक र सबै किसिमका औषधिहरु यही उपलब्ध हुने व्यवस्था मिलाउँछु’, काँग्रेस उम्मेदवार मिश्रले भने, ‘यसका लागि मलाई क्षेत्रबासीले निर्वाचित गराएर काम गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

उनले गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने आफूले योजना बनाएको बताए । क्षेत्रका विभिन्न वडाहरुमा घरदैलो गर्दै काँग्रेस उम्मेदवार मिश्रले भने, ‘निःशुल्क स्वास्थ्य शिविर र एम्बुलेन्स सेवालाई प्रत्येक पालिका र वडामा पुर्याउने मैले अठोट लिएको छु ।’

उनले राम्रो स्वास्थ्य संस्था भए तत्काल उपचारका लागि क्षेत्रबासीलाई बाहिर जान नपर्ने बताए । काँग्रेसले स्वास्थ्य क्षेत्रको सुधारमा विगतमा स्मरणीय काम गरेको सुनाए । पार्टी सभापति गगनकुमार थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर गरिब तथा विपन्न परिवारको उपचारमा सहजता ल्याएको उनको भनाई छ ।

‘मर्चवारमा आँखा उपचारको समस्या छ’, उनले भने, ‘विभिन्न संघसंस्थासँग सहकार्य गरी आँखा उपचार केन्द्र संचालन गरिनेछ । यसका लागि मैले विगतमा पनि पहल गरिरहेको थिए, अब पनि गर्ने छु ।’ उनले पैसा अभावमा उपचारबाट बञ्चित कुनै पनि क्षेत्रबासीले अब त्यो समस्या भोग्न नपर्ने जनाए । यसका लागि आफूले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गरेर काम गर्ने बताए ।

रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा

व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड

मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै