मर्चवारभरी सिंचाई सुविधा पुर्याएर कृषकको जीवनस्तर उकास्छुः कांग्रेस उम्मेदवार मिश्र


मर्चवार– नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रले किसानका खेतबारीमा सिंचाई सुविधा पुर्याएर उत्पादन बढाउने प्रतिवद्धता जनाएका छन् । उत्पादन बृद्धि गरेर नागरिकको जीवनस्तर उकास्ने उनको लक्ष्य छ ।
निर्वाचन क्षेत्रका अधिकांश बासिन्दा कृषिमा निर्भर रहेकाले उनीहरुले वर्षौदेखि सिंचाईका लागि हारगुहार गरे पनि कुनै नेताले वास्ता नगर्नु लज्जास्पद् विषय भएको सुनाए । त्यसैले सिंचाई व्यवस्थापनलाई आफूले प्रमुख एजेण्डा बनाएको बताए । अहिलेसम्मका नेताले किसानलाई ‘भोट बैंक’का रुपमा मात्र प्रयोग गरेकाले अब त्यस्तो नहुने उनको भनाई छ । ‘मैले धोका दिने छैन,’ उनले भने, ‘सिंचाईको पीडा मैले देखेको छुँ, त्यसैले पहिलो काम सिंचाई व्यवस्थापनको गर्नेछु ।’
उनले भएको मर्चवार लिफ्ट सिंचाईको पनि क्षेत्र विस्तार हुन नसकेको जनाए । क्षेत्र विस्तारको साटो क्षेत्र घटिरहेको उनको भनाई छ । पहिलो चरणमा मर्चवार लिफ्ट सिंचाई आयोजनालाई पूर्ण रुपमा व्यवस्थित गरेर मर्चवारका खेतखेतमा सिंचाई पुर्याउने प्रतिवद्धता जनाएका छन् । मर्चवार लिफ्ट आयोजनाको पहुँच नभएका क्षेत्रमा डीप ट्युवबेल र सोलार लिफ्ट सिंचाई मार्फत सिंचाईको व्यवस्था मिलाउने उनको योजना छ । यसरी सिंचाई पुर्याएपछि मर्चवार लगायत सियारी, मायादेवी लगायत पालिकामा पनि कृषि उत्पादन बृद्धि हुने उनको आंकलन छ । उत्पादन बृद्धि भएपछि नागरिकको जीवनस्तर उकासिने उनले बताए ।
रुपन्देहीको मर्चवार अन्न भण्डारका रुपमा रहेको छ । त्यहाँ धान, गहुँ, तोरी, तरकारी र फलफूल उत्पादन हुँदैं आएका छन् । यस्ता कृषि उपजको न्यूनतम समर्थन मूल्य कायम गरेर किसानको लगानी खेर नजाने वातावरण बनाउन आफू तयार रहेको उनले बताए । स्वदेश र दिशेमा समेत ब्राण्डिङ भइसकेको छपियाको माछालाई बजार विविधिकरण गरेर सबैतिर विक्रीको व्यवस्था गरिने उनले बताए । ‘कृषकको आय बढाउन र कृषिलाई उद्यम सरह मान्यता दिलाउन भूमिका खेल्नेछु’, उनले भने, ‘किसान कार्ड र कृषि बीमा कार्यक्रम लागू गर्नेछु ।’
यसका साथैं दुग्ध किसानलाई अनुदानको व्यवस्था गरेर उनीहरुलाई उत्पादन बृद्धिका लागि प्रोत्साहन गर्न आफू तयार रहेको बताए । रुपन्देही ४ का विभिन्न स्थानमा चिस्यान केन्द्र स्थापना गरेर किसानका उत्पादन सुरक्षित गरिने उनले बताए । साथैं बजार व्यवस्थित गर्न संकलन केन्द्र निर्माण गरिने मिश्रले जनाए । यसपटक मर्चवारमा अधिकारको लडाइँ भइरहेकाले कसैको बहकाउमा नलाग्न पनि आग्रह गरे । ‘पटकपटक दोहोर्याएर भोट माग्न आउने छैन,’ उनले भने, ‘यो पटक निर्वाचित हुने मौका दिनुस् । मतदातको भरोसा टुट्न दिने छैन । त्यसपछि तपाईंहरु म फेरि उम्मेदवार बन्दा कामले नै मत माग्न नआई मत दिनुहुनेछ ।’
क्षेत्र नम्बर ४ मा पर्यटनको अथाहा सम्भावना छ, आर्थिक विकाससँग जोड्छुः मिश्र
आफ्नै बलबुतामा जनमत बटुली रहेका छन् काँग्रेस रूपन्देही–४ उम्मेदवार मिश्र
मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र
विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र
रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा
व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड
मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्