June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

आफ्नै बलबुतामा जनमत बटुली रहेका छन् काँग्रेस रूपन्देही–४ उम्मेदवार मिश्र

Advertisement

भैरहवा– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रलाई पार्टी क्षेत्रीय समितिले असहयोग गरिरहेको छ । मिश्रले काँग्रेसबाट टिकट पाएदेखि नै उनलाई पार्टीको क्षेत्रीय समितिको एउटा समूहले असहयोग गरिरहेको हो । तर, मिश्रले आफ्नै मलबुतामा जनमत भने बटुलीरहेका छन् ।

Advertisement

काँग्रेस क्षेत्र नम्बर ४ का पूराना नेताहरुका अनुसार मिश्रलाई असहयोग गर्नेहरुमा नाम मात्रैका काँग्रेस छन् । उनीहरुले बाहिर काँग्रेस हुँ भने पनि भित्रभित्र अन्य पार्टीलाई सहयोग गरिरहेका छन् । मिश्रले पनि आफूलाई क्षेत्रीय समितिले खासै सहयोग नगरेको जनाए ।

‘जनमत मेरो पक्षमा छ, जहाँ जान्छु क्षेत्रबासीको माया पाइराखेको छु’, उनले भने, ‘केही पार्टीका नाममा अन्यत्र विकाउ हुने समूहले मलाई सहयोग गरेको छैन । यद्यपि आमजनताको साथ, सहयोग र मायाले म उत्साहित छु ।’ उनले क्षेत्रीय समितिको असहयोग विनै आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । विभिन्न बुँदामा क्षेत्र विकासका एजेण्डा समेटिएको प्रतिज्ञापत्र बोकेर उनी घरघरमा पुगिरहेका छन् ।

‘बच्चादेखि बृद्ध आमाबुवाको आशीर्वादले मलाई निकै उत्साह थपिरहेको छ’, उनले भने, ‘वास्तविक काँग्रेसका साथीहरु र अग्रजले सहयोग गर्नुभएको छ । त्यसैले निर्वाचनको माहोल मेरो पक्षमा देखिइरहेको छ ।’

उनले नेपाली काँग्रेसले जेनजी भावना अनुसार नेतृत्वदेखि उम्मेदवारसम्म योग्य व्यक्तिलाई छनोट गरेकाले पनि केही समूहको असहयोग हुँदाहुँदै आफ्नो पक्षमा मतदाताको विश्वास बढीरहेको सुनाए । क्षेत्रका प्रत्येक घरघरमा पुग्ने आफ्नो लक्ष्य रहेको सुनाउँदै भेट गर्न नपाए पनि आफ्नो योग्यता, क्षमता र इमान्दारीतालाई हेरेर अवसर दिन उनको आग्रह छ ।

‘मैले मर्चवारसहित समग्र क्षेत्रको मुहार फेर्न चाहन्छु’, उनले भने, ‘अरुले विगतमा बाचा मात्रै गरे, म बाचा पूरा गर्ने योजनासाथ मैदानमा आएको छु । यसैले पनि सबैको भरोसा ममाथि छ ।’ उनले आफूले गर्न सकिने कामको मात्रै योजना बनाएकाले अरुले जस्तो हुनै नसक्ने र गर्नै नसकिने बाचा जनता माझ नलैजाने सुनाए ।

उनले परिवर्तित काँग्रेसको एजेण्डा र आफूले अघि सारेका योजना मन पराएरै कयौं स्थानीय अन्य पार्टी छाडेर काँग्रेस प्रवेश गरिरहेको सुनाए । ‘धेरैले मलाई सोध्नु हुन्छ, तपाईं जत्तिको योग्य युवा उम्मेदवार हुँदा केही काँग्रेसको समूहले किन सहयोग नगरेको हो ?’, उनले भने, ‘मैले विचलित र स्वार्थी समूहलाई होइन्, हाम्रा सभापति गगनकुमार थापा, काँग्रेसको भिजन र मेरो एजेण्डा हेरेर मत दिनुस् भनिरहेको छु ।’ काँग्रेस र आफूप्रति बढीरहेको जनविश्वासले यसपटक क्षेत्र नम्बर ४ मा चारतारे झण्डा फहराउने अपेक्षा बलियो हुँदै गएको मिश्रले सुनाए ।

मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र

विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र

रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा

व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड

मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै