June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

अधुरा बाचाले दिक्क मतदाताले परिवर्तन खोजेका छन्ः रास्वपा उम्मेदवार खाँन

Advertisement

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही ५ का उम्मेदवार तौफिक अहम्मद खाँनले नागरिकमा अत्यधिक असन्तुष्टि रहेको बताएका छन् । आफ्नो निर्वाचन अभियानका क्रममा पटकपटक घरदैलोमा पुगेका उनले बिगतका सरकारले नागरिकका अपेक्षा पूरा नगर्दा चर्को असन्तुष्टि बढेको पाइएको उनले जनाए ।

Advertisement

मतदातामा रहेको त्यही असन्तुष्टि सम्बोधन गर्ने कुरा चुनौंतीका रुपमा रहेको खाँनले बताए । बिगत ३० वर्षको अवधिमा नेता र जनताबीच सम्बन्ध टुटेको आफूले अनुभव गरेको उनले सुनाए । ‘जनतासित जोडिएर रहने नेतृत्वको खोजीमा मतदाता छन्,’ उनले भने, ‘यसअघिका जनप्रतिनिधिको भूमिकाले गर्दा पनि नागरिकले उम्मेदवारलाई प्रश्न बर्षाइरहेका छन् ।’

अभियानका क्रममा जुन घरमा पुग्यो, त्यही प्रश्न तेस्र्याउने गरेको उनको भनाई छ । यसपटक मतदाताले उम्मेदवारसित एजेण्डा भन्दा पनि बिगतमा आश्वासन दिएर किन पूरा नगरेको भनेर सोधिरहेका छन् । लुम्बिनीमा चारवटै पालिकाका बासिन्दा यसअघिका जनप्रतिनिधिसित असन्तुष्ट रहेको बताए । अरु नेताले जनताका माग सम्बोधन नगर्दा नयाँ दल र उम्मेदवारले गुनासो सुन्नु परिरहेको उनले जनाए । ‘विकास भन्दा पनि हिजो किन काम नगरेको भनेर जवाफ माग गरिहेका छन्,’ उनले भने ।

पुराना दलका अधुरा आश्वासन र वाचाका कारण दिक्क भएका नागरिक अहिले परिवर्तनको पक्षमा खुलिरहेको उनले बताए । ‘पुराना दलका नेताहरुले राखेका कुरा मतदाताले सुन्न चाहिरहेका छैनन्,’ उनले भने, ‘त्यसले गर्दा पनि नयाँ दल र युवा उम्मेदवारको पक्षमा माहोल बनिरहेको छ ।’ नागरिकले खोजेका परिवर्तनका मुद्दा आत्मसात् गरेर त्यही अनुसार काम गर्ने प्रतिवद्धता आफूले गरिरहेको उनले बताए । ‘अहिलेसम्म नेताले जनतामाथि आफ्नो अनुकुल काम र बिचार थोपरे,’ उनले भने, ‘परिवर्तन पक्षधरले त्यसो गर्दैनौं, हामी पहिले जनताका कुरा सुन्छौं अनि मात्र काम गर्छौ ।’

जात र धर्मका पर्खाल भत्काएर विकास–निर्माणमा लागौंः रास्वपा उम्मेदवार खाँन

रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन

कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँछुः रास्वपा उम्मेदवार खाँन

महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन

किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन

लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन

जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन

रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार